• समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • कृषि समाचार
  • बैंक/वित्त
  • विचार/ब्लग
  • सफल किसान
  • सहकारी खबर
  • अन्तर्वार्ता
×
बिहिबार, असार २५, २०८३
    • समाचार
    • प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • कृषि समाचार
    • बैंक/वित्त
    • विचार/ब्लग
    • सफल किसान
    • सहकारी खबर
    • अन्तर्वार्ता
  • ☰

मेरा एजेण्डामा सबै राजनीतिक दल र अभियन्ताको समर्थन छः आरके शर्मा

गैरआवासीय नेपाली संघ एनआरएनएको अध्यक्ष पदका उम्मेदवार राजेन्द्रकुमार (आरके) शर्माले आफुलाई सबै दल तथा एनआरएनएहरुको समर्थन रहेको बताएका छन् ।

शर्माले आफ्नो टिम सार्वजनिक गर्दै सरकार प्रमुख देखि सबै राजनैतिक दलले आफ्ना एजेण्डालाई साथ दिएको बताएका हुन् । उनले शुक्रबार नै आफनो उम्मेदवारी दर्ता पनि गराएका छन् ।

शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा शर्मालाई प्रधानमन्त्री प्रचण्डको समर्थन रहेको भन्ने आरोपमा उक्त जवाफ दिएका हुन् । उनले विगतदेखि नै सरकारसँग नजिक रहेर काम गरेको हुँदा पुर्व प्रधानमन्त्रीहरुदेखि सबै राजनीतिक दलसँग नजिकको सम्बन्ध रहेको बताएका हुन् ।

शर्माले आफ्नो बाचापत्रमा मध्यपूर्व, युरोप, अमेरिकालगायत संसारभर बस्ने एनआरएनएहरुलाई समेट्ने योजना रहेको बताएका छन् । उनले आफ्नो चुनावी बाचापत्रलाई निर्वाचित भएको खण्डमा इमान्दार भएर पुरा गर्न लागि पर्ने समेत प्रतिवद्धता जनाए ।

शर्माले आफूसँग मध्यपूर्वसहित विश्वभरका एनआरएनएलाई एकताबद्ध बनाउने एजेन्डा रहेको बताएका छन । कतिपयले क्षेत्रीय एजेन्डा बोकेर हिँडेको आरोप लगाएको प्रति संकेत गर्दै शर्माले आफूसँग विश्वभरकै एनआरएनएलाई एकताबद्ध बनाउने र संस्थालाई गति दिने एजेन्डा रहेको बताएका हुन् ।

‘मेरो बाचापत्र हेर्नुभयो भने संसारभरका नेपालीलाई समेटेर जाने योजना समेटिएको छ । मध्यपूर्वले एनआरएनएको २० वर्षे अभियानमा हालसम्म नेतृत्व नपाएकाले हामीलाई सबै अभियन्ताहरूले साथ दिनुपर्छ भन्नेमात्रै हो’, उनले भने, ‘सबै अग्रज, अभियन्ता तथा सहकर्मी साथीहरु सकारात्मक पनि हुनुहुन्छ ।’

उनले आफूलाई अमेरिका, अस्ट्रेलिया, युरोपलगायतका देशबाट सकारात्मक प्रतिक्रियाहरु आइसकेको भन्दै पुरै टीमले नै चुनाव जित्ने विश्वास व्यक्त गरेका छन् ।

२४ महिनामा २४ वाचासहित आफू चुनावी मैदानमा खडा भएको उल्लेख गर्दै शर्माले आफ्नो पहिलो प्राथमिकता एनआरएनएहरुबीचको एकता भएको पनि बताए । त्यसका लागि आफूले इमान्दार पहल गरेर सबै अभियानबाट बाहिर रहेका एनआरएनएहरुलाई पनि एउटै मालामा उन्न पहल गर्ने उनको भनाइ थियो ।

‘केही समययता, गैरआवासीय नेपाली संघमा एकता छैन । त्यसले हाम्रो लक्षित उद्देश्य हासिल गर्नमा बाधा पु¥याएको छ’, शर्माले भने, ‘यसलाई जसरी पनि एकजुट गराउनु पर्ने दायित्व हाम्रो काँधमा आएको छ । मैले निरन्तर रुपमा प्रयास गरिरहेको छु, एकजुट गराएरै छाड्ने प्रण पनि गरेको छु ।’

