कविता
छोरी र छोरीहरुलाई चिठी
– ज्योतिकिरण
छोरी !
मैले जस्तो
तिमीले कहिल्यै पनि,
ठुला ठुला
निचहरुलाई नमस्कार गर्नु नपरोस ,
आदर्श तुहिएका अपराधहरुलाई ,
सफाइका गुण गान गर्नु नपरोस ,
म त यसो भन्छु ,
म
र
म ,जस्तै बाँचेका साना साना देशहरु ,
भुरा टाकुरा आदर्शहरु ,
पृथ्वीनारायण भएर युद्द लडुन ,
जङ्गे भएर सिमानामा बसुन तिम्रा आदर्शहरु!
आफ्नै बाबु अन्याय को दास भएछ नभन्नु ,
नभन्नु ,
सपना मात्रै बाँचेछ बाबुले ,
तिम्रो बाबु
प्रजातन्त्र,लोकतन्त्र , गणतन्त्र कै नाममा ,
निर्लज्ज सासकको बुटले प्रजातन्त्र,लोकतन्त्र ,गणतन्त्र किचिएको धर्ती मा छ,
मुक्तहुने युद्ध को झेली षड्यन्त्रमा,
अमुक युद्दको चोट मा छ ।
छोरी !
घरी घरी सम्झदै गर्नु ,
हेर्नू मायाले सधै भरी देश को अनुहार ,
बाबु जस्तै छ देश , देश जस्तै छ बाबु ।