• समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • कृषि समाचार
  • बैंक/वित्त
  • विचार/ब्लग
  • सफल किसान
  • सहकारी खबर
  • अन्तर्वार्ता
×
मङ्गलबार, फागुन ०५, २०८२
    • समाचार
    • प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • कृषि समाचार
    • बैंक/वित्त
    • विचार/ब्लग
    • सफल किसान
    • सहकारी खबर
    • अन्तर्वार्ता
  • ☰

कोषाध्यक्ष उम्मेदवार ढुंगानाको एनआरएनए रुपान्तरण योजना

गैरआवासीय नेपाली संघ (एनआरएनए) आइसीसीको अर्को साता काठमाडौँमा हुने विश्व सम्मेलनले आगामी दुई वर्षे कार्यकाललाई नेतृत्व चयन गर्दैछ ।

एनआरएनए निर्वाचनमा अध्यक्ष, महासचिवपछि सबैभन्दा पेचिलो र कार्यकारी कोषाध्यक्ष पद पनि आकर्षण र प्रतिस्पर्धाको केन्द्रमा छ । एनआरएनएको समग्र आर्थिक पक्षहरुमा नेतृत्व दिने कोषाध्यक्षका लागि मध्यपूर्वका जुझारु युवा अभियन्ता ठाकुरप्रसाद ढुंगानाले बलियो दावेदारी पेश गरेका छन् । एनआरएनए युएईका निवर्तमान अध्यक्ष समेत रहेका उनले कोषाध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरिसकेका छन् ।

विभिन्न १० बुंदे प्रतिवद्धतासहित निर्वाचन मैदानमा उत्रिएका ढुंगानाको प्रमुख एजेन्डा ‘व्यक्तिमुखी’ एनआरएनएलाई ‘संस्थागत’ गर्नु छ । चन्दा उठाएकै भरमा चल्दै आएको संस्थामा आम्दानीका दिगो स्रोतहरु जुटाएर आर्थिक आत्मनिर्भर गराउने, अनावश्यक खर्च कटौती गर्ने, हरेक पञ्जीकृत सदस्यले मत दिन पाउने र संस्थाको सदस्य भएकै कारण विभिन्न क्षेत्रमा विशेष ’बेनिफिट्’ हरु लिन सक्ने प्लेटफर्म बनाउनेजस्ता योजना पनि उनीसँग छन् । ‘आम पञ्जीकृत सदस्यले संस्थाको सदस्यता लिएबापत के सुविधा पाएरु खाडीका श्रमिक हुन् वा नेपालमा आपतविपतमा परेका अरु नेपालीहरु, के उनीहरु अफ्टेरोमा पर्दा एनआरएनए पुगेर सहयोगको अनूभूति गराउन सक्यो त रु’ ढुंगानाको प्रश्न छ, ‘स्थापनाको दुई दशक बढी पुग्दा समेत किन संस्थाजस्तो बन्न सकेको छैन रु सधैं हुनेखानेसँग पैसा मागेर, चन्दा उठाएर र निर्वाचनमा डेलिगेटको नाममा आर्थिक विकृतिलाई प्रोत्साहन गरेरै मात्रै संस्था चलाउंदै जाने हो ?’


कोषाध्यक्षका हैसियतमा अनावश्यक खर्च कटौती गर्दै मितव्ययी र दिगो प्रभावकारितासहितका खर्च योजनाहरुको कर्यान्वयन गर्ने र कोष तथा लेखाप्रणालीको चुस्त दुरुस्त र पारदर्शी व्यवस्थापन तथा विश्वभरका पञ्जीकृत सदस्यहरुमाझ मासिक, त्रैमासिक, अर्धवार्षिक तथा वार्षिक आर्थिक प्रतिवेदनहरु नियमित सार्वजनिक गर्ने योजना उनले बनाएका छन् ।

त्यसैगरी, खाडी मुलुक, मलेसिया र अन्य क्षेत्रका न्यून आम्दानी भएका गैरआवासीय नेपालीहरुको राहत, उद्धार र स्तरवृद्धि लक्षित कार्यक्रमलाई प्राथमिकता दिंदै अष्ट्रेलिया, क्यानडा, अमेरिका, युरोप, जापान, कोरियालगायत विभिन्न देशमा रहेका नेपाली विद्यार्थीहरुको समस्यालाई पहिचान गरी तत्काल राहत तथा सहयोग पुग्ने कार्यक्रमहरु अगाडि बढाइने ढुंगानाले बताएका छन् ।


उनले श्रमिक गन्तव्य राष्ट्रहरूमा अलपत्र परेका वास्तविक पीडितहरूको पहिचान गरि उद्धारपूर्व खान,बस्नका लागि महिला तथा पुरूष सेल्टर बनाउन एनसीसीहरुलाई सहयोग गर्ने प्रतिवद्धता पनि गरेका छन् । वैदेशिक रोजगारीबाट स्वदेश फर्किनेहरुलाई उत्पादनमा जोड्ने, नेपाल भित्रिने रेमिट्यान्सलाई उपभोगमा सिमित नराखी उत्पादनमुखी क्षेत्रमा परिचालन गर्नेदेखि प्रवासी नेपालीहरुको लगानी भित्र्याउन नेपाल सरकारसँग मिलेर ‘प्रवासमा आम्दानी, स्वदेशमा लगानी’ अभियानलाई अघि बढाउन पहल गर्नेसम्मका योजना ढुंगानाले बनाएका छन् ।
गैरआवासीय नेपाली संघको सदस्यता शुल्कमा कटौती गरी ‘सबै गैरआवासीय नेपाली, सबै एनआरएन’ नारालाई कार्यान्वयन गराउने, गैरआवासीय नेपाली संघको संयुक्त लगानी कोष निर्माण गरी नेपालमा विकास, रोजगारी तथा दीर्घकालीन विकास परियोजनाहरूमा एनआरएनए लगानीको खाका तयार गर्नेजस्ता योजना पनि उनीसँग छन् ।

उनले विश्वभरका पर्यटकहरु आकर्षित गर्ने प्रचार अभियान तथा पर्यटन, कृषि तथा जलविद्युतमा गैरआवासीय नेपालीहरुको लगानी अभिवृद्धिजस्ता कार्यमा प्राथमिकतासहित काम गर्ने प्रतिवद्धता गरेका छन् । एनआरएनए अभियानलाई सार्थक पार्न भिजनरी नेतृत्व जरूरी रहेको निष्कर्ष ढुंगानाको छ।’आर्थिक पाटो त झन् संस्थाको मेरुदण्ड हो। एनआरएनएलाई अहिले कुशल र भिजनरी नेतृत्व दिन सक्ने कोषाध्यक्ष चाहिएको छ। जसले एकाउन्टेन्टको भूमिकामा खुम्चिएर बस्ने होइन, संस्था रूपान्तरणको अभियान नेतृत्व गर्न सकोस्।’


विगत २४ वर्षदेखि ट्राभल तथा पर्यटन व्यवसायमा संलग्न ढुंगाना एनआरएनएसहित विभिन्न सामाजिक अभियानहरुमा पनि सधैं सक्रिय रहे ।आफ्नो पेशा, व्यवसायदेखि सामाजिक क्षेत्रमा काम गर्ने क्रममा बटुलेको सिकाइ र अननुभवलाई अब एनआरएनएको संस्थागत विकास र रूपान्तरणमा लगाउने प्रण उनले गरेका छन् । एनआरएनएमै पनि विभिन्न महत्वपूर्ण र चुनौतीपूर्ण जिम्मेवारीमा रहेर काम गर्दाको अनुभवले ढुंगानाको आत्मबल थप बलियो बनाएको छ । सन् २०११ देखि अभियानमा जोडिएका उनले दुई कार्यकाल आइसीसी सदस्य र एक कार्यकाल एनसीसी युएईको अध्यक्षका रुपमा जिम्मेवारी सम्हाले।हरेक जिम्मेवारी जति चुनौतीपूर्ण थिए, त्यति नै खरो उत्रिए उनी ।

