• समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • कृषि समाचार
  • बैंक/वित्त
  • विचार/ब्लग
  • सफल किसान
  • सहकारी खबर
  • अन्तर्वार्ता
×
सोमबार, फागुन ०४, २०८२
    • समाचार
    • प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • कृषि समाचार
    • बैंक/वित्त
    • विचार/ब्लग
    • सफल किसान
    • सहकारी खबर
    • अन्तर्वार्ता
  • ☰

चिसोका कारण जाजरकोटमा सुत्केरीको मृत्यु

जाजरकोट । जाजरकोटमा चिसोका कारण एक भूकम्प पीडित सुत्केरीको मृत्यु भएको छ । जिल्लाको कुशे गाउँपालिका ९, चौराठाकी २४ वर्षीया सुत्केरी कल्पना नेपालीको मृत्यु भएको हो । जाजरकोटमा गएको विनाशकारी भूकम्पपछि उनको परिवार त्रिपालमा बस्दै आएको थियो।

कमजोर आर्थिक अवस्थाका कारण १७ मंसिरमा सुत्केरी भएकी उनलाई परिवारले उनलाई त्रिपालबाट सुरक्षित ओत्मा सार्न सकेको थिएन । चिसो र त्यहीकारण भएको संक्रमणको उपचार नपाएका कारण कल्पनाको मृत्यु भएको गाउँपालिकाकी उपाध्यक्ष देविका शाहले बताइन् । ‘चिसोले उनको शरीर सुन्निएको थियो । उनी बिरामी थिइन् । परिवारले समयमा उपचार पनि गर्न सकेन,’ उनले भनिन् ।

स्थानीयका अनुसार घरबास कार्यक्रमबाट सानो घर बनाएका उनको परिवार भूकम्पका कारण त्रिपालमा पुगेको थियो । गरिब दलित परिवारका उनीहरूलाई साँझ विहानको छाक टार्नै धौ-धौ पर्ने अवस्था छ, त्यहीकारण सुत्केरी हुँदा पनि परिवारले राम्रो उपचारको प्रबन्ध गर्न सकेको थिएन ।

भूकम्पपछि चिसोका कारण जाजरकोटमा मात्रै तीन बालबालिकासहित २९ जनाको मृत्यु भइसकेको छ भने रुकुमपश्चिममा अन्य ५ जनाको ज्यान गएको छ ।

यता जिल्ला प्रहरी कार्यालयले भने त्यसबारे जानकारी नआएको जनाएको छ । ‘भूकम्पले मान्छेहरू त्रिपालमा बस्नुपर्ने अवस्था छ । चिसो पनि छ, तर त्यस्तो मृत्यु भएको कुरा हामीलाई खबर आएको छैन,’ जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक माधव बीसीले भने, ‘हामी कहाँ जाहेर भयो भने पोष्टमार्टम गर्नुपर्ने हुन्छ । मुद्धा प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ । त्यसकारण पनि मान्छेहरूलाई प्रहरीलाई खबर गर्दैनन्, त्यस्तो भएका हुन पनि सक्छ ।’

  • मृत्यु
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Đầu Đít Câm Đánh Con Gì? Gợi Ý Chuẩn Xác Cho Bet Thủ FUN88

Tiến độ & quy mô tòa tháp đôi 40 tầng trong Marina Bayfront District

Review chi tiết: Nhà Cái Uy Tín 2025 có đáng để đầu tư thời gian?

धेरै पढिएको

ताजा समाचार

  • १.
    Đầu Đít Câm Đánh Con Gì? Gợi Ý Chuẩn Xác Cho Bet Thủ FUN88

  • २.

    Tiến độ & quy mô tòa tháp đôi 40 tầng trong Marina Bayfront District


  • ३.
    Review chi tiết: Nhà Cái Uy Tín 2025 có đáng để đầu tư thời gian?

  • ४.
    तरकारी र फलफूलको भन्सार बिन्दुमै अनिवार्य विषादी परीक्षण गर्न सर्वोच्चको परमादेश

  • ५.
    Chung Cư Sun Elite City Hạ Long Ngôi Nhà Nghỉ Dưỡng Trọn Vẹn Nhất

  • ६.
    रासायनिक मलमा अब ‘अनलाइन सिस्टम’ बाट ल्याइने कृषिमन्त्री डा. पमदन परियारको तयारी

हाम्रो बारेमा

राष्ट्रिय किसान टेलिभिजन नेटवर्क प्रा.लि. द्वारा संचालित
www.hamrokishantv.com

स्थायी लेखा नं.: 609569986
मुख्य कार्यालय
Balkhu, Kathmandu, Nepal

सम्पर्क नम्बर
9851333100

ईमेल
hamrokishantelevision@gmail.com

हाम्रो टीम

सम्पादक
कामराज पन्त (सुमन)

मार्केटिङ
दुर्गा श्रेष्ठ

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 HamrokishanTv | All rights Reserved.
 Website By :  HamroKishanTv