• समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • कृषि समाचार
  • बैंक/वित्त
  • विचार/ब्लग
  • सफल किसान
  • सहकारी खबर
  • अन्तर्वार्ता
×
मङ्गलबार, असार २३, २०८३
    • समाचार
    • प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • कृषि समाचार
    • बैंक/वित्त
    • विचार/ब्लग
    • सफल किसान
    • सहकारी खबर
    • अन्तर्वार्ता
  • ☰

२० लाखको भोज खुवाउँदै सङ्का निवारण गर्दै उमेद्वार,उर्जामन्त्री भुसाल

सत्ता गठबन्धको तर्फबाट ललितपुर छेत्र न ३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेद्बार बनेकी माओबादी नेत्री तथा उर्जा मन्त्री पम्फा भुसालले ठूला ठूला भोजको  आयोजना गरेर मतदाता र कार्यकर्तालाई प्रभावित पार्ने कार्यलाई तिब्रता दिएकी छिन्। निर्वाचन आचारसंहितालाई चुनौती दिँदै हिजो उनले ललितपुरको लगनखेल स्थित `डिलाइट पार्टी भेन्यू´मा आफ्नो निर्वाचन क्षेत्रका प्रतिनिधिमुलक विभिन्न भूमिकामा रहेका दुईहजार मानिसहरूलाई एकैपटक  २० लाख रुपैयाँ भन्दा माथिको खर्चमा भोज खुवाएकी छिन्। उक्त भोजमा ललितपुरका मेयर चिरिबाबु महर्जन समेत उपस्थित भएका थिए। पत्रकारको क्यामराबाट छलिएर हलको पूर्वउत्तर कुनामा केही युवाहरूसँग भोज खाँदै बसेका चिरिबाबु भुषालको चुनावी भाषण सकिए पछि हलमा देखिएका थिए ।
गठबन्धन भित्र  माओबादी केन्द्रको भागमा परेका उम्मेद्वारहरुलाई काङ्ग्रेस मतदाताले भोट नहाल्ने चर्चा चुलिएपछि भुसाल पनि त्रसित छन् । यही त्रास र सङ्का दुरगर्न भुसालले `सङ्का निवारण´ भोजको आयोजना गरेको एक सहभागीले बताए। उक्त भोजको उदेश्य प्रष्ट थाहा पाएपछि कतिपय भोजमा सहभागी काङ्ग्रेस समर्थकहरु भोज नखाइ हिडेका थिए भने धेरैजसोले भोज खाएर फर्किएका थिए। १८०० जना मानिस आरामले बस्न सकिने पार्टी प्यालेसको उक्त हलमा खचाखच मानिस भरिएर बस्ने ठाउँ नपाए पछि सयौँ मानिस हलको किनारामा उभिएका थिए । निर्वाचनको मुखमा सुरुभएका राजनीतिक भोजले आतङ्क मच्चाउने गरेको यो पहिलो घट्ना होइन तर मन्त्रीले नै यस्तो गर्नुलाई सामान्य मान्न सकिएला र ? आफैँले हस्ताक्षर गरेको आचारसंहिताको पालना खोइ ? प्रश्न खडा भएको छ ।

  • #भृकुटी न्यूज #ललितपुर #पम्फा भुसाल
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
पहाडका पाखामा हरियो क्रान्ति ः सुन्तला, स्याउ र ओखरले फेरिँदैछ ४० हजार परिवारको भविष्य
कृषिमा ऐतिहासिक बजेट २०८३/८४ सार्वजनिक! ५९ अर्बभन्दा बढी बजेट—कृषिमा ठूलो क्रान्ति! अब किसानको जीवन बदलिने संकेत
अर्बौं सकियो, कृषि आधुनिकीकरण कागजमै ९ वर्षमा न उत्पादन बढ्यो, न रोजगारी — प्रधानमन्त्री कृषि परियोजना असफलताको दलदलमा

धेरै पढिएको

ताजा समाचार

  • १.
    पहाडका पाखामा हरियो क्रान्ति ः सुन्तला, स्याउ र ओखरले फेरिँदैछ ४० हजार परिवारको भविष्य

  • २.
    कृषिमा ऐतिहासिक बजेट २०८३/८४ सार्वजनिक! ५९ अर्बभन्दा बढी बजेट—कृषिमा ठूलो क्रान्ति! अब किसानको जीवन बदलिने संकेत

  • ३.
    संविधान संशोधनमा बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्र बहादुर बस्नेतको कृषि तथा आर्थिक विकाससम्बन्धी अवधारणा प्रस्तुत

  • ४.
    अर्बौं सकियो, कृषि आधुनिकीकरण कागजमै ९ वर्षमा न उत्पादन बढ्यो, न रोजगारी — प्रधानमन्त्री कृषि परियोजना असफलताको दलदलमा

  • ५.
    किसानको नाममा ‘परामर्श लुट’ ! कृषिका अर्बौं बजेट कर्मचारी–परामर्शदाता गठजोडमा सकिँदै ?

  • ६.
    कृषि अनुदानमा ३२ अर्ब खर्च, एकीकृत अभिलेख नहुँदा वास्तविक किसान मारमा

हाम्रो बारेमा

राष्ट्रिय किसान टेलिभिजन नेटवर्क प्रा.लि. द्वारा संचालित
www.hamrokishantv.com

स्थायी लेखा नं.: 609569986
मुख्य कार्यालय
Balkhu, Kathmandu, Nepal

सम्पर्क नम्बर
9851333100

ईमेल
hamrokishantelevision@gmail.com

हाम्रो टीम

सम्पादक
कामराज पन्त (सुमन)

मार्केटिङ
दुर्गा श्रेष्ठ

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 HamrokishanTv | All rights Reserved.
 Website By :  HamroKishanTv