• समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • कृषि समाचार
  • बैंक/वित्त
  • विचार/ब्लग
  • सफल किसान
  • सहकारी खबर
  • अन्तर्वार्ता
×
बुधबार, असार २४, २०८३
    • समाचार
    • प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • कृषि समाचार
    • बैंक/वित्त
    • विचार/ब्लग
    • सफल किसान
    • सहकारी खबर
    • अन्तर्वार्ता
  • ☰

एनआरएनएका सह कोषाध्यक्षका प्रत्यासी तिलक गैरेलाई मध्यपुर्वमा भव्य स्वागत

आवासीय नेपाली संघ (एनआरएनए) मध्यपुर्वअन्तर्गतका विभिन्न एनसिसिहरुले एनआरएनएको ११औँ महाधिवेशनमा सह कोषाध्यक्षका प्रत्यासी पोर्चुगल निवासी तिलक गैरेको भब्य स्वागत गरेका छन ।

बिहिवार कतार पुगेर शुक्रवार बहराईन गई शनिवार युएई पुगेका सह कोषाध्यक्षका प्रत्यासी तिलक गैरे आइतवार कुवेत पुगेका छन । गैरेलाई एनआरएनए कतार,बहराइन,युएई र कुवेतको राष्ट्रिय समन्वय परिषदले भब्य स्वागत गरेको छ । मध्यपुर्वका यि एनसिसिहरुको आयोजनामा गरिएको स्वागत तथा भेटघाट कार्यक्रममा सह कोषाध्यक्षका प्रत्यासी तिलक गैरेले आफ्नो उम्मेदवारीको बारेमा जानकारी गराएका छन ।


स्वागत तथा भेटघाटमा एनआरएन कतार, बहराइन,युएई र कुवेतका अध्यक्षहरु रमेश भट्ट,राजुकुमार श्रेष्ठ , बिकास शाही र रण लामालगाएत पदाधिकारीले गैरेलाई जितको शुभकामना ब्यक्त गर्दै स्वागत गरेका थिए । सो अवसरमा सह कोषाध्यक्षका प्रत्यासी गैरेले हाल एनआरएनको गरिमा र इतिहासलाई जोगाउनुपर्ने अवस्था आएकाले राजनीतिमुक्त संस्था बनाई इतिहास हेरेर भविष्यको लक्ष्य बनाउन र विवेक प्रयोग गर्न एनआरएनए मध्यपुर्वको टिमसँग अुनरोध गरेका छन ।

सह कोषाध्यक्षका प्रत्यासी गैरेले एनआरएनएको मध्यपुर्वको नेतृत्व र टिमसँग भेट्न पाउँदा धेरै खुसि लागेको जनाउदै आफू एनआरएनए पोर्चुगलको विभिन्न पदमा रहेर हाल युरोपको डिआरसी भैसकेको बताए । उनले आफू आइसीसी सह कोषाध्यक्षमा उम्मेदवारी दिनु स्वभाविक भएको जनाउदै आफुलाई सपोर्ट गर्न अनुरोध गरे । गैरेले आफूसँग काम गर्ने प्रशस्त समय र क्षमता भएकाले सह कोषाध्यक्ष भएर काम गरेर देखाउने प्रतिबद्धता ब्यक्त गरे ।


गैरेले ११ औं अधिवेशनलाई एकताको अधिवेशन बनाउन पनि सबै सँग आग्रह गर्दै आएका छन । संसारभरि रहेका गैर आवासीय नेपालीहरुको सीप, पूँजी, अनुभव र नेटवर्क नेपाल र नेपालीको उन्नतिका लागि परिचालन गर्न, दोश्रो पुस्ताका नेपालीहरुलाई एनआरएन संजालसंग जोड्न र नेपालमा लगानी तथा पर्यटन प्रवर्धन गर्न आफ्नो उम्मेदवारी रहेको गैरेले बताए । उनले आफू यस अभियानमा शिपाहिको रुपमा काम गर्न आएकाले आफुलाई मत दीई बिजयि गराउन सबै गैर आवासीय नेपालीलाई अनुरोध गरेका छन ।
गैरे हाल एनआरएनए युरोप क्षेत्रका उपसंयोजक(डिआरसी) रहेका छन ।

