फिफा महिला विश्वकप फुटबल प्रतियोगितामा स्पेनले कोस्टारिकालाई पराजित गरेको छ।

न्युजिल्यान्डको वेलिङ्गटन रिजनल स्टेडियममा शुक्रबार भएको खेलमा स्पेनले कोस्टारिकालाई ३–० गोलअन्तरले पराजित गरेको हो।
स्पेनका लागि भी. डेल क्याम्पो, आइताना बोनमती कोन्का र एस्थर गोन्जालेजले गोल गरे। खेलको २१औँ मिनेटमा क्याम्पोले गोल गर्दै स्पेनलाई अग्रता दिलाइन्।

२३औं मिनेटमा कोन्काले स्पेनको लागि दोस्रो गोल गरिन्। २७औं मिनेटमा गोन्जालेजले स्पेनका लागि तेस्रो गोल गरिन्।
३४औं मिनेटमा स्पेनले पेनाल्टी पाएको थियो। जेनिफर हर्मोसोले भने सो पेनाल्टीमा गोल गर्न चुकिन्।





