• समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • कृषि समाचार
  • बैंक/वित्त
  • विचार/ब्लग
  • सफल किसान
  • सहकारी खबर
  • अन्तर्वार्ता
×
मङ्गलबार, असार २३, २०८३
    • समाचार
    • प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • कृषि समाचार
    • बैंक/वित्त
    • विचार/ब्लग
    • सफल किसान
    • सहकारी खबर
    • अन्तर्वार्ता
  • ☰

राष्ट्रिय राजनीतिमा स्वतन्त्र लहर, “नो नट अगेन” र विश्व प्रकाशहरुको खाँचो

१ मङ्सिर,काठमाडौ ,आजको तीन  दिनपछि अर्थात मंसिर ४ गते मतदानका नाममा  हामीले राजनीतिक अविश्वासको खाडलभित्र लाइनमा उभिएर आफ्नै भाग्य र भविष्यको लेखाजोखा गर्नुपर्ने भएको छ । यस्तो काम हामीले यो पहिलो पटक मात्रै गरेको होइन तर हाम्रा यस्ता कामहरूले हामीलाई कहिल्यै बलियो वा सौभाग्यशाली बनाएन भन्ने हाम्रो आफ्नै गुनासो युगौँ देखि रहँदै आएको छ । परिवर्तन र सुधारको गीत गाएर नथाक्ने हाम्रा स्वरहरु बिस्तारै बिस्तारै कमजोर हुँदै गएका छन् ,सोच्ने तरिकाहरु भुत्ते भएका छन् ,भुत्ते चिन्तनको दास भएको अस्विकार गर्ने कुनै तप्का छ भने पनि त्यो एकलकाँटे छ जसलाई बाबुराम प्रवृत्ति ,ओली प्रवृत्ति वा माधव र प्रचण्ड प्रवृत्ति भने पनि हुन्छ तर देउवा यसमा पर्दैनन किन भने धारिलो वा भुत्ते दुबै कुराबाट मुक्त मानिस हुन् उनी। दृष्टिकोण र विवेकमा एकल काँटे हुनु पनि भुत्ते चिन्तन नै हो । चिन्तनलाई तिखार्ने र भाग्यलाई बदल्ने असल बाटो राजनीति हो, चुनाव नै लोकतान्त्रिक अभ्यासको उपल्लो राजनीति हो भनेर  हामीहरुलाई हाम्रो राजनीतिले अभ्यास गराउँदै आएको छ र हामीहरु निरन्तर पुर्ख्यौली चुनाव चिन्हमा घोटिएर भुत्ते लोकतान्त्रलाई  धारिलो पार्ने अभिनय गरिरहेका छौँ ।
वास्तवमा राजनीति समाज बदल्ने प्रक्रिया नै हो । जनताको भाग्य बदल्ने,समाज रुपान्तरणको विज्ञान हो राजनीति तर कुन्ठित स्वार्थबाट प्रेरित नेतृत्वले प्रयोग हिन,सिद्धान्त हिन, विचार आदर्श र नैतिकता हिन बाटोमा समाजलाई धकेलिदिएर विज्ञानको प्रवाहलाई अवरुद्ध गर्न खोजेपछि अहिले समाजमा  मौन बसेर चुपचाप भोट हाल्ने एउटा लिलामी  प्रवृत्ति  र यसो हुँनुहुदैन यो समाज विरुद्ध, मुलुकको गतिशील अग्रगमनको बिरुद्ध छ,थोरै भए पनि मतदानको विवेकबाट यो अबरुद्ध स्थितिलाई निकास दिनु पर्छ ,खोल्नु पर्छ, न्युनतम सुधारको प्रयत्न गर्नुपर्छ भन्ने आँट गरिरहेको अर्को युवा प्रवृत्ति गरि दुई प्रवृत्तिहरु देखापरेका छन् र यी दुई प्रवृत्ति बिच टकराव सुरु भएको छ । राजनीतिको यो टकरावलाई समयमा बुझ्न सक्ने युवा नेतृत्वको खाँचो नै आजको “नो नट अगेन”को अभियान हो ।
:- अपरिपक्व `स्वतन्त्रको लहर´
