काठमाडौँ। ३ असोजको संविधान दिवसलाई कालो दिन भन्दै राप्रपा नेपालले माइतीघर मण्डलामा मसाल जुलुसका साथ बिरोध प्रदर्शन गरेको छ।
प्रदर्शनकारीहरुले गणतन्त्र मुर्दावाद, सङ्घियता खारेज गर, हिन्दूराष्ट्र कायम गर, सम्वैधानिक राजसंस्था पुनस्थापना गर जस्ता नारा लगाएका थिए । मसाल जुलुस सहित गरिएको विरोध प्रदर्शनमा प्रहरीले सामान्य हस्तक्षेप गरेको थियो भने मसाल जुलुस माइतीघरमा कोणसभामा परिणत भएको थियो। कोण सभालाई राप्रपा नेपालका वरिष्ठ नेताहरु विष्णु भट्टराई,तारा लुइँटेल लगायत नेताहरूले सम्बोधन गर्नुभएको थियो ।
संविधानको विरुद्ध राप्रपा नेपालको राँके जुलुस प्रदर्शन,भट्टराईले दिए चेतावनी
संविधानको विरुद्ध राप्रपा नेपालको राँके जुलुस प्रदर्शन,भट्टराईले दिए चेतावनी
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु


