• समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • कृषि समाचार
  • बैंक/वित्त
  • विचार/ब्लग
  • सफल किसान
  • सहकारी खबर
  • अन्तर्वार्ता
×
सोमबार, फागुन ०४, २०८२
    • समाचार
    • प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • कृषि समाचार
    • बैंक/वित्त
    • विचार/ब्लग
    • सफल किसान
    • सहकारी खबर
    • अन्तर्वार्ता
  • ☰

फ्लाई दुबईले छाडेर आयो ७० वटा ब्यागेज, काठमाडौंमा यात्रुको विचल्ली

आइतबार राति काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको फ्लाई दुबईको विमानले ब्यागेज नल्याएपछि यात्रुहरु आक्रोशित भएका छन् ।

आइतबार राति १२ बजेर १८ मिनेटमा काठमाडौंमा अवतरण भएको फ्लाई दुबईको उडान नम्बर एफडीबी ५७४–५७३ को विमानले ७० वटा ब्यागेज दुबईमै छोडेर आएको हो ।

साउदीको दमाम अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबई हुँदै काठमाडौं आएको फ्लाई दुबईको विमानले दुबईमा ७० वटा ब्यागेज छोडेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिए ।

दुबईबाट विमान उड्दा मौसममा भएको खराबीले बढी इन्धन बोक्नु परेकाले यात्रुको ब्यागेज दुबईमा छोड्नु परेको झाको भनाइ छ ।

‘हिजो काठमाडौंको मौसम राम्रो नभएकाले विमानले अतिरिक्त इन्धनसहित उडान गरेको थियो,’ झाले भने,‘मौसम खराब हुँदा नजिकको विमानस्थलसम्म पुग्ने र आकासमा होल्ड गर्ने बाहेक पनि अतिरिक्त इन्धन बोक्ने गरिन्छ । इन्धन बढी बोक्नु परेपछि लोड मिलाउन ७० वटा लगेज दुबईमा छोडिएको हो । आज ती सबै लगेज आउँछन् ।’

काठमाडौं विमानस्थलका एक अधिकारीले भोलि दिँउसोसम्म सबै यात्रुको ब्यागेज दिने जानकारी दिए ।

उनले भने, ‘यात्रुहरुको ब्यागेज जुन फ्लाइटले छोडेको थियो त्यसमा नै आउँछ । यात्रुहरुले ब्यागेज आएपछि कल गर्ने र्फम भर्नुभएको छ। यहीँ अनुसार कल गरेर हामी ब्यागेज लिन बोलाउँछौँ । ’

फ्लाई दुबईले छाडेर आयो ७० वटा ब्यागेज, काठमाडौंमा यात्रुको विचल्ली

फ्लाई दुबईले दुबईबाट ब्यागेज आएपछि यात्रुहरुलाई बोलाउने विमानस्थलका ती कर्मचारीले बताए ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Đầu Đít Câm Đánh Con Gì? Gợi Ý Chuẩn Xác Cho Bet Thủ FUN88

Tiến độ & quy mô tòa tháp đôi 40 tầng trong Marina Bayfront District

Review chi tiết: Nhà Cái Uy Tín 2025 có đáng để đầu tư thời gian?

धेरै पढिएको

ताजा समाचार

  • १.
    Đầu Đít Câm Đánh Con Gì? Gợi Ý Chuẩn Xác Cho Bet Thủ FUN88

  • २.

    Tiến độ & quy mô tòa tháp đôi 40 tầng trong Marina Bayfront District


  • ३.
    Review chi tiết: Nhà Cái Uy Tín 2025 có đáng để đầu tư thời gian?

  • ४.
    तरकारी र फलफूलको भन्सार बिन्दुमै अनिवार्य विषादी परीक्षण गर्न सर्वोच्चको परमादेश

  • ५.
    Chung Cư Sun Elite City Hạ Long Ngôi Nhà Nghỉ Dưỡng Trọn Vẹn Nhất

  • ६.
    रासायनिक मलमा अब ‘अनलाइन सिस्टम’ बाट ल्याइने कृषिमन्त्री डा. पमदन परियारको तयारी

हाम्रो बारेमा

राष्ट्रिय किसान टेलिभिजन नेटवर्क प्रा.लि. द्वारा संचालित
www.hamrokishantv.com

स्थायी लेखा नं.: 609569986
मुख्य कार्यालय
Balkhu, Kathmandu, Nepal

सम्पर्क नम्बर
9851333100

ईमेल
hamrokishantelevision@gmail.com

हाम्रो टीम

सम्पादक
कामराज पन्त (सुमन)

मार्केटिङ
दुर्गा श्रेष्ठ

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 HamrokishanTv | All rights Reserved.
 Website By :  HamroKishanTv