भृकुटी न्यूज,काठमाडौं। नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ।बैठक अहिले ३ बजेबाट बस्ने एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।
श्रोतका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार विश्वासको मत लिने सन्दर्भमा एमालेले दलको बैठक बोलाएको बुझिएको छ । प्रचण्डसँगको गठबन्धन प्रति असन्तुष्ट एमाले सांसदहरुले फ्लोर क्रस गर्ने चेतावनी दिए पछि ओलीले नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बैठक बोलाएका छन् ।
दलको बैठकमा एमाले अध्यक्ष समेत रहेका दलका नेता केपी शर्मा ओलीले सांसदहरुलाई सरकारको पक्षमा मतदान गर्न ह्वीप लगाउने तयारी गरेको श्रोतले बताएको छ।