• समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • कृषि समाचार
  • बैंक/वित्त
  • विचार/ब्लग
  • सफल किसान
  • सहकारी खबर
  • अन्तर्वार्ता
×
बुधबार, असार २४, २०८३
    • समाचार
    • प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • कृषि समाचार
    • बैंक/वित्त
    • विचार/ब्लग
    • सफल किसान
    • सहकारी खबर
    • अन्तर्वार्ता
  • ☰

भू-राजनीतिक नागरिकता र नेपालको संबेदनसिलता

 

२०७७ साल देखि निरन्तर रुपमा चलिआएझैं पुष्पकमलको सरकारको गठनपछि पुनः विदेशी एजेन्डाले देश घुमाउन थालेको छ। रवि लामिछानेको नागरिकताबारे फरक स्वरुपमा देखापरेको यो प्रश्नको अन्तर्यलाई व्यक्ति केन्द्रीत भएर बुझ्न सकिंदैन। यो कथित विवादका पछाडिको भू-राजनीतिक रणनीति के हो भन्ने कुरामैं जानु पर्दछ।

मैले यो प्रश्नलाई अहिले ईण्डियन कोणबाट उठाउन चाहेको छैन। ईण्डियनहरुले नेपालमा आफ्ना नागरिकहरुको बहुमत बनाएर नेपाल कब्जा गर्ने रणनीतिमा ००७ साल देखि नै लागेका छन्। यही मुद्दा ०५८ सालको दरबार हत्या काण्डको एउटा कारण थियो। नागरिकताबारेको ईण्डियन रणनीतिप्रति आम नेपालीहरु स्पष्ट छन्।

युरो-अमेरिकीहरु नागरिकताको मुद्दामा के का लागी खेलिरहेका छन् भन्ने प्रश्न निकै गंभिर र भू-राजनीतिक रुपले किन झनै महत्वपूर्ण छ भने यीनीहरु पहाडि चेहरालाई ढाल बनाएर खेल्न सुरु गरेका छन्। यसबाट आम नेपालीहरुमा भ्रम सिर्जना गर्न सकिन्छ र नेपालको राष्ट्रियता मार्न सकिन्छ भन्ने तिनीहरुको बुझाई देखिन्छ।

रवि लामीछानेको पक्षमा बोल्ने कथित वकिल, सरकारी पक्ष र निर्वाचन आयोगका जासुसहरुको कुरा सुन्ने हो भने सबैको निष्कर्ष एउटै रहेको छ। त्यो हो- “रवि लामीछानेले अमेरिकी नागरिकता लिएपछि पनि नेपाली नागरिकता रद्द नगरेको हुनाले अहिले अमेरिकी नागरिकता छोडेको निवेदन दिनासाथ स्वतः नेपाली नागरिक भए।”

नेपालको संविधानको नियमावलीमा एक पटक विदेशी नागरिक भैसकेको व्यक्तिले सो परित्याग गरी नेपाली नागरिकता लिन चाहेमा तोकिएको ढाँचामा पुनः निवेदन दिनु पर्ने व्यवस्था छ तर राज्य संरचनाभित्र फिट गरिएका विदेशी कर्मचारिहरुले पहिलेको नागरिकताका आधारमा स्वतः नागरिक हुने कुरा गरिरहेका छन्।

भाडामा सञ्चालित यी अपराधिहरुको यस्तो यस्तो कुतर्क स्विकृत हुने हो भने नेपालमा नागरिकता भन्ने अवधारणा नै बाँकि रहन्न। अब देखि नेपालमा आएर नागरिकता दिने सबै विदेशीहरु वा बाहिर गएर विदेशी नागरिकता लिनेहरु सबै एक पटक नेपाली नागरिकता लिईसकेको कारणले स्वतः नेपाली नागरिक हुने भए। अब नागरिकता कानून चाहिएन।

अपराधिक अभिव्यक्तिको कारण र उद्देश्य के हो ? यसको कारण हो, नागरिकता प्रावधानको अन्त्य गर्नु र उद्देश्य हो, नेपालको राज्य प्रणालीका सबै उच्च पदस्थ ओहदाहरुमा भाडाका विदेशीहरु नियुक्त गरेर नेपालभित्र नयाँ ईजरायल बनाउनु। सिरीया, लिविया र ईराकमा पनि पश्चिमाहरुले भाडाका विदेशीहरुबाट ती देश कब्जा गर्न लगाएर लामो रक्तपात मचाएका थिए।

रवि लामीछाने प्रकरण यतिमा मात्र सिमित छैन। युरो-अमेरिकी साम्राज्यवादीहरुले जन्मको आधारको नागरिकता ऐनका आधारमा तिब्बती शरणार्थी र रोहिंगाहरुलाई पनि नेपाली नागरिकता दिनु पर्ने दबाब दिंदै आएका छन्। रोहिंगाहरुलाई नेपाली नागरिकताका लागी बारम्बार प्रदर्शन गर्न लगाईएका समाचारहरु सबैले पढेका छौं।

