• समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • कृषि समाचार
  • बैंक/वित्त
  • विचार/ब्लग
  • सफल किसान
  • सहकारी खबर
  • अन्तर्वार्ता
×
मङ्गलबार, असार २३, २०८३
    • समाचार
    • प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • कृषि समाचार
    • बैंक/वित्त
    • विचार/ब्लग
    • सफल किसान
    • सहकारी खबर
    • अन्तर्वार्ता
  • ☰

अध्यक्षका कारण सिद्धलेक गाउँपालिकामा टिक्दैनन् कर्मचारी

धादिङ – जिल्लाको सिद्धलेक गाउँपालिकामा परशुराम खतिवडा अध्यक्ष निर्वाचित् भएर आएपछी प्रमुख प्रशासकिय अधिकृतहरु टिक्नै सकेका छैनन् । खतिवडा निर्वाचित् भएर आएको दुई वर्ष नपुग्दै हालसम्म ५ जना प्रमुख प्रशासकिय अधिकृतहरुले गाउँपालिका छाडीसकेका छन् ।

गाउँपालिका कार्यालय छाडेका प्रमुख प्रशासकिय अधिकृतहरुले गाउँपालिका अध्यक्षलाई दोश देखाउने गरेका छन् । उनिहरुले अध्यक्ष खतिवडाले कर्मचारीहरुलाई जवरजस्त रुपमा अवैधानिक कार्य गर्न लगाउने गरेको आरोप लगाएका छन् ।

त्यस्तै चालू आर्थिक बर्षको सुरुवातमै लामो समय देखि काम गरिरहेका शिक्षक, स्वास्थ्यकर्मी, प्राबिधिक तथा अन्य कर्मचारीलाई राजनैतिक प्रतिशोधको आधारमा जबर्जस्त पदबाट हटाएर कर्मचारी सरुवाको आतंक मच्चाएको पनि खतिवडामाथी आरोप छ । खतिवडाले आफुले भने बमोजिम् काम गर्दा प्रमुख प्रशासकिय अधिकृत, लेखा अधिकृत देखी विषयगत फाँटका कर्मचारीहरुलाइ सरुवा हुन वाध्य पार्ने गरेको बताँउदै आएका छन् ।

गाउँपालिका अध्यक्ष खतिवडाले कुनैपनि कर्मचारीलाई टिक्नै नदिएको कर्मचारीहरुको आरोप छ । प्रशासनिक तवरले काम गर्ने वातावरण नै बन्दैन तसर्थ सरुवा नै विकल्प बन्ने गरेको एक कर्मचारीले बताए । नाम नबताउने शर्तमा ति कर्मचारकिा अनुसार खतिवडाले कानुनमा बलमिच्च्याई गर्ने, जनहितका काममा ध्यान नदिने, २ महिना देखि ६ महिना भित्र स्थायी दरबन्दीका कर्मचारी र प्रमुख प्रशासकिय अधिकृतलाई सरुवाको लागि वाध्य बनाउने जस्ता अवैधानीक कार्य गर्दै आएका छन् ।

यो आर्थिक बर्षमा सिद्धलेकमा कर्मचारी सरुवाको आतंकनै मच्चिएको छ । आज शुक्रबार मात्र खतिवडा अध्यक्ष निर्वाचित् बनेपछी ५ औं पटक प्रमुख प्रसासकिय अधिकृतका रुपमा गाउँपालिका आएका सन्जय बहादुर स्याङ्गतान र वडा नं.४ का सचिव लोकराज बरालले सरुवा रोजी अन्यत्र गएका छन् ।अध्यक्ष खतिवडाले गत केहिदीन अघी मात्र वरिष्ठ शाखा अधिकृत हरि बहादुर पाटा मगरलाई पनि सिन्धुलीको दुधौली नगरपालिका सरुवा गराएका छन् । त्यस्तै महिला बालबालिका शाखाकी प्रमुख कबिता भट्टको पनि गत महिना सुरुवा भएको थियो ।

कर्मचारी नटिक्ने समस्यामा रहेको सिद्धलेकको १,३ र ५ नं. वडामा निजामती सेवा प्रशासनको मान्छे नहुँदा प्राबिधिक फाँटका कर्मचारीलाई वडा सचिबको जिम्मेवारी दिँदै आएको छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
पहाडका पाखामा हरियो क्रान्ति ः सुन्तला, स्याउ र ओखरले फेरिँदैछ ४० हजार परिवारको भविष्य
कृषिमा ऐतिहासिक बजेट २०८३/८४ सार्वजनिक! ५९ अर्बभन्दा बढी बजेट—कृषिमा ठूलो क्रान्ति! अब किसानको जीवन बदलिने संकेत
अर्बौं सकियो, कृषि आधुनिकीकरण कागजमै ९ वर्षमा न उत्पादन बढ्यो, न रोजगारी — प्रधानमन्त्री कृषि परियोजना असफलताको दलदलमा

धेरै पढिएको

ताजा समाचार

  • १.
    पहाडका पाखामा हरियो क्रान्ति ः सुन्तला, स्याउ र ओखरले फेरिँदैछ ४० हजार परिवारको भविष्य

  • २.
    कृषिमा ऐतिहासिक बजेट २०८३/८४ सार्वजनिक! ५९ अर्बभन्दा बढी बजेट—कृषिमा ठूलो क्रान्ति! अब किसानको जीवन बदलिने संकेत

  • ३.
    संविधान संशोधनमा बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्र बहादुर बस्नेतको कृषि तथा आर्थिक विकाससम्बन्धी अवधारणा प्रस्तुत

  • ४.
    अर्बौं सकियो, कृषि आधुनिकीकरण कागजमै ९ वर्षमा न उत्पादन बढ्यो, न रोजगारी — प्रधानमन्त्री कृषि परियोजना असफलताको दलदलमा

  • ५.
    किसानको नाममा ‘परामर्श लुट’ ! कृषिका अर्बौं बजेट कर्मचारी–परामर्शदाता गठजोडमा सकिँदै ?

  • ६.
    कृषि अनुदानमा ३२ अर्ब खर्च, एकीकृत अभिलेख नहुँदा वास्तविक किसान मारमा

हाम्रो बारेमा

राष्ट्रिय किसान टेलिभिजन नेटवर्क प्रा.लि. द्वारा संचालित
www.hamrokishantv.com

स्थायी लेखा नं.: 609569986
मुख्य कार्यालय
Balkhu, Kathmandu, Nepal

सम्पर्क नम्बर
9851333100

ईमेल
hamrokishantelevision@gmail.com

हाम्रो टीम

सम्पादक
कामराज पन्त (सुमन)

मार्केटिङ
दुर्गा श्रेष्ठ

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 HamrokishanTv | All rights Reserved.
 Website By :  HamroKishanTv