• समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • कृषि समाचार
  • बैंक/वित्त
  • विचार/ब्लग
  • सफल किसान
  • सहकारी खबर
  • अन्तर्वार्ता
×
सोमबार, फागुन ०४, २०८२
    • समाचार
    • प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • कृषि समाचार
    • बैंक/वित्त
    • विचार/ब्लग
    • सफल किसान
    • सहकारी खबर
    • अन्तर्वार्ता
  • ☰

भिजन लिएर एनआरएनएको नेतृत्वलाई अगाडि बढेको छुः अध्यक्ष प्रत्यासी आरके शर्मा

माल्टा,गैर आवासीय नेपाली संघ (एनआरएनए)को आगामी महाधिवेशनमा अध्यक्षका उम्मेदवार राजेन्द्र कुमार (आरके)शर्माले सच्चा भिजनमा हिडेकाले यसपाली नेतृत्वमा पुग्ने विश्वास व्यक्त गरेका छन ।
एनआरएनएलाई सहि दिशा र गति दिनको लागि सहि भिजन बोकेर हिंडेको भन्दै यसपाली आफुलाई नेतृत्वमा प्रतिनिधिले चुन्नेमा ढुक्क भएको बताएका हुन । उनी एनआरएनएका वर्तमान उपाध्यक्ष हुन ।

‘पैसा, प्रभावले चुनाव जित्छु भनेर कसैले नसोचे हुन्छ’, माल्टाको एमसिदामा बुधवार साँझ आयोजित छ़लफलमा कार्यक्रममा उनले भने, ‘एनआरएनए पवित्र संस्था हो, संस्थालाई विवाद होइन एकताबद्ध बनाउन सच्चा भिजन लिएर चुनावी मैदानमा आएको छु, चुन्नु होला भन्ने अनुरोध छ ।’

शर्माले नेपालीको संख्या धेरै भएका देशमा ६ महिनाभित्रै नेपाली दूताबास स्थापना गर्न सक्दो सहयोग गर्ने बताए । पोर्तुगल, माल्टा लगायतकादेशमा ६ महिनासम्म नेपाली दूताबास खोल्न आफुले सक्दो पहल गर्ने प्रतिबद्धता जनाए ।

उनले देश छाड्ने रहर कसैलाई नहुने भन्दै चिन्ता लिएर विदेशीएका नेपालीहरुले समृद्ध नेपाल देख्न चाहेको बताए। सामुहिक लगानी प्राधिकरण बनाएर देश विकासमा सहयोग गर्ने योजना कार्यान्वयन गर्ने बताए ।

‘अब आर्थिक क्रान्ति गर्न जरुरी छ, पठाएको रेमिट्यान्स, राष्ट्रिय गौरवका योजनाहरु बनाउन तालमेल गर्न ढिलो भएको छ’ शर्माले भने, ‘हामी लाग्यौँ भने वर्षको १३ खर्ब रेमिट्यान्स पठाउँदै गर्दा १० वर्षमा हामीले १० प्रतिशत सामुहिक लगानी गरेमा पनि १३ खर्ब पुँजी सृजना हुन् सक्छ, त्यसमा हजारौ रोजगारी सृजना हुन्छ ।’


एनआरएनए माल्टाका अध्यक्ष रेमलाल खनाल रेम्सले एनसीसी र आइसीसीबीचको सम्बन्ध सुधार गरेर रोजगारीका लागि विदेशिएका सबै नेपालीको साझा संस्था बन्नुपर्ने आवश्यकता औंल्याए ।

कार्यक्रममा एनआरएनए युरोपका उप संयोजक चित्र सुवेदीको समेत उपस्थिति रहेको थियो । कार्यक्रममा एनआरएनए माल्टाका प्रतिनिधि (डेलिगेट्स) तथा नेपाली समाजका अगुवाहरुको बाक्लो उपस्थिति थियो ।

अध्यक्षका प्रत्याशी शर्मा शनिवार चेक रिपब्लिक, आइतबार डेनमार्क, सोमवार विहान जर्मनी हुदै साँझ पोर्तुगलका प्रतिनिधि(डेलिगेट्स)संग छलफलमा सहभागि भएका थिए । मंगलवार साँझ स्पेन हुदै माल्टा पुगेका हुन् । शर्माले कर्मभूमि कतारमा विशाल कार्यक्रम गरि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Đầu Đít Câm Đánh Con Gì? Gợi Ý Chuẩn Xác Cho Bet Thủ FUN88

Tiến độ & quy mô tòa tháp đôi 40 tầng trong Marina Bayfront District

Review chi tiết: Nhà Cái Uy Tín 2025 có đáng để đầu tư thời gian?

धेरै पढिएको

ताजा समाचार

  • १.
    Đầu Đít Câm Đánh Con Gì? Gợi Ý Chuẩn Xác Cho Bet Thủ FUN88

  • २.

    Tiến độ & quy mô tòa tháp đôi 40 tầng trong Marina Bayfront District


  • ३.
    Review chi tiết: Nhà Cái Uy Tín 2025 có đáng để đầu tư thời gian?

  • ४.
    तरकारी र फलफूलको भन्सार बिन्दुमै अनिवार्य विषादी परीक्षण गर्न सर्वोच्चको परमादेश

  • ५.
    Chung Cư Sun Elite City Hạ Long Ngôi Nhà Nghỉ Dưỡng Trọn Vẹn Nhất

  • ६.
    रासायनिक मलमा अब ‘अनलाइन सिस्टम’ बाट ल्याइने कृषिमन्त्री डा. पमदन परियारको तयारी

हाम्रो बारेमा

राष्ट्रिय किसान टेलिभिजन नेटवर्क प्रा.लि. द्वारा संचालित
www.hamrokishantv.com

स्थायी लेखा नं.: 609569986
मुख्य कार्यालय
Balkhu, Kathmandu, Nepal

सम्पर्क नम्बर
9851333100

ईमेल
hamrokishantelevision@gmail.com

हाम्रो टीम

सम्पादक
कामराज पन्त (सुमन)

मार्केटिङ
दुर्गा श्रेष्ठ

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 HamrokishanTv | All rights Reserved.
 Website By :  HamroKishanTv