एनआरएनएका उपाध्यक्ष डिबी क्षेत्रीले सबैको अपनत्व गराउन श्रमिकको मुद्दालाई स्थापित गर्न र सबैको अपनत्वको बढाउन आर शर्माको नेतृत्व आवाश्यक भएको बताए । उनले मध्यपुर्व भोट बैंक मात्र नभएर एनआरएनएको नेतृत्व हाक्न सक्ने भएको प्रमाणित गर्नुपर्ने औल्याए ।

शर्मालाई समर्थन गर्दै उपाध्यक्षका उम्मेदवार बनेका वर्तमान आइसीसी सचिव मलेसियाका खगेन्द्र न्यौपानले शर्माले पेश गरेको २४ महिना २४ बाचा नै आफ्नो एजेण्डा रहेको र शर्मासहित आफू उपाध्यक्षमा निर्वाचित भएमा त्यसलाई कार्यान्वयन गर्ने बताए ।

वर्तमान उपाध्यक्ष जापानका रोविन्द्र प्रसाद श्रेष्ठ (गोविन्द) ले काम गर्ने व्यक्ति र एजेण्डालाई स्थापित गराउनको लागि आरके शर्मालाई समर्थन गरेर उपाध्यक्षमा उम्मेदवारी दिएको बताए ।

नेदरल्याण्डका शशी पौडेलले एनआरएनए सबै बिचारको संगम भएको भन्दै आरके शर्मा अध्यक्षमा निर्वाचित भएमा मात्र त्यो पूरा हुने हुँदा आफू समर्थन गरेर उपाध्यक्षको उम्मेदवार भएको बताए ।

‘राजनीति गर्ने संस्थाहरु अरु पनि धेरै छन्, म आफू बिचारले कांग्रेस निकट छु,” पौडेलले भने, “शर्माले सारेको एजेण्डाले सबै पक्षलाई बिचारलाई समेटेको छ।”

अष्ट्रेलिया अभिमानसिंह बस्नेतले आफूले अस्ट्रेलियामा सामाजिक कामका योजनासहित समुदायका काम गर्ने योजना अगाडि बढाएको त्यो एजेण्डा आरके शर्माले बोकेको हुँदा समर्थन गर्दै उपाध्यक्षको उम्मेदवार बनेको बताए । उनले १५ लाख डलरमा अस्ट्रेलियामा पशुपतिनाथ र बौद्धस्तुपा बनाउनको लागि योजना अगाडि सारेको पनि जानकारी दिए ।

उपाध्यक्षका अर्का उम्मेदवार राज रेग्मीले शर्माको उम्मेदवारीलाई समर्थन जनाएर उपस्थिति जनाए थिए ।

कतारका अब्दुल बासिदले युवाको प्रतिनिधित्व बढाउने योजना आरके शर्माको रहेको हुँदा देशभित्र आफू शर्मालाई समर्थन गरेर युवा उपाध्यक्षको उम्मेदवार बनेको बताए ।

कतारका प्रविण गुरुङले एनआरएनएलाई समावेशी तथा सम्बृद्ध बनाउने एजेण्डा सहित आरके शर्मा आएको हुँदा उनलाई समर्थन गर्दै उपमहासचिवमा उम्मेदवारी दिन लागेको बताए ।

सचिवका उम्मेदवार बेल्जियमका लोक दाहालले एनआरएनए संस्थामा पारदर्शीता र दोस्रो पुस्तालाई अभियानमा अगाडि बढाउने योजना आरके शर्माले २४ महिना २४ बाचा सहित योजना अगाडि सारेको हुँदा आफूले शर्मालाई समर्थन गरेर सचिवमा उम्मेदवारी दिएको बताए ।

सचिवका उम्मेदवार जापानका टंक गैरेले सानो लगानीमा नेपालमा सानो लगानीमा धेरै योजना बढाउने योजना आरके शर्माले ल्याएको हुँदा आफूले उनलाई समर्थन गरेर सचिवमा उम्मेदवारी दिएको बताए ।

