१ माघ,काठमाडौ , पोखरामा यती एयरको जहाज दुर्घटनापछि वस्तुस्थित बुझ्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री रवि लामिछाने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन् ।
काठमाडौंबाट बिहान उडेको जहाज बिहान ११ बजेर १० मिनेट जाँदा पोखराको दुवै विमानस्थलको बीचमा बस्तीनजिकै सेती नदो खोँचमा दुर्घटना भएको थियो ।
प्रधानमन्त्री र गृहमन्त्रीले विमानस्थलमा रहेको उद्धार समन्वय केन्द्रमा पुगेर घटनाको विस्तृत विवरण लिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । निरीक्षणका क्रममा प्रधानमन्त्रीले दुर्घटना हुनुको प्राविधिक र अन्य कारणबारे विमानस्थल र एटीसीका अधिकारीसँग जानकारी लिएका छन् ।
विमानस्थलका कर्मचारीहरूले प्रधानमन्त्रीलाई घटनाबारे जानकारी गराएका छन् । प्रधानमन्त्रीले सरकारका सबै निकायलाई प्रभावकारी रूपमा उद्दारमा लाग्न निर्देशन दिनुका साथै आज साढे १ बजे मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन् । उता एमाले अध्यक्ष केपी ओलीले जहाज दुर्घटनाको खबरले आफू मर्माहत भएको भन्दै जीवन गुमाउने सबै प्रति श्रद्धाञ्जली व्यक्त गर्दै उद्दारमा कुनै कसर बाकी नराख्न सरकारलाई अनुरोध समेत गरेका छन् ।