• समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • कृषि समाचार
  • बैंक/वित्त
  • विचार/ब्लग
  • सफल किसान
  • सहकारी खबर
  • अन्तर्वार्ता
×
बिहिबार, असार २५, २०८३
    • समाचार
    • प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • कृषि समाचार
    • बैंक/वित्त
    • विचार/ब्लग
    • सफल किसान
    • सहकारी खबर
    • अन्तर्वार्ता
  • ☰

एनआरएनए अध्यक्ष शर्मा नेतृत्वको टोलीद्वारा जाजरकोट र रुकुम पश्चिममा राहत वितरण

गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष आरके शर्माले भूकम्प प्रभावितका लागि राहत सामग्री हस्तान्तरण गरेका छन् । मंगलबार शर्मासहित उपाध्यक्ष गंगाधर गौतम, राज रेग्मी, महासचिव बुद्धिसागर सुवेदी, सचिव लोक दाहाल, युरोप संयोजक चिन्तामणि सापकोटा, युरोप महिला संयोजक गीता खनाल, पूर्व अध्यक्ष रविना थापा, पूर्व उपाध्यक्ष नरेन्द्र भाट, अभियन्ता ओम शर्मा, शनिकुमार ओलीले जाजरकोटको नलगाड नगरपालिकालाई हस्तान्तरण गरेका हुन् ।

नलगाड नगरपालिकाका निमित्त प्रकाशकीय अधिकृत बलवीर बिकलाई त्रिपाल ५०० थान, म्याट्रेस २००० मिटर, ब्ल्याङ्केट ७५० थान र चामल ५० बोरा हस्तान्तरण गरिएको अध्यक्ष शर्माले जानकारी दिए । सरकारको एकद्वार नीतिअनुसार एनआरएनएले उक्त स्थानीय तहलाई राहत सामगी हस्तान्तरण गरेको बताइएको छ । उक्त राहत सामग्री स्थानीय तहले आवश्यकताका आधारमा वितरा गर्नेछ । शर्मा नेतृत्वको टोलीले अन्य राहत सामगी रुकुम पश्चिमसहितका भूकम्प प्रभावित क्षेत्रमा बाँड्ने बताइएको छ ।


शर्मा नेतृत्वको एनआरएनएले आइतबार काठमाडौँबाट ट्रकमा लोड गरेर राहत सामग्री प्रभावित क्षेत्रमा पठाएको थियो भने शर्मासहितका एक टोली सोमबार नेपालगन्ज हुँदै प्रभावित क्षेत्रमा पुगेको हो। प्रभावित क्षेत्रमा जाने क्रममा टोलीले सोमबार नै भेरी अञ्चल अस्पतालमा उपचाररत भूकम्पका घाइतेहरुसँग पनि भेटवार्ता गरेको थियो भने केही आर्थिक सहयोग समेत गरेको थियो ।

राहत सामग्री बुझ्दै निमित्त प्रशासकीय अधिकृत बिकले नगरपालिकाका १३ वटै वडामा भूकम्पले क्षति पुर्याएको बताए । नगरपालिकामा अधिकांश घर ढुंगामाटोले बनेको ३५ सयको हाराहारीमा घरधुरी प्रभावित भएको जानकारी दिए । उनका अनुसार नगरपालिकामा घरधुरी संख्या ५ हजार ९९२ रहेकामा त्यसको लगभग ९० प्रतिशत घरहरु बस्न नमिल्नेगरी क्षति भएका छन् ।


‘तत्कालका लागि उद्धारको कार्य सम्पन्न भएको छ । नगरपालिकामा १४ जनाको मृत्यु भयो । ६८ जना घाइते भएका छन्’, उनले भने, ‘अझै पनि ८ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। अब राहतको सवालमा पाल, न्यायो कपडालगायतको आवश्यकता रहेको उनले बताए ।

भूकम्पपछि मोबाइल नेटवर्कको समस्या देखिएको उल्लेख गर्दै बिकले त्यसले पनि राहत वितरणको कार्यमा कठिनाइहरु भएको बताए ।
उनले पुनर्पनिर्माणको चरणमा धेरै सहयोग आवश्यक पर्ने भन्दै त्यसमा एनअराएनएको योगदान हुनेछ भन्ने विश्वास व्यक्त गरे । ‘अहिले जनताहरु बिचलित अवस्थामा हुनुहुन्छ । बालबालिका वृद्धवृद्धा विद्धिप्त अवस्था हुनुहुन्छ’, उनले भने, ‘विशेषगरी पुनर्स्थापनाको कार्यमा सहयोग र सल्लाहसुझावको अपेक्षा गरेका छौँ । काउन्सिलिङको पाटो पनि खाँचो छ ।’