सचिवका उम्मेदवार युएईका मनोजकुमार श्रेष्ठ (गोर्खाली) ले सहमति गैरआवासीय अभियानमा एकताको एजेण्डा आरके शर्माले सारेको हुँदा उनलाई समर्थन गरेर सचिवको उम्मेदवार बनेको बताए ।

सचिवका उम्मेदवार अमेरिकाका आरसी पोखरेलले एनआरएनए सचिवालयको पुनरसंरचनालाई परिवर्तन गर्ने एजेण्डा आरके शर्माले ल्याएको हुँदा शर्मालाई समर्थन गरेर सचिवमा उम्मेदवार बनेको बताए ।

कोषाध्यक्षका उम्मेदवार ठाकुर ढुंगानाले एनआरएनएलाई पारदर्शीता र कोषको आकार बढाउने योजना अन्तर्गत आरके शर्मालाई समर्थन गरेर उम्मेदवारी दिन लागेको बताए ।

महिला संयोजकका उम्मेदवार क्यानडाकी देविका केसीले लोकसंस्कृति अगाडि बढाउन आरके शर्मालाई समर्थन गरेर उम्मेदवारी बनेको बताइन ।

शर्माको टिममा रहने उम्मेदवारहरुलाई समेत परिचय गराइएको छ । जसअनुसार उपाध्यक्ष पदमा खगेन्द्र न्यौपाने, रोविन्द्र प्रसाद श्रेष्ठ गोविन्द, राजु रेग्मी राज, विजय मोक्तान, अभिमानसिंहलगायतका छन ।

 

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Chỉ số an toàn thông tin và tiêu chuẩn kiểm định của Nhà Cái Có Giấy Phép Pagcor
पहाडका पाखामा हरियो क्रान्ति ः सुन्तला, स्याउ र ओखरले फेरिँदैछ ४० हजार परिवारको भविष्य
कृषिमा ऐतिहासिक बजेट २०८३/८४ सार्वजनिक! ५९ अर्बभन्दा बढी बजेट—कृषिमा ठूलो क्रान्ति! अब किसानको जीवन बदलिने संकेत

धेरै पढिएको

  • १.
    Chỉ số an toàn thông tin và tiêu chuẩn kiểm định của Nhà Cái Có Giấy Phép Pagcor

ताजा समाचार

  • १.
    Chỉ số an toàn thông tin và tiêu chuẩn kiểm định của Nhà Cái Có Giấy Phép Pagcor

  • २.
    पहाडका पाखामा हरियो क्रान्ति ः सुन्तला, स्याउ र ओखरले फेरिँदैछ ४० हजार परिवारको भविष्य

  • ३.
    कृषिमा ऐतिहासिक बजेट २०८३/८४ सार्वजनिक! ५९ अर्बभन्दा बढी बजेट—कृषिमा ठूलो क्रान्ति! अब किसानको जीवन बदलिने संकेत

  • ४.
    संविधान संशोधनमा बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्र बहादुर बस्नेतको कृषि तथा आर्थिक विकाससम्बन्धी अवधारणा प्रस्तुत

  • ५.
    अर्बौं सकियो, कृषि आधुनिकीकरण कागजमै ९ वर्षमा न उत्पादन बढ्यो, न रोजगारी — प्रधानमन्त्री कृषि परियोजना असफलताको दलदलमा

  • ६.
    किसानको नाममा ‘परामर्श लुट’ ! कृषिका अर्बौं बजेट कर्मचारी–परामर्शदाता गठजोडमा सकिँदै ?

हाम्रो बारेमा

राष्ट्रिय किसान टेलिभिजन नेटवर्क प्रा.लि. द्वारा संचालित
www.hamrokishantv.com

स्थायी लेखा नं.: 609569986
मुख्य कार्यालय
Balkhu, Kathmandu, Nepal

सम्पर्क नम्बर
9851333100

ईमेल
hamrokishantelevision@gmail.com

हाम्रो टीम

सम्पादक
कामराज पन्त (सुमन)

मार्केटिङ
दुर्गा श्रेष्ठ

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 HamrokishanTv | All rights Reserved.
 Website By :  HamroKishanTv