• समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • कृषि समाचार
  • बैंक/वित्त
  • विचार/ब्लग
  • सफल किसान
  • सहकारी खबर
  • अन्तर्वार्ता
×
बिहिबार, असार २५, २०८३
    • समाचार
    • प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • कृषि समाचार
    • बैंक/वित्त
    • विचार/ब्लग
    • सफल किसान
    • सहकारी खबर
    • अन्तर्वार्ता
  • ☰

गाजाका अस्पतालमा हजारौं बिमारी, इजरायली चेतावनी रोक्नु पर्ने डब्लुएचओको माग

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले गाजाका अस्पतालहरूबाट गम्भीर घाइतेहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्न असम्भव बताएको छ ।

अलजजिराका अनुसार डब्ल्यूएचओले उत्तरी गाजाका अस्पतालहरूबाट सयौं गम्भीर घाइते बिरामीहरूलाई ज्यान जोखिममा नराखी बाहिर निकाल्न असम्भव रहेको बताएको हो ।

इजरायलले गाँजा भुमी छाडन भन्दै २४ घन्टे अल्टिमेटम दिए पछि WHO ले त्यहाँकाे स्वास्थ्य स्थीतिका बारेमा जानकारी दिएकाे हाे ।

प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले डब्ल्यूएचओलाई सूचित गर्‍यो कि गाजाको उत्तरमा रहेका दुई अस्पतालहरूले इजरायली सेनाहरूले भने अनुसार छाडने हो भने गम्भीर घाइते भएका वा जीवन समर्थनमा रहेका बिरामीहरूलाई सार्न प्रयास गरेमा उनीहरुको जीवन ‘तत्काल जोखिममा’ जानेछ ।

‘इजरायलले दिएको २४ घण्टाको अल्टिमेटम १.१ मिलियन प्यालेस्टिनीहरूलाई उत्तरी गाजा छाडन जे भनिएको छ, त्यो तत्काल रोक्नु पर्छ’ डब्ल्यूएचओले भन्यो, ‘एक सामूहिक निकासी विनाशकारी हुनेछ, अस्पतालमा रहेका सयाैं बिरामी, स्वास्थ्यकर्मी र अन्य नागरिकहरूले अस्पताल छाडेर जाने स्थीति छैन, उनीहरुको ज्यान निकै जोखिममा पर्नेछ ।’

‘हजारौं बिरामी र घाइते र अन्य अवस्थाका अस्पतालहरूमा हेरचाह गरिरहेका छन्, त्यहाँ सयौं गम्भीर घाइते छन् र १०० भन्दा बढीलाई गम्भीर हेरचाह आवश्यक छ,’ डब्ल्यूएचओले एक विज्ञप्तिमा भनेको छ, ‘यी बिरामीहरूमध्ये सबैभन्दा गम्भिर बिरामी हुन्।’ उनीहरुलाई अस्पतालबाट लगेको खण्डमा उनीहरुको मृत्यु हुन सक्नेछ ।

‘इजरायलले दिएको समय सीमाले जटिल यातायात, क्षतिग्रस्त सडकहरू र सबै भन्दा मुख्य कुरा यातायातको समयमा सहयोगी हेरचाहको अभावले गाजाका अस्पतालहरूका बिरामीहरूलाई सार्न कठिनाई थप्छ,’ उसको भनाई छ ।

डब्ल्यूएचओले इजरायललाई गाजाको नाकाबन्दी हटाउन र घेरामा परेको प्यालेस्टिनी एन्क्लेभका अस्पतालहरूमा जीवन बचाउनका लागि चिकित्सा आपूर्तिको लागि तुरुन्तै ‘मानवीय कोरिडोर’ स्थापना गर्न आह्वान गरेकाे छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Chỉ số an toàn thông tin và tiêu chuẩn kiểm định của Nhà Cái Có Giấy Phép Pagcor
पहाडका पाखामा हरियो क्रान्ति ः सुन्तला, स्याउ र ओखरले फेरिँदैछ ४० हजार परिवारको भविष्य
कृषिमा ऐतिहासिक बजेट २०८३/८४ सार्वजनिक! ५९ अर्बभन्दा बढी बजेट—कृषिमा ठूलो क्रान्ति! अब किसानको जीवन बदलिने संकेत

धेरै पढिएको

  • १.
    Chỉ số an toàn thông tin và tiêu chuẩn kiểm định của Nhà Cái Có Giấy Phép Pagcor

ताजा समाचार

  • १.
    Chỉ số an toàn thông tin và tiêu chuẩn kiểm định của Nhà Cái Có Giấy Phép Pagcor

  • २.
    पहाडका पाखामा हरियो क्रान्ति ः सुन्तला, स्याउ र ओखरले फेरिँदैछ ४० हजार परिवारको भविष्य

  • ३.
    कृषिमा ऐतिहासिक बजेट २०८३/८४ सार्वजनिक! ५९ अर्बभन्दा बढी बजेट—कृषिमा ठूलो क्रान्ति! अब किसानको जीवन बदलिने संकेत

  • ४.
    संविधान संशोधनमा बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्र बहादुर बस्नेतको कृषि तथा आर्थिक विकाससम्बन्धी अवधारणा प्रस्तुत

  • ५.
    अर्बौं सकियो, कृषि आधुनिकीकरण कागजमै ९ वर्षमा न उत्पादन बढ्यो, न रोजगारी — प्रधानमन्त्री कृषि परियोजना असफलताको दलदलमा

  • ६.
    किसानको नाममा ‘परामर्श लुट’ ! कृषिका अर्बौं बजेट कर्मचारी–परामर्शदाता गठजोडमा सकिँदै ?

हाम्रो बारेमा

राष्ट्रिय किसान टेलिभिजन नेटवर्क प्रा.लि. द्वारा संचालित
www.hamrokishantv.com

स्थायी लेखा नं.: 609569986
मुख्य कार्यालय
Balkhu, Kathmandu, Nepal

सम्पर्क नम्बर
9851333100

ईमेल
hamrokishantelevision@gmail.com

हाम्रो टीम

सम्पादक
कामराज पन्त (सुमन)

मार्केटिङ
दुर्गा श्रेष्ठ

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 HamrokishanTv | All rights Reserved.
 Website By :  HamroKishanTv