• समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • कृषि समाचार
  • बैंक/वित्त
  • विचार/ब्लग
  • सफल किसान
  • सहकारी खबर
  • अन्तर्वार्ता
×
बुधबार, असार ०४, २०८२
    • समाचार
    • प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • कृषि समाचार
    • बैंक/वित्त
    • विचार/ब्लग
    • सफल किसान
    • सहकारी खबर
    • अन्तर्वार्ता
  • ☰

नेपाल प्रहरीमा चार दिनको अवधिमा २ सय ८६ जना प्रहरी कर्मचारीहरूको बढुवा सिफारिस

नेपाल प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीको प्रशासन तथा प्राविधिक समूहका विभिन्न उप-समूहतर्फका विभिन्न दर्जाहरूमा गरी जम्मा २ सय ८६ जनाको बढुवा सिफारिस सूची प्रकाशन गरेको छ ।

यही साउन ४ देखि ७ गतेसम्म चार दिनको छोटो अवधिमा जनपद समूहतर्फका २ वटा पद र प्राविधिक तर्फका विभिन्न २२ वटा पद गरी जम्मा २४ वटा पदमा २ सय ८६ जनाको बढुवाका लागि सिफारिस सूची प्रकाशन गरिएको हो ।


नेपाल प्रहरीले प्रहरी कर्मचारीहरूको जेष्ठता, उत्कृष्टता, कार्यक्षमता मूल्याङ्कन, भौगोलिक क्षेत्रमा काम गरेको अनुभव लगायत प्रहरी संगठनको नीतिअनुरूप तोकिएको मापदण्डको आधारमा निष्पक्ष एवं पारदर्शी रूपमा बढुवा सिफारिस गरेको हो ।


बढुवा सिफारिस हुनेहरूमध्ये नेपाल प्रहरी अस्पताल चिकित्सकतर्फ १४ जना, सूचना प्रविधि कम्प्युटरतर्फ १ जना र सञ्चारतर्फ १ जना गरी जम्मा १६ जनालाई प्रहरी निरीक्षक पदबाट प्रहरी नायव उपरीक्षक पदमा बढुवाका लागि सिफारिस गरिएको छ । त्यसैगरी जनपद प्रहरी समूह प्रशासनतर्फ प्रहरी वरिष्ठ नायव निरीक्षक पदबाट प्रहरी निरीक्षक पदमा ६४ जनालाई सिफारिस गरिएको छ । साथै प्राविधिक प्रहरी समूहतर्फको सूचना प्रविधिरकम्प्यूटरतर्फ २ जना, स्वास्थ्य उप९समूह प्यारामेडिक्सतर्फ १ जना, नर्सिङतर्फ १ जना, ईन्जिनियरिङ उप९समूह अवास तथा भौतिक ईन्जिनियरिङतर्फ २ जना, सञ्चारतर्फ २ जना गरी जम्मा ८ जना प्रहरी वरिष्ठ नायव निरीक्षक पदबाट प्रहरी निरीक्षक पदमा बढुवा सिफारिस भएका छन् ।


त्यसैगरी जनपद समूहतर्फ जम्मा १ सय २२ जना प्रहरी नायव निरीक्षकहरू प्रहरी वरिष्ठ नायव निरीक्षक पदमा बढुवाका लागि सिफारीस भएका छन् भने प्राविधिक प्रहरी समूह ईन्जिनियरिङ उपसमूह आवास तथा भौतिक ईन्जिनियरिङतर्फ १ जना र सूचना प्रविधिरकम्प्यूटरतर्फ ६ जना गरी जम्मा ७ जना प्रहरी नायव निरीक्षक पदबाट प्रहरी वरीष्ठ नायव निरीक्षक पदमा बढुवा सिफारिस भएका छन् ।


त्यसैगरी प्राविधिक प्रहरी समूहकै प्रहरी सहायक निरीक्षक पदबाट प्रहरी नायव निरीक्षक पदमा स्वास्थ्य तर्फको प्यारामेडिक्समा १ जना, संगीततर्फ ६ जना, केनाईनतर्फ ७ जना र मेकानिकल ईन्जिनियरिङ तथा सवारीतर्फ २ जना, सूचना प्रविधिरकम्प्यूटरतर्फ ७ जना समेत गरी जम्मा २३ जना प्रहरी सहायक निरीक्षक पदबाट प्रहरी नायव निरीक्षक पदमा बढुवा सिफारिस भएका छन् ।


त्यसैगरी प्राविधिक प्रहरी समूह केनाईनतर्फ ५ जना र संगीततर्फ ७ जना गरी जम्मा १२ जना प्रहरी वरिष्ठ हवल्दार पदबाट प्रहरी सहायक निरीक्षक पदमा बढुवा सिफारिस भएका छन् ।

प्राविधिक प्रहरी समूहकै प्यारामेडिक्सतर्फ १३ जना, सवारीतर्फ १३ जना, सूचना प्रविधिरकम्प्युटरतर्फ ६ जना र हातहतियारतर्फको १ जना गरी जम्मा ३३ जना प्रहरी हवल्दार पदबाट प्रहरी वरिष्ठ हवल्दार पदमा बढुवाका लागि सिफारिस भएका छन् भने प्राविधिक प्रहरी समूहतर्फ आवास तथा भौतिक ईन्जिनियरिङतर्फ १ जना प्रहरी जवानबाट प्रहरी सहायक हवल्दार पदमा सिफारिस भएका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कृषियोग्य जमिनलाई गैरकृषिमा परिणत गर्न नमिल्ने गरी विशेष कानुन तर्जुका लागि सिफरिस
    गभर्नरको उम्मेदवार बन्न बैंकबाट राजीनामा दिएको हुँ– ज्ञानेन्द्र प्रसाद ढुंगाना

    धेरै पढिएको

    ताजा समाचार

    • १.
      कृषियोग्य जमिनलाई गैरकृषिमा परिणत गर्न नमिल्ने गरी विशेष कानुन तर्जुका लागि सिफरिस

    • २.
      कृषिमा यान्त्रिकीकरणः खेती गर्न सहज, उत्पादनमा पनि वृद्धि

    • ३.

    • ४.
      एनएमबी बैंकले माग्यो २० जना ‘म्यानेजमेन्ट ट्रेनी’

    • ५.
      गभर्नरको उम्मेदवार बन्न बैंकबाट राजीनामा दिएको हुँ– ज्ञानेन्द्र प्रसाद ढुंगाना

    • ६.
      चियाको पहिलो टिपाइ सुरु

    हाम्रो बारेमा

    राष्ट्रिय किसान टेलिभिजन नेटवर्क प्रा.लि. द्वारा संचालित
    www.hamrokishantv.com

    स्थायी लेखा नं.: 609569986
    मुख्य कार्यालय
    Balkhu, Kathmandu, Nepal

    सम्पर्क नम्बर
    9851333100

    ईमेल
    hamrokishantelevision@gmail.com

    हाम्रो टीम

    सम्पादक
    कामराज पन्त (सुमन)

    मार्केटिङ
    दुर्गा श्रेष्ठ

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • हाम्रो टीम
    • सम्पर्क
    • विज्ञापन
    • Preeti to Unicode
    • Unicode to Preeti
    Copyright ©2025 HamrokishanTv | All rights Reserved.
     Website By :  HamroKishanTv