सो अवसरमा महासचिव बुद्धि सुवेदीले तत्काल सहयोगका लागि केही सामग्रीहरु लिएर आएको भन्दै आगामी दिनमा पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । ‘जहाँ बढी चाहिएको छ, उहाँहरुलाई यो राहत दिनुहोला’, उनले भने, ‘दीर्घकालीन रुपमा पुनर्स्थापना र ज्ञान, सिप हस्तान्तरण गर्न एनआरएनए सहयोग गर्न तयार छ । त्यसका लागि हामी सल्लाह गर्दैछौँ ।’


भूकम्पलगत्तै आकस्मिक बैठक बसेर शर्मा नेतृत्वको एनआरएनएले १० करोडको कोष बनाउने निर्णय गरेको थियो । जसअनुसार तत्काल भूकम्प पीडितलाई सघाउने निर्णयअनुसार आरके शर्माले २१ लाख, बुद्धि सुवेदीले १९ लाख, डा केशव पौडेलले १ लाख, ठाकुर ढुंगानाले १७ लाख, अब्दुल बासिदले ५ लाख रुपैयाँ सहयोग गरेका छन् ।

यसैगरी कुल आचार्यले ५ लाख ५५ हजार ५५५, दयानिधि सापकोटाले १ लाख, खगेन्द्र न्यौपानेले ५ लाख ५ हजार, लोक दाहालले ५ लाख, तिलक गैरेले ४० हजार, कृष्णजिवी पन्तले २ लाख १११, गोविन्द श्रेष्ठले ३ लाख, अनुप खनालले ५१ हजार, भवानी तिवारी ५० हजार, सघर्षशिल केसीले ३३ हजार ३३३, चित्र सुवेदीले १ लाख, नारायण आचार्यले ५० हजार, देविका केसीले ५५ हजार ५५५, गंगाधर गौतमले १ लाख, हेम पाण्डेले ७५ हजार,

विजय मोक्तानले ५० हजार, महेन्द्र बस्नेतले ३० हजार, बालकृष्ण मरासिनीले २५ हजार, गंगा भुुषालले ५१ हजार, गीता खनालले ५० हजार र सरिता भण्डारीले ५० हजार १५१ रुपैयाँ सहयोग गरेका छन् ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Chỉ số an toàn thông tin và tiêu chuẩn kiểm định của Nhà Cái Có Giấy Phép Pagcor
पहाडका पाखामा हरियो क्रान्ति ः सुन्तला, स्याउ र ओखरले फेरिँदैछ ४० हजार परिवारको भविष्य
कृषिमा ऐतिहासिक बजेट २०८३/८४ सार्वजनिक! ५९ अर्बभन्दा बढी बजेट—कृषिमा ठूलो क्रान्ति! अब किसानको जीवन बदलिने संकेत

धेरै पढिएको

  • १.
    Chỉ số an toàn thông tin và tiêu chuẩn kiểm định của Nhà Cái Có Giấy Phép Pagcor

ताजा समाचार

  • १.
    Chỉ số an toàn thông tin và tiêu chuẩn kiểm định của Nhà Cái Có Giấy Phép Pagcor

  • २.
    पहाडका पाखामा हरियो क्रान्ति ः सुन्तला, स्याउ र ओखरले फेरिँदैछ ४० हजार परिवारको भविष्य

  • ३.
    कृषिमा ऐतिहासिक बजेट २०८३/८४ सार्वजनिक! ५९ अर्बभन्दा बढी बजेट—कृषिमा ठूलो क्रान्ति! अब किसानको जीवन बदलिने संकेत

  • ४.
    संविधान संशोधनमा बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्र बहादुर बस्नेतको कृषि तथा आर्थिक विकाससम्बन्धी अवधारणा प्रस्तुत

  • ५.
    अर्बौं सकियो, कृषि आधुनिकीकरण कागजमै ९ वर्षमा न उत्पादन बढ्यो, न रोजगारी — प्रधानमन्त्री कृषि परियोजना असफलताको दलदलमा

  • ६.
    किसानको नाममा ‘परामर्श लुट’ ! कृषिका अर्बौं बजेट कर्मचारी–परामर्शदाता गठजोडमा सकिँदै ?

हाम्रो बारेमा

राष्ट्रिय किसान टेलिभिजन नेटवर्क प्रा.लि. द्वारा संचालित
www.hamrokishantv.com

स्थायी लेखा नं.: 609569986
मुख्य कार्यालय
Balkhu, Kathmandu, Nepal

सम्पर्क नम्बर
9851333100

ईमेल
hamrokishantelevision@gmail.com

हाम्रो टीम

सम्पादक
कामराज पन्त (सुमन)

मार्केटिङ
दुर्गा श्रेष्ठ

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 HamrokishanTv | All rights Reserved.
 Website By :  HamroKishanTv