पर्दाभित्र युरोपीयन र अमेरिकीहरुको अर्को खेल पनि अघी बढेको छ। तिनीहरुले नेपालमा आउने शरणार्थीहरुलाई नेपालीहरुले पाउने अधिकार सरह अधिकार दिएर परिचय-पत्र दिनु पर्ने दबाब दिईरहेका छन्। शेरबहादुरको पालामा यो प्रकृयालाई कसरी अगाडि बढाउने भन्ने बारेमा छलफल पनि सुरु भैसकेको थियो।

यस्तो राष्ट्रिय परिचय-पत्रको कानूनी व्यवस्था गराउन सकेको खण्डमा ईण्डियासंगको खुला सिमानाको दुरुपयोग गरेर नियोजित रुपमा हजारौं तिब्बतीहरु नेपाल प्रवेश गराउने र सबैलाई पूर्ण अधिकार सहित राष्ट्रिय परिचय-पत्र उपलब्ध गराउने र नेपालको आन्तरिक मामिलामा हात हाल्न सक्षम बनाउने योजना रहेको छ।

जन्मका आधारमा नागरिकता लिएका विदेशीहरु, एक पटक नेपाली नागरिकता लिएर विदेशी भैसकेपछि पनि त्यो स्वतः नेपाली नागरिक भैरहने प्रावधान अन्तर्गत् नागरिक मानिनेहरु र राष्ट्रिय परिचय-पत्रका आधारमा नेपाली सरह अधिकार प्रयोग गर्न पाउने विदेशीहरु सबैको गणणा गर्ने हो भने नेपाल अब नेपालीहरुको होईन भन्ने निष्कर्षमा पुग्नु पर्दछ।
पुरानो अनुहारका पेशेवर अपराधि दलालहरु बद्नाम भएपछि तिनीहरुप्रतिको मानिसहरुको घृणालाई उपयोग गरेर साम्राज्यवादीहरुले नयाँ पुस्ताको बहसमा बेबकुफ बनाएर विदेशीहरु स्थापित गर्दैछन्।

  • #भरत दहाल #नेपाल #नागरिकता#भृकुटी न्यूज
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Chỉ số an toàn thông tin và tiêu chuẩn kiểm định của Nhà Cái Có Giấy Phép Pagcor
पहाडका पाखामा हरियो क्रान्ति ः सुन्तला, स्याउ र ओखरले फेरिँदैछ ४० हजार परिवारको भविष्य
कृषिमा ऐतिहासिक बजेट २०८३/८४ सार्वजनिक! ५९ अर्बभन्दा बढी बजेट—कृषिमा ठूलो क्रान्ति! अब किसानको जीवन बदलिने संकेत

धेरै पढिएको

  • १.
    Chỉ số an toàn thông tin và tiêu chuẩn kiểm định của Nhà Cái Có Giấy Phép Pagcor

ताजा समाचार

  • १.
    Chỉ số an toàn thông tin và tiêu chuẩn kiểm định của Nhà Cái Có Giấy Phép Pagcor

  • २.
    पहाडका पाखामा हरियो क्रान्ति ः सुन्तला, स्याउ र ओखरले फेरिँदैछ ४० हजार परिवारको भविष्य

  • ३.
    कृषिमा ऐतिहासिक बजेट २०८३/८४ सार्वजनिक! ५९ अर्बभन्दा बढी बजेट—कृषिमा ठूलो क्रान्ति! अब किसानको जीवन बदलिने संकेत

  • ४.
    संविधान संशोधनमा बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्र बहादुर बस्नेतको कृषि तथा आर्थिक विकाससम्बन्धी अवधारणा प्रस्तुत

  • ५.
    अर्बौं सकियो, कृषि आधुनिकीकरण कागजमै ९ वर्षमा न उत्पादन बढ्यो, न रोजगारी — प्रधानमन्त्री कृषि परियोजना असफलताको दलदलमा

  • ६.
    किसानको नाममा ‘परामर्श लुट’ ! कृषिका अर्बौं बजेट कर्मचारी–परामर्शदाता गठजोडमा सकिँदै ?

हाम्रो बारेमा

राष्ट्रिय किसान टेलिभिजन नेटवर्क प्रा.लि. द्वारा संचालित
www.hamrokishantv.com

स्थायी लेखा नं.: 609569986
मुख्य कार्यालय
Balkhu, Kathmandu, Nepal

सम्पर्क नम्बर
9851333100

ईमेल
hamrokishantelevision@gmail.com

हाम्रो टीम

सम्पादक
कामराज पन्त (सुमन)

मार्केटिङ
दुर्गा श्रेष्ठ

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 HamrokishanTv | All rights Reserved.
 Website By :  HamroKishanTv