• समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • कृषि समाचार
  • बैंक/वित्त
  • विचार/ब्लग
  • सफल किसान
  • सहकारी खबर
  • अन्तर्वार्ता
×
मङ्गलबार, फागुन ०५, २०८२
    • समाचार
    • प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • कृषि समाचार
    • बैंक/वित्त
    • विचार/ब्लग
    • सफल किसान
    • सहकारी खबर
    • अन्तर्वार्ता
  • ☰

मनाइयो सङ्घीय संसद् सेवा दिवस

काठमाडौँ । विसं २०५८ मा निजामती सेवाबाट अलग भइ स्वायत्त संसद् सेवा गठन भएको स्मरणमा सङ्घीय संसद् सचिवालयले आज सङ्घीय संसद् सेवा दिवस मनाएको छ । सिंहदरबारस्थित सचिवालयका विशेष समारोहका आयोजना गरी दिवस मनाइएको हो ।

नेपालको संविधानको धारा २०७ मा सङ्घीय संसद्को काम कारबाही सञ्चालन तथा व्यवस्थापन गर्न एक सचिवालय रहने र त्यस्तो सचिवालयको स्थापना तथा तत्सम्बन्धी अन्य व्यवस्था सङ्घीय कानुनबमोजिम हुने व्यवस्था छ ।

निजामती सेवा ऐनबाट निकालेर छुट्टै ऐनद्वारा सञ्चालित संसद् सेवा विशिष्ट, स्वायत्त र व्यावसायिक सेवा हो । कार्यक्रममा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सना, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ, विभिन्न राजनीतिक दलका प्रमुख सचेतक, सांसद र कर्मचारीको सहभागिता रहेको थियो । कार्यक्रममा सभामुख घिमिरेले संसद्को प्रभावकारिता बढाउन विगतको समीक्षासहित स्थायी कर्मचारीको गरिमामय भूमिका स्थापित गर्न आवश्यक रहेको बताए ।

उनले आफूहरु कर्मचारीको क्षमता र सक्रियतामा निहीत हुने जनाउँदै संसद्लाई आवश्यक पर्ने जनशक्ति, सूचना, प्रविधि, भौतिक सामग्रीलगायत उपलब्ध गराउनु सङ्घीय संसद् सचिवालयको कार्य भएको उल्लेख गरे । संसद् सेवाको विशिष्ट कार्य प्रणालीले विधायिकी कार्य र संसदीय कामकारबाहीमा अविच्छिन्न सहयोग पुगेको उनको भनाइ छ ।

सभामुख घिमिरेले स्थायी सरकारको रुपमा रहेका कर्मचारी वर्गको वृत्ति विकास, विशेषज्ञता र मितव्ययी आचरण आजको दिनमा अपेक्षित रहेको उल्लेख गरे ।

अध्यक्ष तिमिल्सिनाले सरकारले संसदलाई सीमा तोकेर नभइ मागका आधारमा बजेट निर्धारण गर्नुपर्ने बताए । सो अवसरमा मन्त्री गुरुङले संसद्का कर्मचारीको सुविधा वृद्धि गर्न प्रधानमन्त्री र अर्थमन्त्रीसँग कुरा गर्ने विश्वास दिलाए । उपसभामुख इन्दिरा रानाले कर्मचारीलाई विभेदरहित सुविधा दिलाउन पहल गर्नुपर्ने बताए ।

राष्ट्रिय सभाका उपाध्यक्ष उर्मिला अर्यालले वृत्ति विकासमा सचिवालयका कर्मचारीलाई प्रश्रय दिनुपर्नेमा जोड दिए । मुख्य सचिव डा बैकुण्ठप्रसाद अर्यालले सरकारका काममा सघाउन र अनुगमन गर्न सचिवालयका कर्मचारीको भूमिका सक्रिय रहेको बताए ।

सचिवालयका आधिकारिक कर्मचारी युनियनका अध्यक्ष गोविन्द बेल्वासे जैसीले दिवसको केही दिनअघि महासचिवको राजीनामा आउनु र नयाँ नियुक्तिमा सचिवालयका लामो समय काम गरेकालाई प्राथमिकता नदिइएको गुनासो गरे । कार्यक्रममा दीर्घ सेवा पदक र खेलकुद प्रतियोगितामा विजयीलाई पुरस्कार प्रदान गरिएको थियो । सो अवरमा सचिवालयका कार्यबाहक महासचिव पदमप्रसाद पाण्डेयले उत्कृष्ट हुने कर्मचारीको नाम घोषणा गरेका थिए ।

 

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Đầu Đít Câm Đánh Con Gì? Gợi Ý Chuẩn Xác Cho Bet Thủ FUN88

Tiến độ & quy mô tòa tháp đôi 40 tầng trong Marina Bayfront District

Review chi tiết: Nhà Cái Uy Tín 2025 có đáng để đầu tư thời gian?

धेरै पढिएको

ताजा समाचार

  • १.
    Đầu Đít Câm Đánh Con Gì? Gợi Ý Chuẩn Xác Cho Bet Thủ FUN88

  • २.

    Tiến độ & quy mô tòa tháp đôi 40 tầng trong Marina Bayfront District


  • ३.
    Review chi tiết: Nhà Cái Uy Tín 2025 có đáng để đầu tư thời gian?

  • ४.
    तरकारी र फलफूलको भन्सार बिन्दुमै अनिवार्य विषादी परीक्षण गर्न सर्वोच्चको परमादेश

  • ५.
    Chung Cư Sun Elite City Hạ Long Ngôi Nhà Nghỉ Dưỡng Trọn Vẹn Nhất

  • ६.
    रासायनिक मलमा अब ‘अनलाइन सिस्टम’ बाट ल्याइने कृषिमन्त्री डा. पमदन परियारको तयारी

हाम्रो बारेमा

राष्ट्रिय किसान टेलिभिजन नेटवर्क प्रा.लि. द्वारा संचालित
www.hamrokishantv.com

स्थायी लेखा नं.: 609569986
मुख्य कार्यालय
Balkhu, Kathmandu, Nepal

सम्पर्क नम्बर
9851333100

ईमेल
hamrokishantelevision@gmail.com

हाम्रो टीम

सम्पादक
कामराज पन्त (सुमन)

मार्केटिङ
दुर्गा श्रेष्ठ

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 HamrokishanTv | All rights Reserved.
 Website By :  HamroKishanTv