हाम्रा राजनीतिक अपेक्षाहरुलाई  लोकतान्त्रका आधारभुत सर्तहरुले मात्रै पूरा गर्न सक्छ । प्रजा र रैतीबाट जनता भएका हामीलाई राजनीतिले वास्तविक लोकतन्त्रको अनुभुतिमा उतार्न असफल भएपछि सधैँ हामी केवल जनतामा मात्रै सिमित भयौ । लोकतन्त्रको उपभोग गर्न सबैभन्दा पहिले जनताले नागरिक बन्न सक्नुपर्छ तर जनतालाई नागरिक बनाउँने साधन पनि राजनीति नै हो जो आज राष्ट्रिय रुपमै अबरुद्ध छ । अबरुद्ध राजनीति भित्र सबै खाले प्रवृत्ति देखा पर्नु स्वभाविक छ अहिले मुख्यत अपरिपक्व  स्वतन्त्रको लहर र परिपक्व “नो नट अगेन”अभियान एकै पटक देखा परेका छन् । वास्तवमा समाजमा यी दुबै अभियानले गहिरो प्रभाव राखेको छ । यस्तो बेला सचेत पङ्तीले परिपक्व भूमिका खेल्न सकिएन भने राजनीतिक रुपमा हामीले अर्को दुर्घटना बेहोर्नु पर्ने निस्चित छ ।स्वतन्त्रहरु असङ्गठित छन् , कुनै ठोस स्पष्ट राजनीतिक लक्ष्य र विचार छैन, नेपाली राजनीतिक परिवर्तन र संघर्ष भित्रका सामाजिक बनोट र भूराजनीतिक संवेदनसिलताको परिपक्व बुझाइ छैन  र खास खास परिस्थितिमा रुपान्तरणका निम्ति खास कुनै भूमिका खेल्ने अवसरले पनि मौका नदिएको पङ्ति यो स्वतन्त्र लहरमा आकर्षित छ। मैले यसो भनिरहँदा स्वतन्त्रको लहर बेठिक छ भन्ने पटक्कै होइन,यो राम्रो पक्ष नै हो ,यसले वैकल्पिक शक्तिको आवश्यकताको जग हाल्छ ।  न्यायपूर्ण खबरदारी गर्छ, समय अनुकुल राजनीति नेतृत्वको अपेक्षा गर्छ तर अहिले देखिएको स्वतन्त्रको लहरले एकाध स्थानबाहेक बृहत्  बैकल्पिक राजनीतिक शक्तिको आकार ग्रहण गर्न सक्ने परिपक्व राजनीतिक जागरण र नागरिक परिस्थिति अझै बनिसकेको छैन । हामी लोकतान्त्रका निम्ति लडेका थुप्रै पार्टी र नेतृत्वहरुबारे आलोचना गरिरहेका छौ भने सहजै त्यो पार्टी र नेतृत्वभन्दा पनि कच्चा र कमजोर राजनीतिक बैचारिक कित्तामा उभिएर वा लहडमा रुमलिएर गलत निर्णय गर्न थालियो भने हाम्रो लोकतन्त्र र गणतन्त्र अपहरणमा पर्ने मात्रै होइन राजनीतिक दुर्घटनाको कारक बन्ने नियती हुन सक्छ ।
:- परिपक्व “नो नट अगेन”
वास्तवमा “नो नट अगेन” गज्जबको एउटा अभियान हो  । हाम्रो राजनीतिका टाउके, मुखिया,थरी, बैदार र  हुक्के,बैठकेहरुको उन्मत्त दादागिरी ठिक पार्ने गज्जबको नागरिक अस्त्र `नो नट अगेन´लाई बनाउँनै पर्छ । यो परिपक्व नागरिक चेतनाले बुझ्ने र ठिक पार्ने महत्वपूर्ण कार्यक्रम हो तर जस्तो मात्रामा यो अभियानले राजनीतिक पार्टीहरु भित्र समेत  गति लिन पर्ने हो त्यो मात्रामा यो फैलिए जस्तो पटक्कै लाग्दैन । यो हरेक पार्टी भित्रको असल पङ्तिको साझा अभियान बन्न सक्नुपर्छ । मतदानमा लाइन लाग्ने हरेक मानिसले एक पटक छातीमा हात राखेर “नो नट