• समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • कृषि समाचार
  • बैंक/वित्त
  • विचार/ब्लग
  • सफल किसान
  • सहकारी खबर
  • अन्तर्वार्ता
×
सोमबार, फागुन ०४, २०८२
    • समाचार
    • प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • कृषि समाचार
    • बैंक/वित्त
    • विचार/ब्लग
    • सफल किसान
    • सहकारी खबर
    • अन्तर्वार्ता
  • ☰

मानवता प्रवर्द्धनका लागि मानवसेवा आश्रमको अध्यक्ष सहितको टोलि बेलायतमा

मानवसेवा आश्रमका केन्द्रीय अध्यक्ष सहित तीन जना प्रतिनिधि बेलायतका लागि उडेका छन् ।

टोलिमा आश्रमका महासचिव शुशिला केसी र सचिव सुमन बर्तौला छन् । २२ दिन बेलायतमा रहने यो टोलिले बेलायतमा रहेका नेपालीहरुमाझ सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माणका लागि अन्तरक्रिया कार्यक्रम र बेलायतको विभिन्न सहरमा आमा सेमिनार आयोजना गर्नेछ ।


मानवसेवा आश्रम बेलायत च्यापटर संयोजक सुनिल बाबु खड्काका अनुसार सेप्टेम्बर २४ तारिकका दिन बेलायतका लागि नेपालका महामहिम राजदूत ज्ञानचन्द्र आचार्यको प्रमुख आतिथ्यतामा इम्पायर बेङक्वेटीङ हल, हाइस्ट्रिटमा र २५ तारिकमा नटिङ््घममा, १७ तारिकमा साउथ इस्ट लण्डनमा कार्यक्रम तय भएको छ । अन्य कार्यक्रमहरु तय हुने क्रममा छन् । विशेषगरी बेलयतमा यस पटक आमा सेमिनार प्रस्तुत हुनेछ ।


सबै कार्यक्रममा प्रवेश निशुल्क हुने र कार्यक्रमलाई सफल बनाउन सकैले स्वेच्छाले सहयोग गरे त्यसलाई स्वीकार गरिने मानवसेवा आश्रम यूके च्यापटर संयोजक खड्का बताउनुहुन्छ ।

मानवसेवा आश्रमले सम्बत् २०६९ (ई.सं २०१२ मा) मा परिवार बस्न बनाएको घरको दुई तला भाडामा लिइ हेटौंडा ५ सानोपखराबाट सेवा सुभारम्भ भएको थियो। यस आश्रमले नेपाललाई नै २०८२ सालभित्र सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माण गर्ने लक्ष्य लिएको छ भने हाल सोही लक्ष्य प्राप्तीको लागि देशको २४ स्थानमा सेवाकेन्द्रहरु विस्तार गरी सेवालाई देशव्यापी बनाएको छ ।


लक्ष्य प्राप्तिका लागि नागरिकमा सामाजिक भावनाको विकास गराउने र सरकारलाई जोखिममा रहेका नागरिकको उद्धार र संरक्षणको प्रमुख दायित्वबाट विमुख हुन नदिने प्रयत्नमा मानवसेवा आश्रम रहेको मानवसेवा आश्रमका प्रमुख संस्थापक रामजी अधिकारी बताउनु हुन्छ ।
उहाँको अनुसार, आजको एक्काइसौं सताब्दीमा समेत एक समूह मान्छेकै भेषमा जन्म लिएर पनि नारकिय जीवन विताउन बाध्य छन् । एक गाँस भोजन र एक सरो कपडाको अभावमा सडकपेटी र सार्वजनिक स्थलमा कष्टपूर्ण जीवन विताइरहेका छन् ।

कति सडकआश्रित बनेका मनोरोगी महिला दिदीबहिनीहरु मठ मन्दिर र पाटी पौवामै समेत बलात्कृत हुने गरेका छन् । बृद्धबृद्धा र बालबालिकाको अवस्था यो भन्दा कम छैन । यस्तो दुराअवस्थालाई कहिले सम्म टुटुटुलु हेरीबस्ने रु संविधानले हरेक नागरिकलाई सम्मान पूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित गरिदिएको छ तर व्यवहारतः यस्तो भइरहेको छैन ।

अभिभावकविहीनलाई अभिभावकत्व प्रदान गर्ने प्रयास र प्रयत्न निरन्तर गरिरहेका छौं तर देशलाई नै बेसहारा मुक्त बनाउने कुरा हाम्रो मात्र प्रयासबाट सम्भव छै्रन । त्यसैंले देश विशेषमा रहेका नेपाली नागरिकहरुको सहयोग र सद्भाव प्राप्त गर्न विशेष यात्रा सुभारम्भ गरिएको हो ।
११ बर्षमा मानवसेवा आश्रमले झण्डै ८५०० बढी सहयोगापेक्षी सडकआश्रित मानवहरुको उद्धार गरी तीनको मानवोचित व्यवस्थापन गरिसकेको छन् । जसमध्ये करिब १६०० जना हाल मानवसेवा आश्रमको संरक्षणमा छन् ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Đầu Đít Câm Đánh Con Gì? Gợi Ý Chuẩn Xác Cho Bet Thủ FUN88

Tiến độ & quy mô tòa tháp đôi 40 tầng trong Marina Bayfront District

Review chi tiết: Nhà Cái Uy Tín 2025 có đáng để đầu tư thời gian?

धेरै पढिएको

ताजा समाचार

  • १.
    Đầu Đít Câm Đánh Con Gì? Gợi Ý Chuẩn Xác Cho Bet Thủ FUN88

  • २.

    Tiến độ & quy mô tòa tháp đôi 40 tầng trong Marina Bayfront District


  • ३.
    Review chi tiết: Nhà Cái Uy Tín 2025 có đáng để đầu tư thời gian?

  • ४.
    तरकारी र फलफूलको भन्सार बिन्दुमै अनिवार्य विषादी परीक्षण गर्न सर्वोच्चको परमादेश

  • ५.
    Chung Cư Sun Elite City Hạ Long Ngôi Nhà Nghỉ Dưỡng Trọn Vẹn Nhất

  • ६.
    रासायनिक मलमा अब ‘अनलाइन सिस्टम’ बाट ल्याइने कृषिमन्त्री डा. पमदन परियारको तयारी

हाम्रो बारेमा

राष्ट्रिय किसान टेलिभिजन नेटवर्क प्रा.लि. द्वारा संचालित
www.hamrokishantv.com

स्थायी लेखा नं.: 609569986
मुख्य कार्यालय
Balkhu, Kathmandu, Nepal

सम्पर्क नम्बर
9851333100

ईमेल
hamrokishantelevision@gmail.com

हाम्रो टीम

सम्पादक
कामराज पन्त (सुमन)

मार्केटिङ
दुर्गा श्रेष्ठ

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 HamrokishanTv | All rights Reserved.
 Website By :  HamroKishanTv