• समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • कृषि समाचार
  • बैंक/वित्त
  • विचार/ब्लग
  • सफल किसान
  • सहकारी खबर
  • अन्तर्वार्ता
×
शनिबार, जेठ ०९, २०८३
    • समाचार
    • प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • कृषि समाचार
    • बैंक/वित्त
    • विचार/ब्लग
    • सफल किसान
    • सहकारी खबर
    • अन्तर्वार्ता
  • ☰

आफ्नै पार्टीका भए पनि भ्रष्टाचारमा संलग्नलाई छाडिन्न :प्रधानमन्त्री प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्कमल दाहाल ‘प्रचण्ड’ले आफ्नै पार्टीका नेता भए पनि भ्रष्टाचार र अनियमिततामा संलग्नलाई कुनै पनि हालतमा नछाडिने उद्घोष गर्नुभएको छ । यही साउन १७ देखि राजधानीमा चलेको केन्द्रीय समिति बैठकको समापनका क्रममा उहाँले भ्रष्टाचार विरोधी अभियानमा आफ्ना र अरू नभनी दोषी ठहरिएकालाई कडा कारबाही गरिने बताउनुभयो ।

“तपाइँलाई म प्रस्टसँग भन्छु, यसमा आफ्ना वा अरू कोही भनिने छैन । आफ्नै टाउकोमा आगो सल्काएरमात्र हामीले यो अभियानलाई निष्कर्षमा पुर्‍याउन सक्छौँ”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “त्यसैले तपाइँहरू कोही पनि भ्रमित नहुनुहोला । सरकार दृढतापूर्वक अगाडि बढ्छ ।”

उहाँले सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकतासहित सरकार दृढतापूर्वक अगाडि बढिरहेको बताउनुभयो । “भ्रष्टाचारको विरुद्ध र सुशासनको पक्षमा जुन कदम चालिएको छ, यसले सिङ्गो देशको फोहोरमात्र सफा गर्ने छैन, कम्युनिष्ट आन्दोलन र हाम्रो पार्टीलाई पनि रूपान्तरण गर्नेछ”, प्रधानमन्त्री दाहालले भन्नुभयो । भ्रष्टाचारविरुद्धको अभियान कुनै आवेग वा उत्तेजनामा सुरु नगरिएको दोहोर्‍याउँदै उहाँले यस अभियानबाट भ्रष्ट शक्ति र प्रवृत्ति अत्तालिएको बताउनुभयो ।

पाँचदिन चलेको केन्द्रीय समितिको बैठक सिङ्गो देश, कम्युनिष्ट आन्दोलन र पार्टीको रूपान्तरणका दृष्टिले ऐतिहासिक भएको उल्लेख गर्दै अध्यक्ष दाहालले तीनमहिने अभियानबाट पार्टीलाई नयाँस्तरमा विकास गरिने बताउनुभयो । “बैठकमा जुनस्तरको वैचारिक, साङ्गठानिक र भावनात्मक एकतासहित मूल नेतृत्वको वरिपरि केन्द्रीकरण भएको छ, यसले माओवादी पार्टी र आन्दोलनलाई नयाँ उचाइमा उठाउनेछ”, उहाँले भन्नुभयो ।

उहाँले अहिलेको परिस्थितिमा देशको सबैभन्दा क्रान्तिकारी र प्रगतिशील विचार र कार्यक्रमको नेतृत्व गर्ने पार्टी माओवादी नै भएको दाबी गर्नुभयो । अध्यक्ष दाहालले भन्नुभयो, “हामीले महाधिवेशनबाट प्रस्ट गरेका छौँ, हामी समाजवादको तयारीमा जान्छौँ । समाजवादको तयारी शान्तिपूर्ण रूपमा गर्छौँ । यो कार्यदिशामा पार्टीभित्र प्रस्टता र एकरूपता जरूरी छ ।”

  • # प्रचण्ड #माओबादी केन्द्र #भृकुटी न्यूज #गृहमन्त्री
  • प्रधानमन्त्री
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
अर्बौं सकियो, कृषि आधुनिकीकरण कागजमै ९ वर्षमा न उत्पादन बढ्यो, न रोजगारी — प्रधानमन्त्री कृषि परियोजना असफलताको दलदलमा
किसानको नाममा ‘परामर्श लुट’ ! कृषिका अर्बौं बजेट कर्मचारी–परामर्शदाता गठजोडमा सकिँदै ?
कृषि अनुदानमा ३२ अर्ब खर्च, एकीकृत अभिलेख नहुँदा वास्तविक किसान मारमा

धेरै पढिएको

  • १.
    अर्बौं सकियो, कृषि आधुनिकीकरण कागजमै ९ वर्षमा न उत्पादन बढ्यो, न रोजगारी — प्रधानमन्त्री कृषि परियोजना असफलताको दलदलमा

  • २.
    किसानको नाममा ‘परामर्श लुट’ ! कृषिका अर्बौं बजेट कर्मचारी–परामर्शदाता गठजोडमा सकिँदै ?

ताजा समाचार

  • १.
    अर्बौं सकियो, कृषि आधुनिकीकरण कागजमै ९ वर्षमा न उत्पादन बढ्यो, न रोजगारी — प्रधानमन्त्री कृषि परियोजना असफलताको दलदलमा

  • २.
    किसानको नाममा ‘परामर्श लुट’ ! कृषिका अर्बौं बजेट कर्मचारी–परामर्शदाता गठजोडमा सकिँदै ?

  • ३.
    कृषि अनुदानमा ३२ अर्ब खर्च, एकीकृत अभिलेख नहुँदा वास्तविक किसान मारमा

  • ४.
    विदेशी मलमा अर्बौं निर्भरता अन्त्य गर्न सरकारको जोड : स्वदेशमै उत्पादनको विकल्प खोजिँदै

  • ५.
    बालेन बजेट : कृषिमा कायापल्ट गर्दे ०८३/८४ को नीति तथा कार्यक्रममा किसान केन्द्रमा : बीमादेखि डिजिटल भुक्तानीसम्म

  • ६.
    मुक्तिनाथ कृषि कम्पनीको चरम लापरबाही: बुटबलमा करोडौंको बधशाला अलपत्र

हाम्रो बारेमा

राष्ट्रिय किसान टेलिभिजन नेटवर्क प्रा.लि. द्वारा संचालित
www.hamrokishantv.com

स्थायी लेखा नं.: 609569986
मुख्य कार्यालय
Balkhu, Kathmandu, Nepal

सम्पर्क नम्बर
9851333100

ईमेल
hamrokishantelevision@gmail.com

हाम्रो टीम

सम्पादक
कामराज पन्त (सुमन)

मार्केटिङ
दुर्गा श्रेष्ठ

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 HamrokishanTv | All rights Reserved.
 Website By :  HamroKishanTv