अगेन” को मर्मलाई बुझ्नु अनिवार्य छ । मतदानको लाइनमा उभिदै गर्दा हामीले भ्रष्टहरुलाई चिन्नु पर्ने छ, आफ्नो स्वार्थका निम्ति जे पनि गर्न तयार हुने टाउकेहरु र तीनका प्रवृत्तिहरुलाई चिन्नु पर्ने छ । देशको दुर्दशा सामु दलभित्रका असल युवा र युवाका असल आवाजहरुलाई बुझ्नुपर्ने छ । दल बाहिर भन्दा दलभित्रका व्यवस्थित स्वर र दृष्टिकोणहरुलाई चिन्नु नै अहिलेका निम्ति राष्ट्रिय आवस्यकता र  न्युनतम राजनीतिक सुधारको प्रयत्न हुने छ ।
हामीले बुझ्न नसकेका थुप्रै राजनीतिक परिघट्नाहरु अहिले सतहमा देखा परेका छन् । राजनीतिक पार्टीहरु भित्र राजनीतिक पार्टीहरुकै हस्तक्षेप छ । आफ्ना निहित स्वार्थ पूरा गरिरहन हरेकले हरेकका घर भित्र खेलिरहेको कुरा आज कसैका निम्ति नौलो कुरा छैन । एमालेका अध्यक्ष के.पी ओली र माओबादी केन्द्रका अध्यक्ष प्रचण्डलाई जसरी पनि काङ्ग्रेसको सभापतिमा सेरबहादुर देउवा नै  चाहिएको छ, प्रतिनिधि सभा र सत्ता राजनीतिमा पनि ओली,प्रचण्डलाई सेरबहादुर चाहिएको छ । भने  सेरबहादुर देउवालाई जसरी पनि एमालेको अध्यक्षमा र सत्ता राजनीतिमा  सधैँभरी ओली, प्रचण्ड र अन्यहरुमा पनि आफू अनुकुलकै पात्र चाहिएको छ । किन भने सेर बहादुरको अकर्मण्यताको मुङ्ग्रोले निरन्तर हानिरहन सकियो भने थाङ्थिलो काङ्ग्रेसको स्याहार सुसार सधैँ आफ्नै भान्साबाट भइरहन सक्छ भन्ने ओली प्रचण्डको दाउ निरन्तर सफल क्रियासिल छ भने आफ्नै दीर्घकालिन जीवन धान्ने निर्विकल्प र परिपक्व घरका झ्याल ढोका मार्तोलले हानेर फोर्ने ,बञ्चरो चलाउने चिर्ने र भत्काउने उदण्ड मूर्ख ओली र प्रचण्ड , आफ्नै घरमा पेट्रोल छर्कने झलनाथ, आगो झोस्ने माधव र ध्वस्त घरको खरानी बेचेर गुजारा धान्ने सपना बोकेका बाम देव र बाबुरामहरु सबैको लालपुर्जा सित्तैमा आफ्ना हातमा अठ्याएर  सबैको आश्रय स्थल बन्ने सौभाग्य पनि देउवालाई सधैँ आत्मिय र प्रिय छ । वास्तमा आजको राष्ट्रिय राजनीतिको सङ्कट ,दुर्घटना र साझा चुरो  समस्य यही नै हो ।
राष्ट्रिय राजनीतिको यो मुख्य समस्या बिरुद्ध  सुधारको  व्यवस्थित लडाइँ सबै पार्टीभित्र सुरु नभएको होइन तर अहिले काङ्ग्रेस भित्रको युवा पङ्तिले यो लडाइँलाई साँच्चै चुनौतीका साथ सुरु गरेको देखिन्छ । देउवाको विकल्पमा प्रधानमन्त्रीको दावी गर्ने प्रकाशमान सिंह ,गगन थापाहरु र अबको हाम्रो प्रधानमन्त्री गगन थापा नै हो भनेर अगाडि देखिने विश्व प्रकाश ,स्वर्णिम वाग्ले र प्रदीप पौडेलहरुको एकीकृत आवाज काङ्ग्रेस भित्रको सामान्य बिद्रोह हैन । आफ्नो उल्लु साध्न ओली,प्रचण्ड र देउवाहरु जस्तो सुकै सम्झौतामा ओर्लिन तयार हुन्छन् भन्ने बुझेको युवा पङ्तीले सत्ता  स्वार्थ विरुद्ध युवालाई नै अगाडि उभ्याएर चुनौती दिनु  वास्तवमा राष्ट्रिय राजनीति सुधारको आसा लाग्दो सङ्केत हो ।
