• समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • कृषि समाचार
  • बैंक/वित्त
  • विचार/ब्लग
  • सफल किसान
  • सहकारी खबर
  • अन्तर्वार्ता
×
शनिबार, फागुन ०२, २०८२
    • समाचार
    • प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • कृषि समाचार
    • बैंक/वित्त
    • विचार/ब्लग
    • सफल किसान
    • सहकारी खबर
    • अन्तर्वार्ता
  • ☰

राष्ट्रिय राजनीतिको षड्यन्त्र र आत्मघाती रवि, प्रचण्ड

राजनीतिमा कहिले आँधी आउँछ ठ्याक्कै मिति तोकेर भन्न सकिन्न ,तर आँधी अघिका मौसमी सुचकहरु भने प्रष्ट अनुमान भइरहेका छन् । पछिल्लो समय रवि लामिछाने प्रकरण र राष्ट्रपतिको सवालले सञ्चारमाध्यममा विशेष प्रथमिकता पाएको छ । सर्वसाधारण जनतालाई पनि यो के भइरहेको हो ? भन्ने चस्का दिइरहेको यो घट्नाक्रम भुकम्पपछिको पराकम्पनले अत्याइरहने मान्छेको मनमस्तिस्क जस्तै भइरहेको छ त्यसैमाथि इलामका युवा प्रेम आचार्यले संसद भवनको गेटमा प्रचण्डको आँखा अगाडि गरेको आत्मदाहले थप अनिष्टको सङ्केत थपिदिएको छ । तर दुर्भाग्य रोल्पाली मगर दाजुभाइको मेलाझगडामा भएको काटाकाटको दृश्य  देखेर जनयुद्ध सोचेका प्रचण्डले अपबादबाहेक अनिस्ट भित्र नै आफ्नो राजनीति धानिआएको इतिहास छ । रोल्पादेखि नोयडा सम्म बिस्तारित प्रचण्ड राजनीतिले दिल्लीलाई केन्द्रबिन्दुबनाएर  फैलाएको तरङ्गले जसरी चीन,अमेरिका र युरोप जस्ता मुलुकलाई पनि सोच्न बाध्य गरायो तब दुनियाँलाई थाहा भयो यो प्रचण्ड भनेको कागजी नाम मात्रै रहेछ,प्रचण्ड तरङ्ग होइन आत्मसमर्पण ,धोकाधडी र त्रास रहेछ ,प्रचण्ड क्रान्ति होइन झरिलो प्रतिक्रान्तिरहेछ । आज प्रतिगमनका बोटमा क्रान्तिको लट्टो देखेका पुष्पकमल दहालले  भोलि बिहान उज्यालो नहुँदै कुन सपना देख्ने हुन् कुनै टुङ्गो छैन । घाम छाँया र राम छाँयामा पुतली नाच नाचिरहेका उनी कसैका बत्तिमा आकर्सित भइरहेका छन् त्यही कारण उनी राष्ट्रपतिको सवालमा बिछिप्त बिग्रहको मनोविज्ञानमा देखा परेका छन् ।
सत्य एउटा प्रचार अर्कै :-
राष्ट्रपतिका सवालमा अनेकौँ तर्कनाहरु चलेका छन्  यसैलाई लिएर ओली,पुकदा( पुष्प कमल दहाल) को सप्तरङ्गी गठबन्धनमा गाँड कोराकोर सुरुभएको भन्ने प्रचार तिब्र छ । वास्तवमा यस्तो गाडकोराकोर र लुतो कनाइको ओरिपरिबाटै अनेकौँ विचार विश्लेषण   तर्क,बितर्क ,खण्डन मण्डन र आलोचनाहरु भइरहे पनि खास गाँठी कुराले चाहिँ कसैको किल किले तोड्न सकेको देखिदैन । यो हाम्रो दुखान्त  हो र यो दुखान्त झनै कसिलो बन्दै आएको छ । आवरणमा  नेताहरुले जे प्रचार गरिरहेका छन्  सबै कार्यकर्ता र बौद्धिक जगतले पनि त्यसैमा स्यालको हुँइया चलाइरहेको देखिन्छ ।