• समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • कृषि समाचार
  • बैंक/वित्त
  • विचार/ब्लग
  • सफल किसान
  • सहकारी खबर
  • अन्तर्वार्ता
×
मङ्गलबार, जेठ १२, २०८३
    • समाचार
    • प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • कृषि समाचार
    • बैंक/वित्त
    • विचार/ब्लग
    • सफल किसान
    • सहकारी खबर
    • अन्तर्वार्ता
  • ☰

स्थानीय तहका बहालवाला जनप्रतिनिधिले राजीनामा दिनैपर्ने

काठमाण्डौ – निर्वाचन आयोगले स्थानीय निर्वाचनमा सरकारी कोषबाट पारिश्रमिक तथा आर्थिक सुविधा पाउने व्यक्तिले लाभको पद धारण नगरेको स्वघोषणा गर्दै स्थानीय तहका बहालवाला जनप्रतिनिधिले राजीनामा दिनैपर्ने बाध्यकारी संहिता लागू गरेको छ ।

पारिश्रमिक तथा सुविधा लिने व्यक्तिले राजीनामा दिनुपर्ने प्रावधान आचारसंहितामा समेटेपछि त्यसको विरोधमा सर्वोच्च अदालतमा रिट परेको थियो । त्यसमाथि तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी भएको छ । आयोगले २०७४ मै कार्यान्वयन गरेको नियमावलीको प्रावधानअनुसार सार्वजनिक पद धारण गरेको व्यक्ति उम्मेदवार हुन नपाउने गरी स्वघोषणाको व्यवस्थालाई कडाइ गर्न लागिएको हो ।

‘आयोगले चार अक्षरको राजीनामा भन्ने शब्द खोज्दैन । अब तीन अक्षरको घोषणा भन्ने मात्रै खोज्छ । एक शब्द घटेर केही हुँदैन,’ निर्वाचन आचारसंहिता लागूको घोषणा गर्न शुक्रबार आयोगले गरेको पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले भने, ‘सरकारी कोषबाट पारिश्रमिक पाउने गरी कुनै पद धारण गरेको छैन भनेर हरेक उम्मेदवारले आफ्नो उम्मेदवारी दर्ता गराउनुपर्नेछ । कुनै पनि बहालवाला पदाधिकारीले यो हिम्मत गर्ने हो भने सलाम पो गर्ने हो, किन विरोध गर्नु ?’

आयोगले आचारसंहितामा राजीनामा दिनुपर्ने प्रावधान राखेपछि हेलम्बु गाउँपालिकाका प्रमुख निमा ग्याल्जेन शेर्पाले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । एमालेले पनि यसको विरोध गर्दै बिहीबार आयोगसामु ६ बुँदे असहमतिपत्र बुझाएको छ । ‘विरोध गर्नुपर्ने जरुरी छैन । यसका आधारमा उम्मेदवारी खारेज हुने भयो भने जिम्मेवार त आफू पनि हुनुपर्‍यो नि,’ थपलियाले भने ।

संविधानको धारा ३०६ मा पारिश्रमिकको परिभाषामा भत्ता र सुविधा लिनेलाई समेत जनाउने भएपछि राजीनामा गर्नैपर्ने पक्षमा आयोगको अडान छ । स्वघोषणामा उम्मेदवारले स्थानीय तहको कोषको कुनै पनि काममा संलग्न नभएको उल्लेख गर्नुपर्ने हुन्छ । उम्मेदवारले ठेक्कापट्टासम्बन्धी काम, चल अचल सम्पत्ति प्रयोगमा संलग्न नभएको स्वघोषणा गर्नुपर्ने हुन्छ । ‘यसको अर्थ कुनै निर्माण व्यवसायीको कुरा मात्रै होइन, स्थानीय तहको कोषको कुनै पनि कार्यमा संलग्न हुनु हुँदैन,’

थपलियाले प्रस्ट्याए, ‘ठेक्का वा भाडामा लिएर होस् या उपभोक्ता समितिमा संलग्न होस्, यसलाई प्रस्ट पारिएन भने उम्मेदवारी धरापमा पर्छ ।’

  • आचारसंहिता
  • आर्थिक सुविधा
  • निर्वाचन आयोग
  • पारिश्रमिक
  • सरकारी कोष
  • स्थानीय निर्वाचन
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
अर्बौं सकियो, कृषि आधुनिकीकरण कागजमै ९ वर्षमा न उत्पादन बढ्यो, न रोजगारी — प्रधानमन्त्री कृषि परियोजना असफलताको दलदलमा
किसानको नाममा ‘परामर्श लुट’ ! कृषिका अर्बौं बजेट कर्मचारी–परामर्शदाता गठजोडमा सकिँदै ?
कृषि अनुदानमा ३२ अर्ब खर्च, एकीकृत अभिलेख नहुँदा वास्तविक किसान मारमा

धेरै पढिएको

  • १.
    अर्बौं सकियो, कृषि आधुनिकीकरण कागजमै ९ वर्षमा न उत्पादन बढ्यो, न रोजगारी — प्रधानमन्त्री कृषि परियोजना असफलताको दलदलमा

  • २.
    किसानको नाममा ‘परामर्श लुट’ ! कृषिका अर्बौं बजेट कर्मचारी–परामर्शदाता गठजोडमा सकिँदै ?

ताजा समाचार

  • १.
    अर्बौं सकियो, कृषि आधुनिकीकरण कागजमै ९ वर्षमा न उत्पादन बढ्यो, न रोजगारी — प्रधानमन्त्री कृषि परियोजना असफलताको दलदलमा

  • २.
    किसानको नाममा ‘परामर्श लुट’ ! कृषिका अर्बौं बजेट कर्मचारी–परामर्शदाता गठजोडमा सकिँदै ?

  • ३.
    कृषि अनुदानमा ३२ अर्ब खर्च, एकीकृत अभिलेख नहुँदा वास्तविक किसान मारमा

  • ४.
    विदेशी मलमा अर्बौं निर्भरता अन्त्य गर्न सरकारको जोड : स्वदेशमै उत्पादनको विकल्प खोजिँदै

  • ५.
    बालेन बजेट : कृषिमा कायापल्ट गर्दे ०८३/८४ को नीति तथा कार्यक्रममा किसान केन्द्रमा : बीमादेखि डिजिटल भुक्तानीसम्म

  • ६.
    मुक्तिनाथ कृषि कम्पनीको चरम लापरबाही: बुटबलमा करोडौंको बधशाला अलपत्र

हाम्रो बारेमा

राष्ट्रिय किसान टेलिभिजन नेटवर्क प्रा.लि. द्वारा संचालित
www.hamrokishantv.com

स्थायी लेखा नं.: 609569986
मुख्य कार्यालय
Balkhu, Kathmandu, Nepal

सम्पर्क नम्बर
9851333100

ईमेल
hamrokishantelevision@gmail.com

हाम्रो टीम

सम्पादक
कामराज पन्त (सुमन)

मार्केटिङ
दुर्गा श्रेष्ठ

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 HamrokishanTv | All rights Reserved.
 Website By :  HamroKishanTv