यस्ता आसा लाग्दा सङ्केतहरुलाई उम्रनै नदिने,सकेसम्म सबै मिलेर ठिक पार्ने अनेकौ षड्यन्त्रका चक्रहरुमा हरेक पार्टी भित्र युवा र सचेत पङ्तीहरु निरन्तर पर्दै आएका छन् । माओबादी भित्रका हरिबोल गजुरेल,लेखनाथ न्यौपाने,हिमाल शर्मा  र सुदन किराँतीहरु हुन् वा काङ्ग्रेसका गगन ,विश्व प्रकाश, स्वर्णिम वाग्ले र प्रदीप पौडेलहरु हुन् अथवा एमालेका भिम रावल, सुवास नेम्बाङ, गोकर्ण बिष्ट ,ठाकुर गैरे र देवराज घिमिरेहरु हुन्  यो अप्रिय चोटको सामना गरिरहेको सचेत पङ्ति अझै पनि निरन्तर संघर्षमै छ । अकर्मण्य पार्टी नेतृत्वको धर्नासो खुस्काउन यि युवा र यस्ता सचेत पङ्तिलाई जनताले सचेत बल नदिदासम्म सबै पार्टीभित्र खाल जमाएर बसेका भ्रष्ट र आत्मा बेचुवा देव गुरुङ , शक्ति बस्नेत, गोकुल बास्कोटा ,अग्नि खरेल र  रामचन्द्र पौडेल प्रवृत्तिको आडमा स्वार्थी र अकर्मण्य भ्रष्ट नेतृत्वले सचेत पङ्तिले गर्ने  रुपान्तरणका  प्रयत्नलाई  निरन्तर लखेटिनै रहन्छ र राजनीतिको सङ्कट निरन्तर बढिनैरहन्छ ।
मलाई थाहा छ यो चुनावले आमूल परिवर्तन र अमन चयन दिन सक्दैन । यो प्रणाली र चुनावको चरीत्र थाहा नपाएर मैले यसो भनेको होइन । यो चुनाव जनयुद्धको प्रथम सहिद दिल बहादुर रम्तेल कि आमालाई वार्ड सदस्यमा उठाएर हराउने चुनाव हो, यो चुनवले १४ वर्ष परिवर्तनका निम्ति जेल बसेका ठूलो दुर्गा अधिकारीलाई दल बिहिन बनायो , यो चुनावले १४ वर्ष जेल बसेका सानो दुर्गा अधिकारीलाई सुकुम्बासी बनायो  । यो चुनाबले ओली सगैँ सत्र वर्ष जेल बसेका मोहन चन्द्र अधिकारीलाई बागबजारको  माग्ने बनायो । डिगेन राजबंसीलाई आफ्नै पार्टी कार्यलयमा झुण्डिने बनायो,बिराट नगरका उमेश गिरीलाई जिउछाडा र मुङ्ग्रो बनायो । मेरा हजुरबालाई जीउँदो सहिद बनायो,मेरी आमाका आँखामा कहिलै नओबाउँने आँसु थमायो । कम्तिमा हामीले अब सोच्नै पर्छ हाम्रो चाहाना के हो ? हामीले अब बुझ्नै पर्छ चुनावको चरित्र के हो ? प्रदिप पौडेल,स्वर्णिम वाग्ले,गगन ,विश्व प्रकाश र सुदन किराँती, लेखनाथ न्यौपाने ,ठाकुर गैरे ,देवराज घिमिरेहरुलाई सधैँभरी बुङ्गो बनाएर अब कुनै ठूलो पुरुषार्थ हुँदैन हामीले अब आधारभुत सुधारको बाटो समाउँनै पर्छ र सोचान्तरण सहितको पुस्तान्तरणबाट  राजनीतिक निकास निकाल्न सकिएन भने मुलुकले थप राजनीतिक दुर्घटना बेहोर्नु पर्ने निस्चित छ । हामीले किन हरेक पार्टी भित्रको असल व्यक्तित्व र प्रवृत्तिलाई  निर्वाचित नगर्ने ? पार्टी नेतृत्वका  गलत स्वार्थहरुको दास हुने कि आफ्नै विवेकको मालिक हुने ? सबैले सोच्नु पर्ने भएको छ।