पोर्चुगलमा कृषि व्यवसाय र नेपालमा विभिन्न ब्यावसायमा संलग्न गैरेले सयौं नेपालीलगायत श्रमिकहरुलाई रोजगारी दिएका छन । गैरेको नेपालमा हाइड्रोपावर र होटल व्यवसायमा ठुलो लगानी रहेको छ । गैरे १५ बर्षदेखि एनआरएनएको अभियानमा सक्रिय र नेतृत्वदायी भूमिकामा क्रियाशील रहँदै आएका ब्यक्ति हुन । गैरेले विगतमा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद पोर्चुगलको सदस्य, लेखा समिती संयोजक, उपाध्यक्ष, वरिष्ठ उपाध्यक्ष हुँदै अध्यक्षको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरिसकेका छन भने हाल युरोप क्षेत्रको उपसंयोजकको रूपमा क्रियाशील रहेका छन ।


गैरेले सह कोषाध्यक्षमा उम्मेदवारी घोषणा गर्दै आफ्नो लामो अनुभव, प्रतिवद्दता, क्रियाशीलता र अझै पनि केही योगदान गरौं र दिन सकिन्छ भन्ने इच्छाले आगामी महाधिवेशनबाट सन २०२३–२५ कार्यकालको लागि आईसिसि सह–कोषाध्यक्षमा उम्मेदवारी दिएको बताए । संघमा उनले गरेको योगदान, दिएको समय र आगामी दिनमा संस्था एवं गैरआवासीय नेपालीको लागि आफूले खेल्ने भूमिकालाई मूल्यांकन गरी आफूलाई साथ, सहयोग, समर्थन, सद्भाव र सुभेच्छा प्रदान गरिदिनुहुन सम्पुर्ण अभियन्ता र गैर आवासीय नेपालीहरुमा आग्रह गरेका छन । नम्र र शालीन स्वभावका गैरे सफल व्यवसायी र समाजसेवीको रूपमा विश्वमा परिचित छन । गैरेले एनआरएनए अग्रज, अभियन्ता, शुभचिन्तक र गैरआवासीय नेपालीहरुको सहयोग, सद्भाव, समर्थनको लागि आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Chỉ số an toàn thông tin và tiêu chuẩn kiểm định của Nhà Cái Có Giấy Phép Pagcor
पहाडका पाखामा हरियो क्रान्ति ः सुन्तला, स्याउ र ओखरले फेरिँदैछ ४० हजार परिवारको भविष्य
कृषिमा ऐतिहासिक बजेट २०८३/८४ सार्वजनिक! ५९ अर्बभन्दा बढी बजेट—कृषिमा ठूलो क्रान्ति! अब किसानको जीवन बदलिने संकेत

धेरै पढिएको

  • १.
    Chỉ số an toàn thông tin và tiêu chuẩn kiểm định của Nhà Cái Có Giấy Phép Pagcor

ताजा समाचार

  • १.
    Chỉ số an toàn thông tin và tiêu chuẩn kiểm định của Nhà Cái Có Giấy Phép Pagcor

  • २.
    पहाडका पाखामा हरियो क्रान्ति ः सुन्तला, स्याउ र ओखरले फेरिँदैछ ४० हजार परिवारको भविष्य

  • ३.
    कृषिमा ऐतिहासिक बजेट २०८३/८४ सार्वजनिक! ५९ अर्बभन्दा बढी बजेट—कृषिमा ठूलो क्रान्ति! अब किसानको जीवन बदलिने संकेत

  • ४.
    संविधान संशोधनमा बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्र बहादुर बस्नेतको कृषि तथा आर्थिक विकाससम्बन्धी अवधारणा प्रस्तुत

  • ५.
    अर्बौं सकियो, कृषि आधुनिकीकरण कागजमै ९ वर्षमा न उत्पादन बढ्यो, न रोजगारी — प्रधानमन्त्री कृषि परियोजना असफलताको दलदलमा

  • ६.
    किसानको नाममा ‘परामर्श लुट’ ! कृषिका अर्बौं बजेट कर्मचारी–परामर्शदाता गठजोडमा सकिँदै ?

हाम्रो बारेमा

राष्ट्रिय किसान टेलिभिजन नेटवर्क प्रा.लि. द्वारा संचालित
www.hamrokishantv.com

स्थायी लेखा नं.: 609569986
मुख्य कार्यालय
Balkhu, Kathmandu, Nepal

सम्पर्क नम्बर
9851333100

ईमेल
hamrokishantelevision@gmail.com

हाम्रो टीम

सम्पादक
कामराज पन्त (सुमन)

मार्केटिङ
दुर्गा श्रेष्ठ

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 HamrokishanTv | All rights Reserved.
 Website By :  HamroKishanTv