• समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • कृषि समाचार
  • बैंक/वित्त
  • विचार/ब्लग
  • सफल किसान
  • सहकारी खबर
  • अन्तर्वार्ता
×
मङ्गलबार, असार २३, २०८३
    • समाचार
    • प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • कृषि समाचार
    • बैंक/वित्त
    • विचार/ब्लग
    • सफल किसान
    • सहकारी खबर
    • अन्तर्वार्ता
  • ☰

भ्रष्टाचारविरुद्धको अभियानबाट तस्कर र ठगहरू अत्तालिएका छन् : गृहमन्त्री श्रेष्ठ

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले सुशासनको पक्षमा भ्रष्टाचारविरुद्ध चालेको कदमबाट तस्कर, ठग र भ्रष्टाचारीहरू अत्तालिएको बताएका छन् । तर, आम जनतामा भने त्यसले आशा जगाएको उनको भनाइ छ ।

शुक्रबार ललितपुरमा आयोजित कार्यक्रममा श्रेष्ठले सुशासन, आर्थिक समृद्धि र न्यायका निमित्त माओवादी केन्द्रले सरकार, सदन र सडक तीनै स्थानबाट अभियान चलाएको बताए । ‘प्रचण्ड नेतृत्वसको सरकारले चलाएको अभियानबाट तस्करहरू, ठगहरू भ्रष्टाचारीहरू आत्तिएका छन् । तर अधिकांश आम जनताहरू यो अभियानबाट खुसी भएका छन् । लोकतन्त्र र राजनीतिक परिवर्तनपछि वर्तमान सरकारले चलाएको भ्रष्टाचार बिरोधी अभियानबाट आम जनतामा आशा पलाएको छ,’ श्रेष्ठले भने ।

उनले सरकारले भ्रष्टाचारविरोधी अभियान दृढतापूर्वक अगाडि बढाएको टिप्पणी गरे । ‘भ्रष्टाचारविरोधी अभियान दृढतापूर्वक अगाडि बढाउँछौँ । सरकार र गृहमन्त्रालयको नेतृत्वको निरन्तरता भनेकै तस्कर भ्रष्टाचारी र ठगविरुद्धको अभियान हो,’ उनले भने, ‘यो अभियानमा आम जनताको साथ र सहयोगको अपेक्षा छ ।’

नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरण र सामान्तवादको अवशेषका रूपमा रहेको मिटरब्याजलाई अन्त्य गर्ने सरकारको कदम सुशासन र भ्रष्टाचारविरोधी कदमकै निरन्तरता रहेको श्रेष्ठको भनाइ छ । उनले सरकारले जनताको पक्षमा निरन्तर काम गरिरहने पनि बताए ।

कार्यक्रममा सानुराज बज्राचार्य, संकरलाल वैद्य, रोशन महर्जन, सुनिल देउला, रामकृष्ण महर्जन, हरिकृष्ण महर्जन, रत्न महर्जनलगायत १५० जना माओवादी केन्द्रमा प्रवेश गरेका थिए । माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्षसमेत रहेकाक श्रेष्ठले पार्टी प्रवेश गर्नेहरू सबैलाई आत्मसम्मानमा ठेस नपुग्ने गरी जिम्मेवारी दिइने प्रस्ट पारे ।

‘श्रमजीवी जनता र राष्ट्रिय हितको पक्षमा माओवादीले चलाएको अभियानबाट प्रभावित भएर पार्टी प्रवेश गर्ने श्रमजीवी साथीहरूको निर्णय सही छ । तपाईंहरूले सही निर्णय गर्नुभएको छ । तपाईंको चाहना र भावना माओवादीले पूरा गर्छ,’ उपप्रधानमन्त्री श्रेष्ठले भने, ‘तपाईंहरूको आत्मसम्मान हुने गरी जिम्मेवारी दिइन्छ । सरकारले सुरू गरेको भ्रष्टाचार विरुद्ध र सुशासनको पक्षमा तपाईंहरू पनि सहभागी हुनुस्, हामी स्वागत गर्छौं । पार्टी प्रवेश गरेको मितिको आधारमा नहेरी सकारात्मक भूमिकाका आधारमा पार्टीले उचित मूल्याङ्कन गर्नेछ ।’

ललितपुरको लगनखेलस्थित महालक्ष्मीस्थानको डिलाइट पार्टी प्यालेसमा माओवादी केन्द्रको जिल्ला समन्वय समिति ललितपुरले कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा माओवादी केन्द्र ललितपुरका संयोजक शिव कट्टेलले पार्टी प्रवेश गर्नेहरूलाई पार्टीले उचित जिम्मेवारी दिने बताए ।

  • #गृहमन्त्री #साइबर सुरक्षा #नारायणकाजी श्रेष्ठ #भृकुटी न्यूज
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
पहाडका पाखामा हरियो क्रान्ति ः सुन्तला, स्याउ र ओखरले फेरिँदैछ ४० हजार परिवारको भविष्य
कृषिमा ऐतिहासिक बजेट २०८३/८४ सार्वजनिक! ५९ अर्बभन्दा बढी बजेट—कृषिमा ठूलो क्रान्ति! अब किसानको जीवन बदलिने संकेत
संविधान संशोधनमा बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्र बहादुर बस्नेतको कृषि तथा आर्थिक विकाससम्बन्धी अवधारणा प्रस्तुत

धेरै पढिएको

ताजा समाचार

  • १.
    पहाडका पाखामा हरियो क्रान्ति ः सुन्तला, स्याउ र ओखरले फेरिँदैछ ४० हजार परिवारको भविष्य

  • २.
    कृषिमा ऐतिहासिक बजेट २०८३/८४ सार्वजनिक! ५९ अर्बभन्दा बढी बजेट—कृषिमा ठूलो क्रान्ति! अब किसानको जीवन बदलिने संकेत

  • ३.
    संविधान संशोधनमा बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्र बहादुर बस्नेतको कृषि तथा आर्थिक विकाससम्बन्धी अवधारणा प्रस्तुत

  • ४.
    अर्बौं सकियो, कृषि आधुनिकीकरण कागजमै ९ वर्षमा न उत्पादन बढ्यो, न रोजगारी — प्रधानमन्त्री कृषि परियोजना असफलताको दलदलमा

  • ५.
    किसानको नाममा ‘परामर्श लुट’ ! कृषिका अर्बौं बजेट कर्मचारी–परामर्शदाता गठजोडमा सकिँदै ?

  • ६.
    कृषि अनुदानमा ३२ अर्ब खर्च, एकीकृत अभिलेख नहुँदा वास्तविक किसान मारमा

हाम्रो बारेमा

राष्ट्रिय किसान टेलिभिजन नेटवर्क प्रा.लि. द्वारा संचालित
www.hamrokishantv.com

स्थायी लेखा नं.: 609569986
मुख्य कार्यालय
Balkhu, Kathmandu, Nepal

सम्पर्क नम्बर
9851333100

ईमेल
hamrokishantelevision@gmail.com

हाम्रो टीम

सम्पादक
कामराज पन्त (सुमन)

मार्केटिङ
दुर्गा श्रेष्ठ

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 HamrokishanTv | All rights Reserved.
 Website By :  HamroKishanTv