सबै  नाङ्गै हुँदा पनि नलजाउने राजनीतिक पार्टीका कार्यकर्ताहरुको पार्टी सदस्यता पनि आजकल लजाउन छोडेको छ  र यो स्वभाविक पनि छ किनभने  तीनका पार्टी सदस्यता र कृयासिल सदस्यतामा भएको हस्ताक्षर पनि यस्तै बस्त्र नलगाएकै नेतृत्वले गरिदिएको नविकरण हो । अलिकति इतिहासको मसी त्यो सदस्यतामा कायम रहन्थ्यो भने वर्तमानमा त्यस्ले प्रश्न अवस्य गर्ने थियो कि आज  सेरेमोनियल  पदहरुमा कार्यकारी पद गिजोलिएको छ । यो के भएको हो नेता जी ? प्रतेक मत पेटिका पिच्छे सिद्धान्त बदलेर भोट हाल्न हामीलाई ह्विप लगाउने अपराधबाट आज देशले प्राप्त गरेको  खास उपलब्धि के हो  ? भएको एकीकृत पार्टी फुटाएर, हिजो हुँदा खाँदाको जनताको संसद विघटन गर्नुको कारण र आज प्राप्त परिणाम के हो ? लात हानिएका तिनै मानिस आज रातोरात कसरी प्रिय भए ? यो कुन मन्त्रले कसरी यो गाली सराप पखालियो त ? यसो भनेर आज कोही पनि  पार्टी  सदस्य आफ्नो पार्टीको नेतृत्वलाई  प्रश्न गर्ने आँट गर्दैन । अझ आश्चर्य त के छ भने यी सारा हर्कतमाथि प्रश्न गर्ने हुति नभएका हुतिहाराहरु आफ्ना नेताका सबै कर्ममा मौन बस्ने इमान समेत तोडेर गौरव गाथा गाइरहेका छन् चोकमा,चौतारामा ,चिया चमेनामा र भट्टीपसलहरुमा । दलिय प्रतिस्पर्धाको संसदिय प्रजातन्त्रमा हतियार उठाएका ठुला साम्यबादी  माओबादीहरुको उदण्ड रबैया त झनै थामी नसक्नुको छ अहिले । बिगतमा  १२० सिट जितेको माओबादी आज नेपाली काङ्ग्रेसको भोट हसुर्दा समेत  १८ सिटमा आइपुगेको छ तर पनि जगर फुलाउँदै हिड्ने प्रचण्ड ,यिनको गौरव र नेताको देवत्वकरण गर्दै नलजाइ कुर्लने ,लिडे,ठुटे फुर्ती सानो छैन कस्तो दिमाग बोकेका नेतृत्व र कार्यकर्ता होलान माओबादीमा जो आजको परिणाममा  पनि फुर्ती र गौरव व्यक्त गरिरहेका छन् ? शहरबाट पुरै लखेटिएका छन् ,गाउँमा आधार इलाका छैन, यतिसम्म छैन कि यिनका कुनै विस्वस्निय सेल्टर पनि छैनन् आज। के यो आश्चर्य लाग्दो छैन ? अझ यसमा बिचार सिद्धान्त र हिजो माओबादीले उठाएका राजनीतिक सवाल त कसैले सम्झाउनै हुँदैन, टोक्लान कि भन्ने खतरा छ ।
यस्तो खतरनाक प्रतिगमन चलेको छ देशमा कि यो आम मानिसले कल्पना गरेभन्दा पनि भयानक छ, हिजो प्रचण्डको जनयुद्ध जतिभयानक थियो ठिक त्यस्तै स्वरुप बद्लिएको भयानक प्रतिगमन चलिरहेको छ आज र यो दुवै प्रतिगमनको त्रासदीका  नाइके तिनै प्रचण्ड छन् ।
दुनियाँलाई थाहा छ प्रचण्ड एमाले लगायतको बैशाखी टेकेर प्रधानमन्त्री भएका छन् ,राप्रपा र रास्वपाको गणितमा श्वास धान्नु परेको छ तर तिनै प्रचण्ड एमालेलाई राष्ट्रपति दियो भने ओलीले सबै सखापै पार्छन्  भन्दै हिडिरहेका छन् यो कत्रो पाखण्डता हो ? राप्रपालाई तिम्रो बिचारलाई निषेध गरिने छ भनेर हप्काइरहेका छन् भने रास्वपाको गृहमन्त्री चिप्ल्याइदिएर अब गृहमन्त्री मै हुँ,गृहमन्त्रालय रवि लामिछानेलाई दिन्न भनिरहेका छन् यो कस्तो धन्दा हो ?  हामी सबैले यो सव घट्नाका पछाडीको सत्य केलाउन सकेनौ भने फेरि यिनको ठगीमा परिन्छ सबैले सचेत हुनु जरुरी छ ।

