• समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • कृषि समाचार
  • बैंक/वित्त
  • विचार/ब्लग
  • सफल किसान
  • सहकारी खबर
  • अन्तर्वार्ता
×
सोमबार, फागुन ०४, २०८२
    • समाचार
    • प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • कृषि समाचार
    • बैंक/वित्त
    • विचार/ब्लग
    • सफल किसान
    • सहकारी खबर
    • अन्तर्वार्ता
  • ☰

सरुवापछि अलपत्र शिक्षक ब्रम्हदेव पासवानको न्यायका लागि तात्यो सामाजिक संजाल

बारा। गत शनिवार बिहानैदेखि सामाजिक संजाल फेसबकुमा शिक्षक ब्रम्हदेव पासवानको तस्वीर चर्चामा छ।

सडक छेउमै बसेको पासवानको तस्विर पोष्ट गर्दै अधिकांशले उनको न्यायका लागि अपिल गरिरहेका छन्।

चार दशकभन्दा बढी समयदेखि अध्यापन पेशामा आवद्ध शिक्षक पासवानलाई तत्काल न्याय दिलाउन जीतपुर ९ सिमरा उपमहानगरपालिका र नगर प्रमुखलाई ध्यानाकर्षण गराउदै फेसबुकमा तस्वीर र सामाग्री पोष्ट भईरहेको छ । फेसबुकमा पोष्ट भएको उक्त सामाग्रीमा शिक्षक सरुवापछि पासवान पीडित भएको र तत्काल न्याय दिलाउनुपर्ने माग गरिएको छ ।

फेसबुकमा पोष्ट भएको सामाग्री अनुसार जीतपुरसिमरा उपमहानगरपालिकाले करिब एक महिना अघि गरेको शिक्षक सरुवामा पासवानलाई सिमराबाट जीतपुरसिमरा९ २४ हरपुरस्थित विद्यालय पठाइएको थियो ।

उपमहानगरपालिकाले गरेको सरुवा अनुसार पासवान श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सिमराबाट रमाना बुझेर हरपुरस्थित विद्यालय पुगेका थिए । तर हरपुरस्थित विद्यालयमा हाजिर नगराइए पछि पासवान अपलत्र परेको व्यहोरा उल्लेख गरिएको छ ।

२०३९ सालदेखि शिक्षण पेशामा आवद्ध शिक्षक पासवान एक महिनादेखि अलपत्र परेको खबर सामाजिक संजालमा आएलगत्तै उनको न्यायका लागि आवाज उठ्न सुरु भएको हो ।

अवकाशका लागि दुई वर्ष बाँकी रहेका पासवानलाई चाडपर्वको समयमा हाजिरविहिन अवस्थामा राखिनु दुःखद् रहेको भन्दै उपमहानगरपालिकाको कार्यालयले तत्काल पहल थाल्नुपर्ने माग उठिरहेको छ ।

सामाजिक संजाल फेसबुक तातेपछि जीतपुरसिमरा २ का वडाध्यक्ष धनबहादुर श्रेष्ठले आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् । सामाजिक संजालमार्फत उनले शिक्षक पासवानको विषयलाई लिएर सामाजिक संजालमा उठेका टिकाटिप्पणीप्रति आफ्नो ध्यानाकर्षण भएको भन्दै तत्काल न्यायका लागि पहलकदमी लिने बताएका छन् ।

जीतपुरसिमरा उपमहानगरपालिका नगर प्रमुख राजन पौडेलले समस्या देखिएका विद्यालय र शिक्षकको हकमा छलफल गरेर समाधानको उपाय खोजी गरिने बताएका छन् ।

यस्तो छ समाजिक संजालको सामाग्रीः

ब्रहमदेव पासवान,

एक शिक्षक जसले आफुले अध्ययन गरेको बिद्यालय बाराको सिमरामा रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा २०३९ साल देखी करिब ४१ बर्ष प्रावि शिक्षकको रूपमा काम गर्दै आईरहनुभएको छ , अबको २ बर्ष पछि उहाँ उमेरहदका कारण अवकाश हुनुहुनेछ ।