तत्कालिन अध्यक्ष भवन भट्ट कार्यकालकै एक प्रमुख ’अतिथिदेवो भवः’ अभियानलाई संयोजकको रुपमा ढुंगानाले नै नेतृत्व गरेका थिए। पछि कोभिड महामारीका बेला संसारभर अलपत्र परेका नेपालीहरुलाई चार्टर उडानमार्फत् नेपाल फर्काउने एनआरएनएनए अभियानको कमाण्ड पनि उनले नै सम्हाले । महमारीमा विदेशी भूमिमा अलपत्र नेपालीहरु बोकेर दुई सय बढी उडानहरु गराएको उनी सम्झिन्छन् ।

जतिबेला एनआरएनए युएई विभाजित थियो, सबै पक्षलाई मिलाउंदा सर्वसम्मत रुपमा २०२१–२३ कार्यकालको अध्यक्षमा चुनिए ढुंगाना। थुप्रै चुनौतीहरुका बाबजुद कयौं सकारात्मक पहलहरु शुरु गरे। पर्यटन प्रवर्द्धनको लक्ष्यमा एनआरएनए युएई र नेपाल चलचित्र विकास बोर्डको सहकार्यमा उनले दुबईमा पहिलोटक नेपाली फिल्म फेस्टिभल सम्भव बनाए । ‘आर्थिक परिचालन र स्रोत व्यवस्थापनको क्षेत्रमा मसंग लामो अनुभव छ। के गर्ने, कसरी गर्ने भन्ने स्पष्ट भिजन र कार्ययोजना छ’ संसारभरका गैरआवासीय नेपालीमाझ ढुंगानाको अपिल छ’, ‘जिम्मेवारी दिनुहोस्।भन्ने मात्रै होइन, सबैले देख्ने र महशुस गर्न सक्ने गरी काम देखाउने मेरो प्रतिवद्धता छ ।’

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Đầu Đít Câm Đánh Con Gì? Gợi Ý Chuẩn Xác Cho Bet Thủ FUN88

Tiến độ & quy mô tòa tháp đôi 40 tầng trong Marina Bayfront District

Review chi tiết: Nhà Cái Uy Tín 2025 có đáng để đầu tư thời gian?

धेरै पढिएको

ताजा समाचार

  • १.
    Đầu Đít Câm Đánh Con Gì? Gợi Ý Chuẩn Xác Cho Bet Thủ FUN88

  • २.

    Tiến độ & quy mô tòa tháp đôi 40 tầng trong Marina Bayfront District


  • ३.
    Review chi tiết: Nhà Cái Uy Tín 2025 có đáng để đầu tư thời gian?

  • ४.
    तरकारी र फलफूलको भन्सार बिन्दुमै अनिवार्य विषादी परीक्षण गर्न सर्वोच्चको परमादेश

  • ५.
    Chung Cư Sun Elite City Hạ Long Ngôi Nhà Nghỉ Dưỡng Trọn Vẹn Nhất

  • ६.
    रासायनिक मलमा अब ‘अनलाइन सिस्टम’ बाट ल्याइने कृषिमन्त्री डा. पमदन परियारको तयारी

हाम्रो बारेमा

राष्ट्रिय किसान टेलिभिजन नेटवर्क प्रा.लि. द्वारा संचालित
www.hamrokishantv.com

स्थायी लेखा नं.: 609569986
मुख्य कार्यालय
Balkhu, Kathmandu, Nepal

सम्पर्क नम्बर
9851333100

ईमेल
hamrokishantelevision@gmail.com

हाम्रो टीम

सम्पादक
कामराज पन्त (सुमन)

मार्केटिङ
दुर्गा श्रेष्ठ

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 HamrokishanTv | All rights Reserved.
 Website By :  HamroKishanTv