• समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • कृषि समाचार
  • बैंक/वित्त
  • विचार/ब्लग
  • सफल किसान
  • सहकारी खबर
  • अन्तर्वार्ता
×
सोमबार, फागुन ०४, २०८२
    • समाचार
    • प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • कृषि समाचार
    • बैंक/वित्त
    • विचार/ब्लग
    • सफल किसान
    • सहकारी खबर
    • अन्तर्वार्ता
  • ☰

आरके शर्माको उम्मेदवारी कार्यक्रममा उपमहासचिव पदमा गुरुङको उम्मेदवारी घोषणा

कतार,कतारमा कर्मथलो बनाइरहेका एनआरएनए सचिव प्रविन गुरुङले आगामी कार्यकालका लागि उपमहासचिव पदमा आफ्नो प्रतिबद्दतासहित उम्मेदवारी घोषणा गरेका छन ।

एनआरएनएका उपाध्यक्ष आरके शर्माको आगामी कार्यकालका लागि अध्यक्षमा उम्मेदवारी घोषणा कार्यक्रममा गुरुङले उपमहासचिव पदमा उम्मेदवारी घोषणा गरेका हुन् । एनआरएनएको अभियानमा निरन्तरता दिन र आफ्ना एजेण्डालाई उचाईमा पु¥याउनका लागि मध्यपुर्वले नेतृत्व पाउनु पर्ने गुरुङको तर्क छ ।

उनले अध्यक्षका उम्मेदवार आरके शर्मालाई सफलताको शुभकामना दिदै आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । आफूले प्राप्त गरेको अनुभव, अग्रजहरुको आग्रह र साथीभाईको अनुरोधमा गुरुङले क्रमिकरुपमा २०२३–२५ कार्यकालका लागि उपमहासचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । ‘विश्वका एनआरएनए एउटै मालामा, संस्थाको शाख जोगाउने हाम्रै पालामा’ भन्ने मुलनारा लिएर उपमहासचिव पदका उम्मेदवारी घोषणा गरेका गुरुङ गोरखामा जन्मिएर चितवन बस्दै आएर हाल कतारमा सफल ब्यवसायीको पहिचान बनाएका छन् । एनआरएनए कतारको सदस्य,उपाध्यक्ष, मध्यपुर्व उपसंयोजक, संयोजक हुँदै आइसीसी सचिवसम्म सर्वाधिक रुचाएर निर्विरोध निर्वाचित हुन उनी सफल भएका छन् ।

गुरुङले महाभूकम्पमा लाप्राक नमूना बस्ती निमार्णमा होस् या हावाहुरी, बाढीपहिरोमा स्थलगतरुपमा ६ सय घरधुरीलाई राहत वितरण गर्न अनि कोभिड महामारीमा ५६० अक्सिजन सिलिण्डर नेपाल पठाउन गैरआवासीय नेपाली संघको नेतृत्व गर्दै अग्रपंतिमा रहेर काम गरेका छन् । नेपाली कला, संस्कृतिलाई विश्व बजारमा लैजादै नेपालकै पहिलो नेपाल आइडल, भ्वाइस अफ नेपाल, बुगीबुगीको पहिलो सिजनको ग्रान्ड फिनाले कतारमा गरेका तथा नेफ्टा अवार्ड, एनआरएनए ग्लोबल सिंगिङ आइडल सफलतापुर्वक सम्पन्न गरेका गुरुङ युवा पुस्ताका मार्गदर्शक हुन् ।

युवा पुस्ता र खेलकुदलाई नेपालमा जोड्नका लागि आठौं राष्ट्रिय खेलकुदमा एनआरएनए मार्फत तेकान्दोको मेनेजर तथा नवौं राष्ट्रिय खेलकुदमा थप जिम्मेवारी लिएर एनआरएनएलाई पदक जिताउन सफल गुरुङ आगामी कार्यकालमा पनि उही उर्जाका साथ काम गर्ने प्रतिवद्धता जनाउँछन् । सधै फरक र रचनात्मक कार्य गर्न रुचाउने र सामाजिक कार्यमा लागेर तन,मन र धन खर्चिरहेका गुरुङ आगामी कार्यकालका लागि सबैको रोजाईमा परेका छन् । एनआरएनए अभियानको क्रममा विश्वका धेरै मुलुकहरु पुगिसकेका गुरुङ सबैको रोजाईमा पर्ने देखिएको छ ।

 

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Đầu Đít Câm Đánh Con Gì? Gợi Ý Chuẩn Xác Cho Bet Thủ FUN88

Tiến độ & quy mô tòa tháp đôi 40 tầng trong Marina Bayfront District

Review chi tiết: Nhà Cái Uy Tín 2025 có đáng để đầu tư thời gian?

धेरै पढिएको

ताजा समाचार

  • १.
    Đầu Đít Câm Đánh Con Gì? Gợi Ý Chuẩn Xác Cho Bet Thủ FUN88

  • २.

    Tiến độ & quy mô tòa tháp đôi 40 tầng trong Marina Bayfront District


  • ३.
    Review chi tiết: Nhà Cái Uy Tín 2025 có đáng để đầu tư thời gian?

  • ४.
    तरकारी र फलफूलको भन्सार बिन्दुमै अनिवार्य विषादी परीक्षण गर्न सर्वोच्चको परमादेश

  • ५.
    Chung Cư Sun Elite City Hạ Long Ngôi Nhà Nghỉ Dưỡng Trọn Vẹn Nhất

  • ६.
    रासायनिक मलमा अब ‘अनलाइन सिस्टम’ बाट ल्याइने कृषिमन्त्री डा. पमदन परियारको तयारी

हाम्रो बारेमा

राष्ट्रिय किसान टेलिभिजन नेटवर्क प्रा.लि. द्वारा संचालित
www.hamrokishantv.com

स्थायी लेखा नं.: 609569986
मुख्य कार्यालय
Balkhu, Kathmandu, Nepal

सम्पर्क नम्बर
9851333100

ईमेल
hamrokishantelevision@gmail.com

हाम्रो टीम

सम्पादक
कामराज पन्त (सुमन)

मार्केटिङ
दुर्गा श्रेष्ठ

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 HamrokishanTv | All rights Reserved.
 Website By :  HamroKishanTv