• समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • कृषि समाचार
  • बैंक/वित्त
  • विचार/ब्लग
  • सफल किसान
  • सहकारी खबर
  • अन्तर्वार्ता
×
बुधबार, असार २४, २०८३
    • समाचार
    • प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • कृषि समाचार
    • बैंक/वित्त
    • विचार/ब्लग
    • सफल किसान
    • सहकारी खबर
    • अन्तर्वार्ता
  • ☰

प्रधानमन्त्री बन्ने पिताको सपना यसरी तुहियो

थाइल्याण्डको एक अदालतले संसदीय निर्वाचनमा बहुमत प्राप्त मुभ फरवार्ड पार्टी (एमएफपी) नेता पिता लिम्जारोएनरातको प्रधानमन्त्री बन्ने प्रयाससहित दायर गरिएको मुद्दा बुधबार खारेज गरेको छ ।


थाइल्याण्डको संवैधानिक अदालतले पिताको प्रधानमन्त्री बन्न पाउनुपर्ने दावीसहित दायर गरिएको मुद्दाको सुनुवाइ गर्न अस्वीकार गरेको हो ।

यो फैसलाले थाइल्याण्डलाई मे महिनामा भएको आम निर्वाचनपछि राज्यमा व्याप्त राजनीतिक गतिरोध अन्त्य गर्ने दिशामा एक कदम अगाडि बढाएको छ ।

“संवैधानिक अदालत सर्वसम्मत रूपमा यो मुद्दालाई सुनुवाईका लागि स्वीकार नगर्न सहमत भएको छ,” अदालतले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

अदालतको यो कदमसँगै बुधबार अपरान्ह नै प्रतिनिधि सभाका सभामुख वान मोहम्मद नूर माथाले प्रधानमन्त्रीका लागि अर्को मतदान अगस्ट २२ मा हुने घोषणा गरेका छन्।

पिताको मुभ फरवार्ड पार्टी ९एमएफपी० ले मे महिनामा भएको चुनावमा सबैभन्दा बढी सिट जितेको थियो र युवा र सहरी थाईहरूको समर्थनको लहर चलाएर लगभग एक दशकको सेना समर्थित शासनको अन्त्यको सङ्केत गरेको थियो ।

तर, हार्वर्डमा पढेका ४२ वर्षीय पिताले शाही अपमानसम्बन्धी कानुन र व्यापारिक एकाधिकारमा सुधार गर्ने वाचा गरेका कारण परम्परावादी शक्तिको साँठगाँठका कारण प्रधानमन्त्री बन्ने प्रयासमा उनी असफल बन्नुपरेको हो ।

प्रधानमन्त्रीको पहिलो मतदानमा संसदले उनलाई अस्वीकृत गरेपछि दोस्रो पटक प्रधानमन्त्रीको लागि उम्मेदवारी दिएपनि जुलाई १९ मा उनलाई संवैधानिक अदालतले सन् २००७ देखि प्रशारण बन्द भएको आईटीभीमा शेयर रहेको कारण सांसद हुन अयोग्य घोषणा गर्दै दोस्रो मतदान हुनुभन्दा पहिले उनलाई सांसद पदबाट निलम्बन गरेको थियो ।

अदालतको उक्त निर्णयमाथि पुनरावेदन गर्दै दायर मुद्दामाथि सुनुवाई गर्नु आवश्यक नरहेको जिकिरसहित उनको मुद्दा खारेज गरिदिएको हो । संसद्ले पितालाई दोस्रो पटक मतदान गर्न अस्वीकार गरेको संवैधानिकतामा मुद्दा केन्द्रित थियो ।

निर्वाचनमा दोस्रो स्थानमा आएको निर्वासित पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राको फेउ थाई पार्टीले अब एमएफपीको सहभागिताबिना नै बहुदलीय गठबन्धन सरकारको नेतृत्व गर्ने भएको छ ।

