• समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • कृषि समाचार
  • बैंक/वित्त
  • विचार/ब्लग
  • सफल किसान
  • सहकारी खबर
  • अन्तर्वार्ता
×
सोमबार, फागुन ०४, २०८२
    • समाचार
    • प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • कृषि समाचार
    • बैंक/वित्त
    • विचार/ब्लग
    • सफल किसान
    • सहकारी खबर
    • अन्तर्वार्ता
  • ☰

एनआरएनएको सहकोषाध्यक्षमा तिलक गैरेको उम्मेदवारी (प्रतिबद्धतासहित)

गैरआवासीय नेपाली संघ(एनआरएनए)को सह–कोषाध्यक्षमा तिलकप्रसाद गैरेले उम्मेदवारी दिने भएका छन्। विगत डेढ दशक बढी समयदेखी एनआरएनए अभियानमा सक्रिय गैरे नवलपरासीपूर्वको गैँडाकोटका बासिन्दा हुन्। गैरेले उम्मेदवारीसँगै ७ बुँदे प्रतिवद्धता सार्वजनिक गरेका छन्।

गैरेले सबल एनआरएनएका लागि स्थायी रूपमा बलियो कोष निर्माण गर्ने,संघको कोषलाई फजुल खर्चबाट जोगाएर मितव्ययी र पारदर्शी बनाउने,आइसिसी र एनसिसीको कोषको सबलीकरण,आपसी सहयोग अभिवृद्धि र आइपर्ने विभिन्न समस्या समाधानका लागि आइसिसीका कोषाध्यक्ष र सह–कोषाध्यक्षको नेतृत्वमा सबै एनसिसीका कोषाध्यक्ष र सह–कोषाध्यक्ष रहेको संयन्त्र गठन गर्ने लक्ष्य लिएका छन्।

यस्तै मध्यपूर्व,युरोपलगायत विभिन्न देशमा गएका श्रमिकहरुको कुनै कारणले निधन हुन गएमा उनीहरूको शव नेपाल पुर्‍याउने प्रबन्धको लागि अनिवार्य रूपमा नेपाल सरकारले जीवन बिमाको रकमबाट भुक्तानी मिलाउन पहल गर्ने,परिवारले पाउनुपर्ने क्षतिपूर्तिलाई पनि सुनिश्चितको पहल गर्ने बताएका छन्।

नेपालको भाषा, संस्कार, संस्कृति, नेपालीपन र नेपाली माटोसँग भौतिक र भावनात्मक रूपमा जोड्न भाषा, संस्कृति प्रवर्द्धन र जगेर्नाका लागि एउटा छुट्टै कोष बनाएर काम गर्ने बताएका छन्।एकपटकको नेपाली सधैंको नेपाली भन्ने संघको मुलमन्त्रलाई पूर्ण रूपमा सफल बनाउन सधैं क्रियाशील बन्ने, नेपालीका लागि नेपाली भन्ने संघको मूल नाराको भावना बमोजिम सधैं सक्रिय रहने प्रतिबद्धता जनाएका छन्।

उनी एनआरएनए पोर्चुगलको सदस्य, लेखा संयोजक, उपाध्यक्ष, वरिष्ठ उपाध्यक्ष हुँदै अध्यक्षको जिम्मेवारी सम्हालिसकेका छन्। उनी हाल युरोप क्षेत्रको उपसंयोजक(डिआरसी)छन्। गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको ११ औं महाधिवेशन तथा विश्व सम्मेलन आगामी १७–२० अक्टोबर २०२३ काठमाडौ हुँदैछ। गैरे नेपालमा गरिब तथा विपन्न समुदायमा शिक्षा, स्वास्थ्य, रोजगारीका लागि विभिन्न सहयोग गर्दै आइरहेका छन्।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Đầu Đít Câm Đánh Con Gì? Gợi Ý Chuẩn Xác Cho Bet Thủ FUN88

Tiến độ & quy mô tòa tháp đôi 40 tầng trong Marina Bayfront District

Review chi tiết: Nhà Cái Uy Tín 2025 có đáng để đầu tư thời gian?

धेरै पढिएको

ताजा समाचार

  • १.
    Đầu Đít Câm Đánh Con Gì? Gợi Ý Chuẩn Xác Cho Bet Thủ FUN88

  • २.

    Tiến độ & quy mô tòa tháp đôi 40 tầng trong Marina Bayfront District


  • ३.
    Review chi tiết: Nhà Cái Uy Tín 2025 có đáng để đầu tư thời gian?

  • ४.
    तरकारी र फलफूलको भन्सार बिन्दुमै अनिवार्य विषादी परीक्षण गर्न सर्वोच्चको परमादेश

  • ५.
    Chung Cư Sun Elite City Hạ Long Ngôi Nhà Nghỉ Dưỡng Trọn Vẹn Nhất

  • ६.
    रासायनिक मलमा अब ‘अनलाइन सिस्टम’ बाट ल्याइने कृषिमन्त्री डा. पमदन परियारको तयारी

हाम्रो बारेमा

राष्ट्रिय किसान टेलिभिजन नेटवर्क प्रा.लि. द्वारा संचालित
www.hamrokishantv.com

स्थायी लेखा नं.: 609569986
मुख्य कार्यालय
Balkhu, Kathmandu, Nepal

सम्पर्क नम्बर
9851333100

ईमेल
hamrokishantelevision@gmail.com

हाम्रो टीम

सम्पादक
कामराज पन्त (सुमन)

मार्केटिङ
दुर्गा श्रेष्ठ

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 HamrokishanTv | All rights Reserved.
 Website By :  HamroKishanTv