• समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • कृषि समाचार
  • बैंक/वित्त
  • विचार/ब्लग
  • सफल किसान
  • सहकारी खबर
  • अन्तर्वार्ता
×
बुधबार, असार २४, २०८३
    • समाचार
    • प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • कृषि समाचार
    • बैंक/वित्त
    • विचार/ब्लग
    • सफल किसान
    • सहकारी खबर
    • अन्तर्वार्ता
  • ☰

एनआरएनए अध्यक्षमा कतारबाट आरके शर्माको उम्मेदवारी घोषणा

गैरआवासीय नेपाली संघ (एनआरएनए)को आसन्न निर्वाचनका लागि कतारबाट राजेन्द्रकुमार (आरके) शर्माले अध्यक्षमा उठ्ने अनौपचारिक घोषणा गरेका छन् ।

नेपाल महिला समाज कतार र एनआरएनए एनसीसी कतार महिला विभागको समन्वयमा कतारमा क्रियाशील ५७ संघ, संस्थाको आयोजनामा कतारमा भएको तिज कार्यक्रममा उनले अध्यक्षमा उठ्ने घोषणा गरेका हुन् ।


शर्माले आफूले ५७ वटा संस्थालाई साक्षी राखेर अध्यक्षमा उठ्ने घोषणा गरेको बताए ।

‘कतारमा स्थापित सबै संघ संस्थाले गरेको कार्यक्रम मार्फत मैले आगामी कार्यकालको लागि अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको छु,’ शर्माले दोहामा आयोजित कार्यक्रममा भने, ‘१० दिनभित्रमा काठमाडौंमा औपचारिक कार्यक्रम गरेर आफ्नो एजेन्डा सहित उम्मेदवारी घोषणा हुने छ।‘ आफ्नो उम्मेदवारीप्रति कतारका सबै सामाजिक संघ संस्थाले समर्थन जनाएको उनको दाबी छ ।


उनले आफूले कतारमा श्रमिक हुँदै व्यवसाय गरेर सामाजिक अभियानमा जोडिएको भन्दै एनआरएनए आईसीसीको उम्मेदवारी समृद्ध नेपाल बनाउनका लागि र विदेशमा बस्ने सबै नेपालीलाई जोड्नका लागि भएको बताए ।

उनले एनआरएनएका संस्थापक उपाध्यक्ष डा। देवकाजी डंगोल, कतारका अग्रज अभियन्ता तथा पूर्वउपाध्यक्ष सागर नेपालसहितको सपना साकार बनाउन अध्यक्षमा उठ्न लागेको बताए ।

‘गैरआवासीय अभियान अन्तर्गत दोस्रो संघ कतारमा स्थापना भयो, संस्थापक उपाध्यक्ष समेत कतारबाट डा। डंगोल बन्नुभयो,’ उनले थपे, ‘त्यसपछि अग्रज सागर नेपाल उपाध्यक्ष बन्नुभयो । नेतृत्वमा लैजानको लागि पूर्वाग्रह राख्ने काम अहिलेसम्म भएको छ, यो पटक त्यो तोडिने छ।’

उनले गैरआवासीय अभियानमा आफूले विदेशमा बस्ने नेपालीका मुद्दाहरू नागरिकतादेखि लिएर श्रमिक तथा दोस्रो पुस्ताका मुद्दाहरू बोकेको जानकारी दिए ।

शर्माले एनआरएनएलाई विदेशमा रहेका सम्पूर्ण नेपालीको साझा चौतारी बनाउने प्रतिवद्धता जनाए । २१औं शताब्दी अनुसार प्रविधिमैत्री एनआरएनए बनाउनु पर्ने उनको धारणा छ ।

यस्तै, एनआरएनएको आगामी कार्यकाल सन् २०२३–०२५ का लागि वर्तमान उपाध्यक्ष महेश श्रेष्ठले पनि अध्यक्ष पदमा औपचारिक रुपमा उम्मेदवारी घोषणा गरेका छन् ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Chỉ số an toàn thông tin và tiêu chuẩn kiểm định của Nhà Cái Có Giấy Phép Pagcor
पहाडका पाखामा हरियो क्रान्ति ः सुन्तला, स्याउ र ओखरले फेरिँदैछ ४० हजार परिवारको भविष्य
कृषिमा ऐतिहासिक बजेट २०८३/८४ सार्वजनिक! ५९ अर्बभन्दा बढी बजेट—कृषिमा ठूलो क्रान्ति! अब किसानको जीवन बदलिने संकेत

धेरै पढिएको

  • १.
    Chỉ số an toàn thông tin và tiêu chuẩn kiểm định của Nhà Cái Có Giấy Phép Pagcor

ताजा समाचार

  • १.
    Chỉ số an toàn thông tin và tiêu chuẩn kiểm định của Nhà Cái Có Giấy Phép Pagcor

  • २.
    पहाडका पाखामा हरियो क्रान्ति ः सुन्तला, स्याउ र ओखरले फेरिँदैछ ४० हजार परिवारको भविष्य

  • ३.
    कृषिमा ऐतिहासिक बजेट २०८३/८४ सार्वजनिक! ५९ अर्बभन्दा बढी बजेट—कृषिमा ठूलो क्रान्ति! अब किसानको जीवन बदलिने संकेत

  • ४.
    संविधान संशोधनमा बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्र बहादुर बस्नेतको कृषि तथा आर्थिक विकाससम्बन्धी अवधारणा प्रस्तुत

  • ५.
    अर्बौं सकियो, कृषि आधुनिकीकरण कागजमै ९ वर्षमा न उत्पादन बढ्यो, न रोजगारी — प्रधानमन्त्री कृषि परियोजना असफलताको दलदलमा

  • ६.
    किसानको नाममा ‘परामर्श लुट’ ! कृषिका अर्बौं बजेट कर्मचारी–परामर्शदाता गठजोडमा सकिँदै ?

हाम्रो बारेमा

राष्ट्रिय किसान टेलिभिजन नेटवर्क प्रा.लि. द्वारा संचालित
www.hamrokishantv.com

स्थायी लेखा नं.: 609569986
मुख्य कार्यालय
Balkhu, Kathmandu, Nepal

सम्पर्क नम्बर
9851333100

ईमेल
hamrokishantelevision@gmail.com

हाम्रो टीम

सम्पादक
कामराज पन्त (सुमन)

मार्केटिङ
दुर्गा श्रेष्ठ

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 HamrokishanTv | All rights Reserved.
 Website By :  HamroKishanTv