• समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • कृषि समाचार
  • बैंक/वित्त
  • विचार/ब्लग
  • सफल किसान
  • सहकारी खबर
  • अन्तर्वार्ता
×
शनिबार, जेठ ०९, २०८३
    • समाचार
    • प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • कृषि समाचार
    • बैंक/वित्त
    • विचार/ब्लग
    • सफल किसान
    • सहकारी खबर
    • अन्तर्वार्ता
  • ☰

देशभर काङ्ग्रेस समर्थक र कार्यकर्ताले भने ” बरु हात काट्छौ तर माओबादीलाई भोट हाल्दैनौ”

गोर्खामा प्रचण्डलाई नराम्रो धक्का लाग्ने सङ्केतहरु देखा परेका छन् । ठूला दलका अध्यक्षहरुको प्रतिनिधि सभामा उपस्थिति आवस्यकहुनु स्वभाविक हो तर नेतृत्वको कार्यसैलीबाट आजित भएका नेता कार्यकर्ता र जनताले नेताहरूको भागबण्डा र स्वार्थलाई नजिकबाट बुझिसकेको हुनाले माथिको राजनीतिक दवाव र हस्तक्षेपलाई जनताले धोती लगाइदिने सम्भावना बढेर गएको छ। अहिले निर्वाचनको सबै भन्दा ठूलो थ्रेट गठबन्धनका बाम उमेदवारहरुलाई नै परिरहेको देखिन्छ त्यसमा पनि प्रचण्ड सबै भन्दा ठूलो जोखिममा परेका छन् । माधव नेपाल र झलनाथको पनि हालत उस्तै छ ।
मुख्य गरि प्रचण्डले न्वारान देखिको बललगाएर गठबन्धनको औचित्य पुष्ठि गर्न खोजेपनि पाँच दलिय गठबन्धन तोडेर उपेन्द्र यादव ओलीसँग मिल्न पुग्दा प्रचण्डका प्रयत्नको थप धोती खुस्किएको छ भने काङ्ग्रेसले बरु हात काट्ने तर माओबादीलाई भोट नहाल्ने कसम खाइरहेका छन्। प्रचण्डको गलत रबैयाले माओवादी भित्र ठूलो असन्तुष्टि त छदै छ यता काङ्ग्रेस जनमतको यस्तो किरिया कसमले थप सङ्कट उत्पन्न गराइदिएको छ।
प्रचण्डले गोर्खामा एकैपटक २९ र ९९ वर्षको सामना गर्नु परेको छ । २९ वर्षका जागरुक एवम लोकप्रिय युवा अब्दुस मिया र जननेता बिपि कोइरालाका मित्र एवम सातसालको मुक्तिसेनाका घाइते कमाण्डर, प्रजातन्त्र सेनानी ,नेपाली काङ्ग्रेस बि पि का ९९ वर्षिय लोकप्रिय नेता टीका दत्त पोख्रेलको सामना गर्नु पर्ने भएको छ ।
देउवालाई डडेल्धुरामा एमालेले उमेदवार नदिएर सजिलो बनाइदिएको छ भने केपी ओली र राजेन्द्र लिङ्देनको लेनदेन ले ओली पनि लगभग ढुक्क देखिन्छन् ,तर प्रचण्ड र झलनाथको दुविधा जनक स्थितिछ भने माधव नेपालको संभावना झिनु मात्रै देखिन्छ। एमालेले डडेल्धुरामा उमेदवार नदिनु र देशभर काङ्ग्रेस नेता कार्यकर्ताले बरु हात काट्ने तर माओबादीलाई भोट नहाल्ने कसम खानुले प्रचण्ड र गठबन्धभित्रका माओबादी उमेदवार उत्तानो पर्ने देखिन्छ। यस्तो भएको खण्डमा निर्वाचन पछि सबै समीकरण र गठबन्धन उल्टने र सबै परिस्थिति पुन काङ्ग्रेस एमालेको पोल्टामा पुग्ने निस्चित देखिन्छ। यस्तो अवस्थामा माओबादी कस्तो बाटो लिन्छ ? चुनावपछि सडकमा जाने प्रचण्डको योजना पनि यहि मनोविज्ञानमा आधारित छ। तर अनौठो के छ भने प्रचण्ड गठबन्धनको आवस्यकता र गोर्खाका जनताको चाहनाले गोर्खा गएको बताइरहेका छन् भने गठबन्धनकै मुख्य घटक नेपाली काङ्ग्रेसका कार्यकर्ता र समर्थक भने “बरु हात काट्ने तर माओबादीलाई भोट नहाल्ने” बताइरहेका छन् ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
अर्बौं सकियो, कृषि आधुनिकीकरण कागजमै ९ वर्षमा न उत्पादन बढ्यो, न रोजगारी — प्रधानमन्त्री कृषि परियोजना असफलताको दलदलमा
किसानको नाममा ‘परामर्श लुट’ ! कृषिका अर्बौं बजेट कर्मचारी–परामर्शदाता गठजोडमा सकिँदै ?
कृषि अनुदानमा ३२ अर्ब खर्च, एकीकृत अभिलेख नहुँदा वास्तविक किसान मारमा

धेरै पढिएको

  • १.
    अर्बौं सकियो, कृषि आधुनिकीकरण कागजमै ९ वर्षमा न उत्पादन बढ्यो, न रोजगारी — प्रधानमन्त्री कृषि परियोजना असफलताको दलदलमा

  • २.
    किसानको नाममा ‘परामर्श लुट’ ! कृषिका अर्बौं बजेट कर्मचारी–परामर्शदाता गठजोडमा सकिँदै ?

ताजा समाचार

  • १.
    अर्बौं सकियो, कृषि आधुनिकीकरण कागजमै ९ वर्षमा न उत्पादन बढ्यो, न रोजगारी — प्रधानमन्त्री कृषि परियोजना असफलताको दलदलमा

  • २.
    किसानको नाममा ‘परामर्श लुट’ ! कृषिका अर्बौं बजेट कर्मचारी–परामर्शदाता गठजोडमा सकिँदै ?

  • ३.
    कृषि अनुदानमा ३२ अर्ब खर्च, एकीकृत अभिलेख नहुँदा वास्तविक किसान मारमा

  • ४.
    विदेशी मलमा अर्बौं निर्भरता अन्त्य गर्न सरकारको जोड : स्वदेशमै उत्पादनको विकल्प खोजिँदै

  • ५.
    बालेन बजेट : कृषिमा कायापल्ट गर्दे ०८३/८४ को नीति तथा कार्यक्रममा किसान केन्द्रमा : बीमादेखि डिजिटल भुक्तानीसम्म

  • ६.
    मुक्तिनाथ कृषि कम्पनीको चरम लापरबाही: बुटबलमा करोडौंको बधशाला अलपत्र

हाम्रो बारेमा

राष्ट्रिय किसान टेलिभिजन नेटवर्क प्रा.लि. द्वारा संचालित
www.hamrokishantv.com

स्थायी लेखा नं.: 609569986
मुख्य कार्यालय
Balkhu, Kathmandu, Nepal

सम्पर्क नम्बर
9851333100

ईमेल
hamrokishantelevision@gmail.com

हाम्रो टीम

सम्पादक
कामराज पन्त (सुमन)

मार्केटिङ
दुर्गा श्रेष्ठ

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 HamrokishanTv | All rights Reserved.
 Website By :  HamroKishanTv