• समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • कृषि समाचार
  • बैंक/वित्त
  • विचार/ब्लग
  • सफल किसान
  • सहकारी खबर
  • अन्तर्वार्ता
×
सोमबार, जेठ ११, २०८३
    • समाचार
    • प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • कृषि समाचार
    • बैंक/वित्त
    • विचार/ब्लग
    • सफल किसान
    • सहकारी खबर
    • अन्तर्वार्ता
  • ☰

एक दशकपछि नेपाल टी २० विश्वकपमा

युएईलाई पराजित गर्दै नेपाल सन् २०२४ मा वेस्ट इन्डिज र संयुक्त राज्य अमेरिकामा हुने टि२० विश्वकपमा छनोट भएको छ ।

शुक्रबार माथिल्लो मुलपानी क्रिकेट मैदानमा भएकाे आइसिसी टि२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटको सेमिफाइनलमा युएईलाई ८ विकेटले हराउँदै नेपाल फाइनल प्रवेश गरेसँगै विश्वकपमा छनोट भएको हो ।

जितका लागि युएईको दिएको १३५ रनको मध्यम लक्ष्य नेपालले १७.१ ओभरमा २ विकेट गुमाउँदै पुरा गर्यो ।

नेपालका लागि ओपनर आसिफ शेखले महत्वपूर्ण अर्धशतकिय पारी खेले । उनले ५१ बलमा ६ चौका र २ छक्काको मद्धतमा ६३ रनको योगदान गरे । अर्का ओपनर कुशल भुर्तेल भने २ चौका प्रहार गर्दै ११ रन बनाएर क्याचआउट भए ।

तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका गुल्सान झाले ३ चौकाको मद्धतमा २२ रन बनाए भने कप्तान रोहित पौडेलले २१ बलमा ३ चौका र १ छक्का हान्दै ३५ रन जोडे ।

युएईका लागि निलांस केसवानी र बासिल हमिदले एक एक विकेट लिए ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको युएईले २० ओभरमा ९ विकेट गुमाउँदै १३४ रन बनाएको थियो ।

युएईका लागि वृत्य अरविन्दले अर्धशतकिय पारी खेले । उनले ५१ बलमा ८ चौका र २ छक्काको मद्धतमा ६४ रन जोडे ।

कप्तान मोहम्मद वसीम र खालिद शाहले उत्कृष्ट सुरुवात गरेका थिए । वसीमले १६ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै २६ रनको योगदान गरे । यता, शाह भने ३ रन बनाउँदै रनआउट हुन पुगे ।

यस्तै, आसिफ खानले १३ रन, अलिशान शराफुले १३ रन, अली नसीरले ४ रन, बासिल हमिदले १ रन, आयान अफजल खानले १ रन, जुनैद सिद्दिकीले ३ रन बनाए ।

नेपालका लागि कुशल मल्लले सर्वाधिक तीन विकेट लिए । उनले ३ ओभरमा ११ रन खर्चेर तीन विकेट लिएका हुन् । उनले अन्तिम ओभरमा दुई विकेट लिए ।

सन्दीप लामिछानेले ४ ओभर खेल्दै १४ रन खर्चेर २ विकेटसहित एक मेडन लिए । कप्तान रोहित पौडेल र सोमपाल कामीले समान एक/एक विकेट लिए ।

 

  • विश्वकप क्रिकेट
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
अर्बौं सकियो, कृषि आधुनिकीकरण कागजमै ९ वर्षमा न उत्पादन बढ्यो, न रोजगारी — प्रधानमन्त्री कृषि परियोजना असफलताको दलदलमा
किसानको नाममा ‘परामर्श लुट’ ! कृषिका अर्बौं बजेट कर्मचारी–परामर्शदाता गठजोडमा सकिँदै ?
कृषि अनुदानमा ३२ अर्ब खर्च, एकीकृत अभिलेख नहुँदा वास्तविक किसान मारमा

धेरै पढिएको

  • १.
    अर्बौं सकियो, कृषि आधुनिकीकरण कागजमै ९ वर्षमा न उत्पादन बढ्यो, न रोजगारी — प्रधानमन्त्री कृषि परियोजना असफलताको दलदलमा

  • २.
    किसानको नाममा ‘परामर्श लुट’ ! कृषिका अर्बौं बजेट कर्मचारी–परामर्शदाता गठजोडमा सकिँदै ?

ताजा समाचार

  • १.
    अर्बौं सकियो, कृषि आधुनिकीकरण कागजमै ९ वर्षमा न उत्पादन बढ्यो, न रोजगारी — प्रधानमन्त्री कृषि परियोजना असफलताको दलदलमा

  • २.
    किसानको नाममा ‘परामर्श लुट’ ! कृषिका अर्बौं बजेट कर्मचारी–परामर्शदाता गठजोडमा सकिँदै ?

  • ३.
    कृषि अनुदानमा ३२ अर्ब खर्च, एकीकृत अभिलेख नहुँदा वास्तविक किसान मारमा

  • ४.
    विदेशी मलमा अर्बौं निर्भरता अन्त्य गर्न सरकारको जोड : स्वदेशमै उत्पादनको विकल्प खोजिँदै

  • ५.
    बालेन बजेट : कृषिमा कायापल्ट गर्दे ०८३/८४ को नीति तथा कार्यक्रममा किसान केन्द्रमा : बीमादेखि डिजिटल भुक्तानीसम्म

  • ६.
    मुक्तिनाथ कृषि कम्पनीको चरम लापरबाही: बुटबलमा करोडौंको बधशाला अलपत्र

हाम्रो बारेमा

राष्ट्रिय किसान टेलिभिजन नेटवर्क प्रा.लि. द्वारा संचालित
www.hamrokishantv.com

स्थायी लेखा नं.: 609569986
मुख्य कार्यालय
Balkhu, Kathmandu, Nepal

सम्पर्क नम्बर
9851333100

ईमेल
hamrokishantelevision@gmail.com

हाम्रो टीम

सम्पादक
कामराज पन्त (सुमन)

मार्केटिङ
दुर्गा श्रेष्ठ

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 HamrokishanTv | All rights Reserved.
 Website By :  HamroKishanTv