• समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • कृषि समाचार
  • बैंक/वित्त
  • विचार/ब्लग
  • सफल किसान
  • सहकारी खबर
  • अन्तर्वार्ता
×
आइतबार, जेठ १७, २०८३
    • समाचार
    • प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • कृषि समाचार
    • बैंक/वित्त
    • विचार/ब्लग
    • सफल किसान
    • सहकारी खबर
    • अन्तर्वार्ता
  • ☰

सिमलखेतमा स्वरोजगारको उज्यालो: बाख्रा–कुखुरापालन तालिमले दलित समुदायमा आशा जगाउँदै

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० सिमलखेतमा विपन्न दलित समुदायलाई आत्मनिर्भर बनाउने उद्देश्यले सुरु गरिएको तालिम कार्यक्रमले स्थानीयमा नयाँ उत्साह ल्याएको छ।

सुदूरपश्चिम प्रदेशअन्तर्गत सामाजिक विकास कार्यालय कञ्चनपुरको चालु आर्थिक वर्षको कार्यक्रमअनुसार २५ जना दलित समुदायका सहभागीलाई बाख्रा तथा कुखुरापालनसम्बन्धी सातदिने व्यावहारिक तालिम दिइँदैछ।

तालिमको मुख्य लक्ष्य सहभागीलाई केवल सीप सिकाउनु मात्र नभई उनीहरूलाई स्वरोजगारतर्फ उन्मुख गराउँदै आर्थिक जीवनस्तर उकास्नु रहेको कार्यालयले जनाएको छ।

कार्यालय प्रमुख भीमबहादुर बुढाका अनुसार कार्यक्रमले विपन्न समुदायलाई “सीपसँगै आम्दानी” जोड्ने अवसर प्रदान गर्नेछ। उनका शब्दमा, “विज्ञ प्रशिक्षकमार्फत व्यवहारिक तालिम दिइँदैछ, जसले सहभागीलाई सानो लगानीमै व्यवसाय सुरु गर्न सक्षम बनाउनेछ।”

वडा कार्यालयको समन्वयमा अतिविपन्न दलित परिवार छनोट गरी तालिममा सहभागी गराइएको हो। कार्यक्रमले ग्रामीण स्तरमै रोजगारी र आयआर्जनका सम्भावना विस्तार गर्ने अपेक्षा गरिएको छ।

स्थानीयस्तरमै सुरु गरिएको यस्तो पहलले दीर्घकालीन रूपमा समुदायको आर्थिक अवस्थामा सकारात्मक परिवर्तन ल्याउने विश्वास सरोकारवालाले व्यक्त गरेका छन्।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
पहाडका पाखामा हरियो क्रान्ति ः सुन्तला, स्याउ र ओखरले फेरिँदैछ ४० हजार परिवारको भविष्य
कृषिमा ऐतिहासिक बजेट २०८३/८४ सार्वजनिक! ५९ अर्बभन्दा बढी बजेट—कृषिमा ठूलो क्रान्ति! अब किसानको जीवन बदलिने संकेत
संविधान संशोधनमा बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्र बहादुर बस्नेतको कृषि तथा आर्थिक विकाससम्बन्धी अवधारणा प्रस्तुत

धेरै पढिएको

  • १.
    पहाडका पाखामा हरियो क्रान्ति ः सुन्तला, स्याउ र ओखरले फेरिँदैछ ४० हजार परिवारको भविष्य

  • २.
    संविधान संशोधनमा बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्र बहादुर बस्नेतको कृषि तथा आर्थिक विकाससम्बन्धी अवधारणा प्रस्तुत

  • ३.
    कृषिमा ऐतिहासिक बजेट २०८३/८४ सार्वजनिक! ५९ अर्बभन्दा बढी बजेट—कृषिमा ठूलो क्रान्ति! अब किसानको जीवन बदलिने संकेत

ताजा समाचार

  • ४.
    अर्बौं सकियो, कृषि आधुनिकीकरण कागजमै ९ वर्षमा न उत्पादन बढ्यो, न रोजगारी — प्रधानमन्त्री कृषि परियोजना असफलताको दलदलमा

  • ५.
    किसानको नाममा ‘परामर्श लुट’ ! कृषिका अर्बौं बजेट कर्मचारी–परामर्शदाता गठजोडमा सकिँदै ?

  • ६.
    कृषि अनुदानमा ३२ अर्ब खर्च, एकीकृत अभिलेख नहुँदा वास्तविक किसान मारमा

हाम्रो बारेमा

राष्ट्रिय किसान टेलिभिजन नेटवर्क प्रा.लि. द्वारा संचालित
www.hamrokishantv.com

स्थायी लेखा नं.: 609569986
मुख्य कार्यालय
Balkhu, Kathmandu, Nepal

सम्पर्क नम्बर
9851333100

ईमेल
hamrokishantelevision@gmail.com

हाम्रो टीम

सम्पादक
कामराज पन्त (सुमन)

मार्केटिङ
दुर्गा श्रेष्ठ

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 HamrokishanTv | All rights Reserved.
 Website By :  HamroKishanTv