• समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • कृषि समाचार
  • बैंक/वित्त
  • विचार/ब्लग
  • सफल किसान
  • सहकारी खबर
  • अन्तर्वार्ता
×
आइतबार, फागुन ०३, २०८२
    • समाचार
    • प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • कृषि समाचार
    • बैंक/वित्त
    • विचार/ब्लग
    • सफल किसान
    • सहकारी खबर
    • अन्तर्वार्ता
  • ☰

प्रधानमन्त्री प्रचण्ड र चीनका राष्ट्रपति सिबीच ऐतिहासिक भेटवार्ता

सम्माननीय प्रधानमन्त्री पुस्पकमल दाहाल प्रचण्ड र चीनका महामहिम राष्ट्रपति सि चीनफिङबीच ऐतिहासिक भेटवार्ता सम्पन्न भएको छ । चीनको साताब्यापी भ्रमणका लागि शनिवार चीनको हाङ्जाओ आइपुग्नुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति सिसँग द्विपक्षीय हितका विविध विषयमा खुल्ला र स्पष्टरुपमा छलफल गर्नुभएको हो ।

वार्तामा दुबै नेताबीच यस क्षेत्रको क्षेत्रीय स्थिरता, शान्ति र सम्बृद्धिका लागि सबै क्षेत्रीय शक्तिबीच साझा सहकार्य जरुरी रहेको कुरामा सहमति रह्यो । यसैगरी दुवै नेताबीच एक अर्काको चासो र संवेदनशीलता बुझेर आपसी सहकार्य अझ सघन बनाउने सहमति भएको छ । यस्तैगरी राष्ट्रपति सिले वार्तामा नेपालको आर्थिक, सामाजिक विकासमा खुल्ला दिलले सहकार्य र सहयोग गर्न चीन तयार रहेको सन्देश दिनुभएको छ ।
प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सीबीच वान टु वान र प्रतिनिधि मण्डलसँग सामूहिकरुपमा समेत गरी एक घण्टा लामो वार्तामा राष्ट्रपति सि जिनपिङले शान्तिपूर्ण सहअस्तिस्वको पाँच सिद्धान्तका आधारमा नेपाल र चीनले आपसी सम्मान, समर्थन र समान अस्तित्वका साथ ठुलो र सानो देशको कुनै भेदविना समान सहअस्तित्वका साथ अत्यन्तै नजिकको सम्बन्ध अघि बढाएको स्मरण गर्दै आगामी दिनमा दुई देशबीचको सम्वन्ध थप उचाईमा पुग्ने वताउनु भयो ।


प्रधानमन्त्री प्रचण्डले चीन र नेपालबीच विगत लामो समयदेखिको ऐतिहासिक सम्बन्धको चर्चा गर्दै अहिलेको परिस्थितिमा सिले अघि सारेका नवीनतम् अवधारणा यस क्षेत्रको शान्ति र प्रगतिका लागि महत्वपूर्ण रहेको वताउनु भयो । उहाँले नेपालले एक चीन नीतिप्रतिको प्रतिवद्धता व्यवहारवाटै पुष्टि गरेको वताउँदै नेपालले स्वतन्त्र र असंलग्न परराष्ट नीति अंगिकार गरेको र यो वा त्यो नामका कुनै पनि सैन्य रणनीतिक योजनामा सामेल हुन नसक्ने प्रष्ट पार्नु भयो । प्रधानमन्त्री प्रचण्डले चीनले अघि सारेको वेल्ट एण्ड रोड अवधारणाले नेपालको पूर्वाधार विकासमा महत्वपूर्ण परिवर्तन ल्याउन सक्ने भएकाले यसअघि नै नेपालले उक्त अवधारणामा सहमति जनाइसकको स्मरण गर्नु भयो । चीनको विकासले एसिया क्षेत्रकै विकासमा सहयोग पुग्ने अपेक्षा प्रधानमन्त्रीले गर्नुभयो ।


राष्टपति सिले प्रधानमन्त्री प्रचण्डसँगका यसअघिका भेटहरुको चर्चा गर्दै आफू राष्टपति हुनासाथ दक्षिण एशियावाट पहिलो नेताकारुपमा चिनमा स्वागत गरेको स्मरण गर्नुभयो । उहाँले यस किसिमका छलफलले दुई देशबीचका सम्वन्ध र विश्वासलाई अझ सुदृढ गर्ने वताउनु भयो ।

  • प्रधानमन्त्री
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
तरकारी र फलफूलको भन्सार बिन्दुमै अनिवार्य विषादी परीक्षण गर्न सर्वोच्चको परमादेश
रासायनिक मलमा अब ‘अनलाइन सिस्टम’ बाट ल्याइने कृषिमन्त्री डा. पमदन परियारको तयारी
मन्त्रीले सचिवको गाडीको चाबी खोसेपछि विवाद, कानुनी कारबाहीको माग

धेरै पढिएको

ताजा समाचार

  • १.
    Đầu Đít Câm Đánh Con Gì? Gợi Ý Chuẩn Xác Cho Bet Thủ FUN88

  • २.

    Tiến độ & quy mô tòa tháp đôi 40 tầng trong Marina Bayfront District


  • ३.
    Review chi tiết: Nhà Cái Uy Tín 2025 có đáng để đầu tư thời gian?

  • ४.
    तरकारी र फलफूलको भन्सार बिन्दुमै अनिवार्य विषादी परीक्षण गर्न सर्वोच्चको परमादेश

  • ५.
    Chung Cư Sun Elite City Hạ Long Ngôi Nhà Nghỉ Dưỡng Trọn Vẹn Nhất

  • ६.
    रासायनिक मलमा अब ‘अनलाइन सिस्टम’ बाट ल्याइने कृषिमन्त्री डा. पमदन परियारको तयारी

हाम्रो बारेमा

राष्ट्रिय किसान टेलिभिजन नेटवर्क प्रा.लि. द्वारा संचालित
www.hamrokishantv.com

स्थायी लेखा नं.: 609569986
मुख्य कार्यालय
Balkhu, Kathmandu, Nepal

सम्पर्क नम्बर
9851333100

ईमेल
hamrokishantelevision@gmail.com

हाम्रो टीम

सम्पादक
कामराज पन्त (सुमन)

मार्केटिङ
दुर्गा श्रेष्ठ

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 HamrokishanTv | All rights Reserved.
 Website By :  HamroKishanTv