• समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • कृषि समाचार
  • बैंक/वित्त
  • विचार/ब्लग
  • सफल किसान
  • सहकारी खबर
  • अन्तर्वार्ता
×
सोमबार, फागुन ०४, २०८२
    • समाचार
    • प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • कृषि समाचार
    • बैंक/वित्त
    • विचार/ब्लग
    • सफल किसान
    • सहकारी खबर
    • अन्तर्वार्ता
  • ☰

एनआरएनएका अध्यक्षका प्रत्याशी आरके शर्मा अमेरिका क्षेत्रको भ्रमणमा

गैरआवासीय नेपाली संघ(एनआरएनए) का अध्यक्षका प्रत्याशी राजेन्द्रकुमार(आरके) शर्मा अमेरिका क्षेत्रको भ्रमणमा निस्केका छन।
१६ सेप्टेम्बरको दिन शर्मा क्यानडा पुग्ने तालिका रहेको छ ।


क्यानडामा गैरआवासीय अभियन्ता,सामाजिक तथा राजनीतिक संस्थाका प्रतिनिधिसँग सल्लाह र सुझाव लिने तयारी शर्माको छ । क्यानडापछि शर्माले अमेरिकाको भ्रमण गर्ने छन् । शर्माले १६ तारिकादेखि १८ तारिकसम्म क्यानडामा बिताउने तयारी छ । त्यसपछि १८ तारिकदेखि २० तारिकसम्म अमेरिका गैरआवासीय अभियानलाई अगाडि बढाउन अभियन्ताहरूसँग राय सुझाव लिने योजना छ ।

“अमेरिका क्षेत्रको भ्रमणबाट आउने सुझाव पछि काठमाडौंमा कार्यक्रम गरेर अध्यक्षको उम्मेदवारी दिने छु”शर्माले भने,“अध्यक्षको रूपमा आफूले २ वर्षे कार्यकालमा गर्ने कामको लागि विश्वमा रहेका सबै नेपालीको सुझाव लिएको छु”

शर्माले सामाजिक कामलाई निरन्तरता दिने सहित आर्थिक मुद्दालाई अगाडि बढाउने योजना सहित अध्यक्षको उम्मेदवारीको तयारी गरेका छन् । श्रमिक र काम गर्ने वर्गको हितलाई प्राथमिकता दिएर विश्वभर बस्ने सबै नेपालीलाई अभियानमा जोड्ने तरिका सहितको योजना उम्मेदवारी घोषणा कार्यक्रममा ल्याउने तयारी शर्माको छ ।

“एसिया,युरोप तथा ओसियाना क्षेत्रका गैरआवासीय अभियन्तासँग प्रत्यक्ष भेटेर अध्यक्षको रूपमा मैले गर्नुपर्ने कामको लागि सुझाव लिइसकेको छु”शर्माले भने,“अमेरिका क्षेत्रका अभियन्तासँग भेटेपछि अध्यक्षको रूपमा गर्नुपर्ने कामका लागि सबै क्षेत्रको सुझाव आउँछ । त्यो अनुसार म अगाडि बढ्छु।”

शर्माले यसअघि युरोप,एसिया तथा ओसियाना क्षेत्रको भ्रमण गरिसकेका छन् । सो क्रममा शर्मालाई अभियन्ताहरुले अहिलेसम्म गैरआवासीय अभियानको नेतृत्व मध्यपूर्वले नपाएको भन्दै श्रमिकको एजेण्डा शर्माले लिएको भन्दै सहयोगको प्रतिबद्धता व्यक्त गरेका थिए ।
एनआरएनएको विश्वसम्मेलन अक्टोबरको दोस्रो साता काठमाडौंमा हुने छ । जसले २ वर्षे कार्यकालको लागि नयाँ नेतृत्व चयन गर्ने छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Đầu Đít Câm Đánh Con Gì? Gợi Ý Chuẩn Xác Cho Bet Thủ FUN88

Tiến độ & quy mô tòa tháp đôi 40 tầng trong Marina Bayfront District

Review chi tiết: Nhà Cái Uy Tín 2025 có đáng để đầu tư thời gian?

धेरै पढिएको

ताजा समाचार

  • १.
    Đầu Đít Câm Đánh Con Gì? Gợi Ý Chuẩn Xác Cho Bet Thủ FUN88

  • २.

    Tiến độ & quy mô tòa tháp đôi 40 tầng trong Marina Bayfront District


  • ३.
    Review chi tiết: Nhà Cái Uy Tín 2025 có đáng để đầu tư thời gian?

  • ४.
    तरकारी र फलफूलको भन्सार बिन्दुमै अनिवार्य विषादी परीक्षण गर्न सर्वोच्चको परमादेश

  • ५.
    Chung Cư Sun Elite City Hạ Long Ngôi Nhà Nghỉ Dưỡng Trọn Vẹn Nhất

  • ६.
    रासायनिक मलमा अब ‘अनलाइन सिस्टम’ बाट ल्याइने कृषिमन्त्री डा. पमदन परियारको तयारी

हाम्रो बारेमा

राष्ट्रिय किसान टेलिभिजन नेटवर्क प्रा.लि. द्वारा संचालित
www.hamrokishantv.com

स्थायी लेखा नं.: 609569986
मुख्य कार्यालय
Balkhu, Kathmandu, Nepal

सम्पर्क नम्बर
9851333100

ईमेल
hamrokishantelevision@gmail.com

हाम्रो टीम

सम्पादक
कामराज पन्त (सुमन)

मार्केटिङ
दुर्गा श्रेष्ठ

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 HamrokishanTv | All rights Reserved.
 Website By :  HamroKishanTv