  • #विश्व प्रकाश #ज्योतीकिरण #भृकुटी न्युूज
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
पहाडका पाखामा हरियो क्रान्ति ः सुन्तला, स्याउ र ओखरले फेरिँदैछ ४० हजार परिवारको भविष्य
कृषिमा ऐतिहासिक बजेट २०८३/८४ सार्वजनिक! ५९ अर्बभन्दा बढी बजेट—कृषिमा ठूलो क्रान्ति! अब किसानको जीवन बदलिने संकेत
अर्बौं सकियो, कृषि आधुनिकीकरण कागजमै ९ वर्षमा न उत्पादन बढ्यो, न रोजगारी — प्रधानमन्त्री कृषि परियोजना असफलताको दलदलमा

धेरै पढिएको

ताजा समाचार

  • १.
    पहाडका पाखामा हरियो क्रान्ति ः सुन्तला, स्याउ र ओखरले फेरिँदैछ ४० हजार परिवारको भविष्य

  • २.
    कृषिमा ऐतिहासिक बजेट २०८३/८४ सार्वजनिक! ५९ अर्बभन्दा बढी बजेट—कृषिमा ठूलो क्रान्ति! अब किसानको जीवन बदलिने संकेत

  • ३.
    संविधान संशोधनमा बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्र बहादुर बस्नेतको कृषि तथा आर्थिक विकाससम्बन्धी अवधारणा प्रस्तुत

  • ४.
    अर्बौं सकियो, कृषि आधुनिकीकरण कागजमै ९ वर्षमा न उत्पादन बढ्यो, न रोजगारी — प्रधानमन्त्री कृषि परियोजना असफलताको दलदलमा

  • ५.
    किसानको नाममा ‘परामर्श लुट’ ! कृषिका अर्बौं बजेट कर्मचारी–परामर्शदाता गठजोडमा सकिँदै ?

  • ६.
    कृषि अनुदानमा ३२ अर्ब खर्च, एकीकृत अभिलेख नहुँदा वास्तविक किसान मारमा

हाम्रो बारेमा

राष्ट्रिय किसान टेलिभिजन नेटवर्क प्रा.लि. द्वारा संचालित
www.hamrokishantv.com

स्थायी लेखा नं.: 609569986
मुख्य कार्यालय
Balkhu, Kathmandu, Nepal

सम्पर्क नम्बर
9851333100

ईमेल
hamrokishantelevision@gmail.com

हाम्रो टीम

सम्पादक
कामराज पन्त (सुमन)

मार्केटिङ
दुर्गा श्रेष्ठ

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 HamrokishanTv | All rights Reserved.
 Website By :  HamroKishanTv