• समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • कृषि समाचार
  • बैंक/वित्त
  • विचार/ब्लग
  • सफल किसान
  • सहकारी खबर
  • अन्तर्वार्ता
×
शनिबार, असार १३, २०८३
    • समाचार
    • प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • कृषि समाचार
    • बैंक/वित्त
    • विचार/ब्लग
    • सफल किसान
    • सहकारी खबर
    • अन्तर्वार्ता
  • ☰

दिउँसो सुत्ने बानी छ ? यो बानीले स्वास्थ्यमा यस्तो परिवर्तन ल्याउन सक्छ, जान्नुहोस्

काठमाडौँ । हामीले सुने र देखेअनुसार प्राय मानिसहरु बेलुका सुत्छन् । तर केही मानिस भने दिउँसो पनि सुत्ने बानी रहेको हुन्छ । कसैको बिहानको खाना खाइसकेपछी होस् या खाना खाइसकेपछी सुत्ने बानी हुन्छ । बिरामी पर्दा बाहेकको समयमा पनि कोही दिउसो सुत्ने नै गर्छन् । तर हाम्रो समाजमा दिउँसो सुत्नुलाई खासै राम्रो मानेको पाइँदैन । दिउँसो सुत्ने बानी भएका मानिसहरुलाई दिउँसो थकान महसुस हुन्छ र निन्द्रा लाग्न थाल्छ। दिउँसो सुत्ने मानिसहरुलाई धेरैले अल्छीको संज्ञा दिन्छन्। त्यस्तै दिउँसो सुत्ने बानीलाई लिएर हरेकको मनमा दिँउसोको निन्द्रा राम्रो हो कि होइन भन्ने प्रश्न उठ्छ।

यदि तपाईं पनि आफ्नो दिउँसो सुत्ने बानीबाट चिन्तित हुनुहुन्छ भने अब चिन्ता लिनु पर्दैन । दिउँसो सुत्नु नराम्रो बानी होइन बरु धेरै राम्रो बानी भएको एक अनुसन्धानले देखाएको छ । दिउँसो सुत्नुलाई अल्छी हुन्छ र रोगी हुन्छ भन्ने बुझिएको हुन्छ । तर अनुसन्धानले दिउँसो सुत्दा अल्छी हुने होइन बरु ताजगी महसुस हुन्छ। रोग प्रतिरोधात्मक क्षमतामा समेत वृद्धि हुन्छ भनेको छ ।

यस्ता छन् दिँउसो सुत्ने बानीसँग जोडिएका तथ्यहरुः

सुत्नाले अल्छीपना भगाउँछ

दिउसो सुत्न ठिक कि बेठिक भनी दिउँसो सुत्ने मानिसहरु माथि युनिभर्सिटी अफ पेन्सिलभेनियाका शोधकर्ताले गरेको एक शोधमा यो बानीले अल्छीपना भगाउने तथ्य पत्ता लगाएको बताएको छ । शोधको नेतृत्व गरेका मासाइकोलोजीका असिस्टेन्ट प्रोफेसर फिलिपका अनुसार यसले अल्छीपना टाढा गर्नेमात्रै नभई मानिसको समग्र कार्यक्षमता र रोग प्रतिरोधक क्षमता पनि मजबुत बनाउँछ।

मुटु रोग लाग्ने खतरा कम हुन्छ

असिस्टेन्ट प्रोफेसर फिलिपका अनुसार जो मानिस दिउँसोको समयमा सुत्छन् उनीहरुमा मुटु रोग लाग्ने खतरा अन्य मानिसहरुको तुलनामा कम हुन्छ। तर व्यायम गरेको २ घण्टासम्म भने सुत्नु हँदैन । दिउँसो सुत्ने मानिसहरुमाथि भएको एक शोधमा वर्क आउटपछि तुरुन्त सुत्नु राम्रो कुरा नभएको कुरा पनि आएको छ । किनभने व्यायामपछि दिमागले तिव्र रुपमा काम गर्न थाल्छ। जस कारण निद्रा र थकान महसुस हुन्छ तर स्वस्थ रहनको लागि व्यायाम गरेको कम्तीमा २ घन्टापछि सुत्नुपर्दछ। यदि दिँउसोको समयमा निन्द्रा महसुस भइरहेको छैन भने सुत्नु हुँदैन। यसले कुनै फाइदा मिल्दैन त्यसैले यो कुरालाई सँधै ध्यान दिनुहोस्।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
पालुंगो सागमा भेटियो अत्यधिक विषादी
भारती मानन्धरले गरिन बिष सेवन,भेरीमा अस्पतालमा उपचार हुँदै
बागलुङमा कोदोको बिस्कुट उत्पादन सुरु

धेरै पढिएको

ताजा समाचार

  • १.
    पहाडका पाखामा हरियो क्रान्ति ः सुन्तला, स्याउ र ओखरले फेरिँदैछ ४० हजार परिवारको भविष्य

  • २.
    कृषिमा ऐतिहासिक बजेट २०८३/८४ सार्वजनिक! ५९ अर्बभन्दा बढी बजेट—कृषिमा ठूलो क्रान्ति! अब किसानको जीवन बदलिने संकेत

  • ३.
    संविधान संशोधनमा बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्र बहादुर बस्नेतको कृषि तथा आर्थिक विकाससम्बन्धी अवधारणा प्रस्तुत

  • ४.
    अर्बौं सकियो, कृषि आधुनिकीकरण कागजमै ९ वर्षमा न उत्पादन बढ्यो, न रोजगारी — प्रधानमन्त्री कृषि परियोजना असफलताको दलदलमा

  • ५.
    किसानको नाममा ‘परामर्श लुट’ ! कृषिका अर्बौं बजेट कर्मचारी–परामर्शदाता गठजोडमा सकिँदै ?

  • ६.
    कृषि अनुदानमा ३२ अर्ब खर्च, एकीकृत अभिलेख नहुँदा वास्तविक किसान मारमा

हाम्रो बारेमा

राष्ट्रिय किसान टेलिभिजन नेटवर्क प्रा.लि. द्वारा संचालित
www.hamrokishantv.com

स्थायी लेखा नं.: 609569986
मुख्य कार्यालय
Balkhu, Kathmandu, Nepal

सम्पर्क नम्बर
9851333100

ईमेल
hamrokishantelevision@gmail.com

हाम्रो टीम

सम्पादक
कामराज पन्त (सुमन)

मार्केटिङ
दुर्गा श्रेष्ठ

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 HamrokishanTv | All rights Reserved.
 Website By :  HamroKishanTv