आफ्नो जिवनको ४१ वर्ष बिताएको र सेवा गरेको ठाउँबाट एकाएक उहाँलाई जीतपुरसिमरा उपमहानगरपालिकाले हरपुर सरूवा गर्यो, आर्थिक रूपले कमजोर, कुनै सवारी साधन नभएका, उहाका लागि हरपुर अपायक ठाउ थियो तर उपमहानगरले सरूवाको पत्र बिद्यालयमा पठाएपछि उहाँ कार्यरत बिद्यालयले उहासँग कुनै सोधखोज नगरी रमाना पत्र थमायो, आफुले ४१ बर्ष बिताएको ठाउ, अबको २ वर्ष बाकी जागिर जिवन, आर्थिक रूपले कमजोर रहेकाले उहा चुपचाप जहाँ सरूवा गरेको हो त्यही जानुभयो तर त्यहां उहाँलाई हाजिर गर्न दिईएन ।

उहाँले यस बिषयमा उपमहानगरपालिकामा निबेदन पनि दिनुभयो तर कुनै सुनुवाइ भएको छैन, बिगत एक महिनादेखि उहाँले हाजिर गर्ने ठाउँ पाउनु भएन, आफ्नो बिद्यालयले रमाना दियो, उहाँका ठाउमा अर्कोलाई नियुक्त गरियो, जहाँ पठाएको त्यहाँ हाजिर गर्न नदिए पछि दशैको मुखमा तलब आउने नआउने कुनै ठेगान छैन, एक छोरा गुमाईसकेका उहा शारीरिक रूपमा केहि कमजोर हुनुहुन्छ, आजसम्म कुनै दल, न त कुनै नेता, न कुनै व्यक्ति कसैको झोला नबोकेका एक सिधा सोझा शिक्षक जसले पढाएका धेरै बिद्यार्थी आज कोहि उच्च पदमा छन्, कोहि नेता भएका छन्,कोहि जनप्रतिनिधि भएका छन्,कोहि सोहि बिद्यालयमा सहकर्मी भएका छन्, कोहि सोहि बिद्यालयका व्यवस्थापन समितिमा छन् तर उहाको समस्याको समाधान गरिदिने मान्छे उहाले भेट्नुभएको छैन, उहाको समस्या समाधान पनि भएको छैन, आजभोली उहाँ कहिले उपमहानगरको कार्यालय त कहिले आफ्नो पिडामा बोलिदिने कोहि भेटिएलान् कि भनेर चोकचौतारा धाउदै हुनुहुन्छ, उहाँका बारेमा सबै थाहा भएर पनि थाहा नभए झै गरेर बसेका छन् सम्बन्धित निकाय !

ब्रहमदेव पासवान जस्ता शिक्षकले न्याय कहिले पाउने ?

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Đầu Đít Câm Đánh Con Gì? Gợi Ý Chuẩn Xác Cho Bet Thủ FUN88

Tiến độ & quy mô tòa tháp đôi 40 tầng trong Marina Bayfront District

Review chi tiết: Nhà Cái Uy Tín 2025 có đáng để đầu tư thời gian?

धेरै पढिएको

ताजा समाचार

  • १.
    Đầu Đít Câm Đánh Con Gì? Gợi Ý Chuẩn Xác Cho Bet Thủ FUN88

  • २.

    Tiến độ & quy mô tòa tháp đôi 40 tầng trong Marina Bayfront District


  • ३.
    Review chi tiết: Nhà Cái Uy Tín 2025 có đáng để đầu tư thời gian?

  • ४.
    तरकारी र फलफूलको भन्सार बिन्दुमै अनिवार्य विषादी परीक्षण गर्न सर्वोच्चको परमादेश

  • ५.
    Chung Cư Sun Elite City Hạ Long Ngôi Nhà Nghỉ Dưỡng Trọn Vẹn Nhất

  • ६.
    रासायनिक मलमा अब ‘अनलाइन सिस्टम’ बाट ल्याइने कृषिमन्त्री डा. पमदन परियारको तयारी

हाम्रो बारेमा

राष्ट्रिय किसान टेलिभिजन नेटवर्क प्रा.लि. द्वारा संचालित
www.hamrokishantv.com

स्थायी लेखा नं.: 609569986
मुख्य कार्यालय
Balkhu, Kathmandu, Nepal

सम्पर्क नम्बर
9851333100

ईमेल
hamrokishantelevision@gmail.com

हाम्रो टीम

सम्पादक
कामराज पन्त (सुमन)

मार्केटिङ
दुर्गा श्रेष्ठ

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 HamrokishanTv | All rights Reserved.
 Website By :  HamroKishanTv