• समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • कृषि समाचार
  • बैंक/वित्त
  • विचार/ब्लग
  • सफल किसान
  • सहकारी खबर
  • अन्तर्वार्ता
×
शनिबार, असार ०७, २०८२
    • समाचार
    • प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • कृषि समाचार
    • बैंक/वित्त
    • विचार/ब्लग
    • सफल किसान
    • सहकारी खबर
    • अन्तर्वार्ता
  • ☰

कांग्रेस नेता भण्डारीको सफल शल्यक्रिया

नेपाली कांग्रेसका नेता तथा सांसद डा.चन्द्र भण्डारीको सफल शल्यक्रिया गरिएको छ ।

करिब छ महिना पहिले बुद्धनगरस्थित आफ्नो घरको भान्साकोठामा ग्यास चुहिएका कारण लागेको आगालागीमा परी घाइते भएका उनको आज कीर्तिपुरस्थित बर्न सेन्टरमा पाँच घण्टा लगाएर हात र पछाडिको भागको शल्यक्रिया गरिएको हो ।

अस्पतालका प्लाष्टिक सर्जन प्रा। डा। शङ्करमान राईले पूर्वनिर्धारित उपचार प्रक्रियाअनुसार नै उनको शल्यक्रिया गरिएको जानकारी दिए । उनको शल्यक्रियाका लागि क्यानडाबाट अमेरिकी मूलका चिकित्सक डा. तिम स्प्रौलसमेत आफ्नै खर्चमा नेपाल आएका थिए ।

नेता डा। भण्डारीको सर्जरीका लागि प्रा। डा. विडी झाको संयोजकत्वमा विशेषज्ञ टोली गठन गरी उपचार सर्जरी प्रक्रिया अगाडि बढाइएको थियो । विशेषज्ञ टोलीमा डा प्रदीपराज भण्डारी, डा। तिम स्प्रौल, प्रा। डा. शङ्करमान राई, डा. किरण नकर्मी, डा. विशाल कार्की, डा. अनुप सुवेदी, डा। प्रविण गिरी, डा. प्रज्वल श्रेष्ठ, नर्सिङ सुपरभाइजर सुष्मा डङ्गोल र ह्याण्ड थेरापिष्ट मोहनकृष्ण डङ्गोल रहेका थिए ।

सांसद भण्डारी निकट कांग्रेस नेता माधव न्यौपानेले भण्डारीको पाँच घण्टा लगाएर सफल शल्यक्रिया सम्पन्न भएको र अहिले उनलाई होस् आएको बताए । नेता भण्डारीलाई अहिले सघन उपचारकक्षमा राखिएको छ ।

गत फागुन ३ गते राति आगलागीमा पर्नुभएका सांसद डा.भण्डारीको सुरुमा कीर्तिपुर बर्न सेन्टरमै उपचार गरी थप उपचार भारतको मुम्बइमा रहेको नेसनल बर्न सेन्टरमा गराइएको थियो । भारतमा ७३ दिन उपचार गराएर फर्किएपछि उनको गत वैशाख १९ गतेदेखि काठमाडौंको पुरानो बानेश्वरमा रहेको फ्रन्टलाइन अस्पतालमा उपचार भइरहेको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कृषियोग्य जमिनलाई गैरकृषिमा परिणत गर्न नमिल्ने गरी विशेष कानुन तर्जुका लागि सिफरिस
    गभर्नरको उम्मेदवार बन्न बैंकबाट राजीनामा दिएको हुँ– ज्ञानेन्द्र प्रसाद ढुंगाना

    धेरै पढिएको

    ताजा समाचार

    • १.
      कृषियोग्य जमिनलाई गैरकृषिमा परिणत गर्न नमिल्ने गरी विशेष कानुन तर्जुका लागि सिफरिस

    • २.
      कृषिमा यान्त्रिकीकरणः खेती गर्न सहज, उत्पादनमा पनि वृद्धि

    • ३.

    • ४.
      एनएमबी बैंकले माग्यो २० जना ‘म्यानेजमेन्ट ट्रेनी’

    • ५.
      गभर्नरको उम्मेदवार बन्न बैंकबाट राजीनामा दिएको हुँ– ज्ञानेन्द्र प्रसाद ढुंगाना

    • ६.
      चियाको पहिलो टिपाइ सुरु

    हाम्रो बारेमा

    राष्ट्रिय किसान टेलिभिजन नेटवर्क प्रा.लि. द्वारा संचालित
    www.hamrokishantv.com

    स्थायी लेखा नं.: 609569986
    मुख्य कार्यालय
    Balkhu, Kathmandu, Nepal

    सम्पर्क नम्बर
    9851333100

    ईमेल
    hamrokishantelevision@gmail.com

    हाम्रो टीम

    सम्पादक
    कामराज पन्त (सुमन)

    मार्केटिङ
    दुर्गा श्रेष्ठ

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • हाम्रो टीम
    • सम्पर्क
    • विज्ञापन
    • Preeti to Unicode
    • Unicode to Preeti
    Copyright ©2025 HamrokishanTv | All rights Reserved.
     Website By :  HamroKishanTv