फेउ थाईले बिजनेस टाइकून श्रेता थाभिसिनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउनेछ र पार्टीले उनलाई अनुमोदन गर्न सबैबाट पर्याप्त मत प्राप्त हुनेमा विश्वस्त रहेको बताएको छ ।

प्रधानमन्त्री बन्नका लागि संसदको ५०० निर्वाचित सांसद र गत जुन्टाअन्तर्गत नियुक्त २५० सिनेटर गरी दुवै सदनको बहुमतले अनुमोदन गर्नुपर्छ ।

पिताले सिनेटरहरूबाट पर्याप्त समर्थन जुटाउन असफल भएको र धेरै पार्टीहरूले एमएफपीसहित कुनै पनि सरकारमा आफ्नो भूमिका नखेल्ने बताएका थिए ।

गत साता निवर्तमान सेना समर्थित सरकारमा सहभागी रहेको भुम्जैथाई पार्टी फेउ थाईको नयाँ गठबन्धनमा सामेल भएको थियो ।

सन् २०१९ मा थाइल्यान्डमा भाङलाई वैधानिकता दिने चुनावी वाचा पूरा गरेका भुम्जाइथाइले यसअघि एमएफपीसहितको गठबन्धनमा सामेल हुन अस्वीकार गरेका थिए ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Chỉ số an toàn thông tin và tiêu chuẩn kiểm định của Nhà Cái Có Giấy Phép Pagcor
पहाडका पाखामा हरियो क्रान्ति ः सुन्तला, स्याउ र ओखरले फेरिँदैछ ४० हजार परिवारको भविष्य
कृषिमा ऐतिहासिक बजेट २०८३/८४ सार्वजनिक! ५९ अर्बभन्दा बढी बजेट—कृषिमा ठूलो क्रान्ति! अब किसानको जीवन बदलिने संकेत

धेरै पढिएको

  • १.
    Chỉ số an toàn thông tin và tiêu chuẩn kiểm định của Nhà Cái Có Giấy Phép Pagcor

ताजा समाचार

  • १.
    Chỉ số an toàn thông tin và tiêu chuẩn kiểm định của Nhà Cái Có Giấy Phép Pagcor

  • २.
    पहाडका पाखामा हरियो क्रान्ति ः सुन्तला, स्याउ र ओखरले फेरिँदैछ ४० हजार परिवारको भविष्य

  • ३.
    कृषिमा ऐतिहासिक बजेट २०८३/८४ सार्वजनिक! ५९ अर्बभन्दा बढी बजेट—कृषिमा ठूलो क्रान्ति! अब किसानको जीवन बदलिने संकेत

  • ४.
    संविधान संशोधनमा बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्र बहादुर बस्नेतको कृषि तथा आर्थिक विकाससम्बन्धी अवधारणा प्रस्तुत

  • ५.
    अर्बौं सकियो, कृषि आधुनिकीकरण कागजमै ९ वर्षमा न उत्पादन बढ्यो, न रोजगारी — प्रधानमन्त्री कृषि परियोजना असफलताको दलदलमा

  • ६.
    किसानको नाममा ‘परामर्श लुट’ ! कृषिका अर्बौं बजेट कर्मचारी–परामर्शदाता गठजोडमा सकिँदै ?

हाम्रो बारेमा

राष्ट्रिय किसान टेलिभिजन नेटवर्क प्रा.लि. द्वारा संचालित
www.hamrokishantv.com

स्थायी लेखा नं.: 609569986
मुख्य कार्यालय
Balkhu, Kathmandu, Nepal

सम्पर्क नम्बर
9851333100

ईमेल
hamrokishantelevision@gmail.com

हाम्रो टीम

सम्पादक
कामराज पन्त (सुमन)

मार्केटिङ
दुर्गा श्रेष्ठ

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 HamrokishanTv | All rights Reserved.
 Website By :  HamroKishanTv