केहो सत्य ?
एमालेलाई राष्ट्रपति दियो भने ओली निरङ्कुस हुन्छन् ,फेरि प्रतिगमन हुन्छ भन्ने प्रचण्डको प्रचार झुट हो। यो प्रचार भित्रको सत्य भनेको MCC कार्वान्वयन हो, SPP पारित हो र नागरिकता  विधेयकको छिनो फानो हो। जनतालाई निरङ्कुसताको त्रास देखाएर राष्ट्रघात र देशद्रोहको सजिलो बाटो खन्ने षड्यन्त्रमा यो झगडा केन्दृत छ । कुनै पनि राष्ट्रिय अडान भएको मानिस राष्ट्रपति पदमा पुग्न दिनु हुन्न भन्ने देशी बिदेशी षड्यन्त्रमा यो मुद्दा प्रेरित छ । काङ्ग्रेसले प्रचण्डलाई दिएको विश्वासको मत, ३२ दिनमै उत्तानो परेका रवि लामिछाने, प्रचण्डको हप्किदप्की र एमालेको निरीह प्रश्नोत्तर सबै कुरा यिनै षड्यन्त्रका उपज हुन्  र प्रचण्ड यी सबै खेलमा दोहोरो भूमिकामा छन् । मन्त्री परिषददेखि उनको आफ्नो  पार्टी कार्यलय सम्म पुग्दा  प्रचण्डका एक दर्जन रुप देखा पर्छन । यो अवतार प्रचण्डको नियती हो जो बिगत तिसौँ वर्ष देखि उनले धान्दै आएका छन् । यसको अर्थ यो होइन कि ओलीले देशको हितमा निर्णय लिने अडान राख्न यस्तो जिद्दी गरिरहेका छन् । सत्य के हो भने सारा बिदेशी स्वार्थमा भरपर्दो गरि कसरी आफूलाई जोड्ने र पोल्टो भर्ने भन्ने नै सबैको ध्याउन्न हो । प्रचण्डले रविलाई  निकाल्नु पनि दोहोरो भूमिकामा आधारित छ, ओलीले रविलाई तुरुन्त गृहमन्त्री बनाउ भन्नुमा पनि दोहोरो भूमिका छ।अहिले शक्तिकेन्द्रको दाउमा एकले अर्कालाई उछिट्याउने दाउपेचको साँचो भनौँ वा हतियार रवि लामिछाने देखिएका छन् । एक प्रकारले राजनीतिले रविलाई  सेन्टर बनाएको छ । बिचार गरौ यहाँ कस्तो खेल चलिरहेको छ ? सोचौ रवि कति खतरनाक घण्टी हुन। के यो खेल देशको ,जनताको हित मा छ ? नेता बाहेक अन्ध भक्त कार्यकर्ता बाहेक, बिकाउ बुद्धिजीवी बाहेक यो खेल देशको हितमा छ कस्ले भन्न सक्छ ?

  • #ज्योतिकिरण #प्रचण्ड #रवि #भृकुटी न्यूज
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Đầu Đít Câm Đánh Con Gì? Gợi Ý Chuẩn Xác Cho Bet Thủ FUN88

Tiến độ & quy mô tòa tháp đôi 40 tầng trong Marina Bayfront District

Review chi tiết: Nhà Cái Uy Tín 2025 có đáng để đầu tư thời gian?

धेरै पढिएको

ताजा समाचार

  • १.
    Đầu Đít Câm Đánh Con Gì? Gợi Ý Chuẩn Xác Cho Bet Thủ FUN88

  • २.

    Tiến độ & quy mô tòa tháp đôi 40 tầng trong Marina Bayfront District


  • ३.
    Review chi tiết: Nhà Cái Uy Tín 2025 có đáng để đầu tư thời gian?

  • ४.
    तरकारी र फलफूलको भन्सार बिन्दुमै अनिवार्य विषादी परीक्षण गर्न सर्वोच्चको परमादेश

  • ५.
    Chung Cư Sun Elite City Hạ Long Ngôi Nhà Nghỉ Dưỡng Trọn Vẹn Nhất

  • ६.
    रासायनिक मलमा अब ‘अनलाइन सिस्टम’ बाट ल्याइने कृषिमन्त्री डा. पमदन परियारको तयारी

हाम्रो बारेमा

राष्ट्रिय किसान टेलिभिजन नेटवर्क प्रा.लि. द्वारा संचालित
www.hamrokishantv.com

स्थायी लेखा नं.: 609569986
मुख्य कार्यालय
Balkhu, Kathmandu, Nepal

सम्पर्क नम्बर
9851333100

ईमेल
hamrokishantelevision@gmail.com

हाम्रो टीम

सम्पादक
कामराज पन्त (सुमन)

मार्केटिङ
दुर्गा श्रेष्ठ

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 HamrokishanTv | All rights Reserved.
 Website By :  HamroKishanTv