• समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • कृषि समाचार
  • बैंक/वित्त
  • विचार/ब्लग
  • सफल किसान
  • सहकारी खबर
  • अन्तर्वार्ता
×
शनिबार, जेठ १६, २०८३
    • समाचार
    • प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • कृषि समाचार
    • बैंक/वित्त
    • विचार/ब्लग
    • सफल किसान
    • सहकारी खबर
    • अन्तर्वार्ता
  • ☰

पहाडका पाखामा हरियो क्रान्ति ः सुन्तला, स्याउ र ओखरले फेरिँदैछ ४० हजार परिवारको भविष्य

 

काठमाडौ । हिजोसम्म बाँझिएका डाँडापाखा आज फलफूलका बगैँचाले हराभरा बन्दैछन्। वैदेशिक रोजगारीको विकल्प खोजिरहेका पहाडी कृषकका लागि काष्ठफल तथा फलफूल खेती आशाको नयाँ आधार बनेको छ । डडेलधुराको एक पाखो बारीमा ओखरका बिरुवा हुर्किरहेका छन्। मुस्ताङका ढिस्कामा उच्च घनत्वका स्याउका बोटहरू फैलिँदैछन्। सिन्धुलीका कान्लामा जुनार र सुन्तलाले हरियाली थपिरहेका छन्। केही वर्षअघिसम्म उत्पादनविहीन मानिएका यिनै जमिनहरू आज पहाडको अर्थतन्त्र बदल्ने अभियानका केन्द्र बनेका छन्।
पहाडका पाखामा देखिएको यो परिवर्तन संयोग होइन। यो परिवर्तनको पछाडि छ— करिब एक अर्ब नेपाली रुपैयाँभन्दा बढी लगानीसहित सञ्चालनमा रहेको पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना जसले हजारौं कृषकलाई परम्परागत निर्वाहमुखी खेतीबाट व्यावसायिक बागवानीतर्फ डो¥याइरहेको छ ।
नेपाल सरकार, एसियाली विकास बैंक र विश्व कृषि तथा खाद्य सुरक्षा कार्यक्रमको साझेदारीमा सञ्चालित यो महत्वाकांक्षी आयोजनाले अहिले पहाडमा एउटा नयाँ सपना रोपिरहेको छ— फलफूलबाट समृद्धि, बगैँचाबाट रोजगारी र कृषिबाट सम्मानजनक जीवन।
जहाँ पहाडमा सम्भावना देखियो, त्यहीँ लगानी पुग्यो
सात वर्षे अवधिको यो आयोजना सन् २०२२ देखि सुरु भएर सन् २०२९ सम्म सञ्चालन हुनेछ। करिब ९३।४५ मिलियन अमेरिकी डलर बराबरको लगानीसहित सञ्चालनमा रहेको यस आयोजनाले कोशीदेखि सुदूरपश्चिमसम्मका ३४ जिल्लाका १०० स्थानीय तहलाई समेटेको छ ।
आयोजनाको लक्ष्य केवल बिरुवा रोप्ने मात्र होइन, ८८४० हजार घरधुरीको आर्थिक जीवनमा स्थायी परिवर्तन ल्याउने हो।
यसका लागि १० हजार हेक्टर क्षेत्रफलमा फलफूल बगैँचा विस्तार गर्ने योजना बनाइएको छ। सुन्तला, जुनार, कागती, स्याउ, ओखर, किवि, एभोकाडो, कागजी बदाम, मेकाडेमिया नट र चुच्चे ओखरजस्ता उच्च मूल्यका बालीलाई प्राथमिकता दिइएको छ।
पहाडमा बिस्तारिँदै फलफूलको साम्राज्य
आयोजना कार्यान्वयनको प्रारम्भिक चरणमै उत्साहजनक उपलब्धि हासिल भएका छन्। हालसम्म ८१८ हेक्टर क्षेत्रमा नयाँ फलफूल बगैँचा स्थापना भइसकेको र थप १,६७३ हेक्टर क्षेत्र विस्तारका लागि कृषकहरूसँग सम्झौता भई कार्यान्वयन भइरहेको आयोजना निर्देशक महेशचन्द्र आचार्य बताउँछन ।
“हामीले केवल बिरुवा रोप्ने काम मात्र गरिरहेका छैनौं, दीर्घकालीन रूपमा कृषकको आयआर्जन बढाउने आधार निर्माण गरिरहेका छौं,” आचार्य भन्छन्, “उन्नत प्रविधि, गुणस्तरीय बिरुवा, प्राविधिक सेवा, नर्सरी व्यवस्थापन र बजारमुखी उत्पादन प्रणालीलाई एकीकृत रूपमा अघि बढाइएको छ। यसले आगामी वर्षहरूमा पहाडी क्षेत्रको बागवानी क्षेत्रमा उल्लेखनीय परिवर्तन ल्याउने विश्वास लिएका छौं।”
उनका अनुसार आयोजनाले लक्षित बालीहरूको खेती प्रविधि पुस्तिका तयार गरी कृषकमाझ वितरण गरिसकेको छ भने कृषक पोषण पाठशालामार्फत साना किसानलाई खाद्य तथा पोषण सुरक्षासम्बन्धी ज्ञान तथा सीप हस्तान्तरण गरिएको छ।
“हाम्रो लक्ष्य ४० हजार घरधुरीको आयस्तरमा सकारात्मक परिवर्तन ल्याउनु हो,” आचार्यले भने, “यसका लागि बगैँचा विस्तारसँगै मूल्य शृङ्खला विकास, प्रशोधन, बजार पहुँच र कृषकको संस्थागत क्षमता अभिवृद्धिमा पनि उत्तिकै जोड दिएका छौं। आगामी वर्षहरूमा आयोजनाको प्रभाव अझ स्पष्ट रूपमा देखिनेछ।”
किसानलाई पैसा मात्र होइन, प्रविधि पनि
नेपालमा कृषि परियोजनाहरू अनुदान वितरणमै सीमित हुने गरेको गुनासो नयाँ होइन। तर यो आयोजनाले फरक बाटो समातेको छ।
किसानलाई बिरुवा वा अनुदान मात्रै दिइएको छैन, उत्पादन कसरी बढाउने, रोग–कीरा कसरी नियन्त्रण गर्ने, बगैँचा कसरी व्यवस्थापन गर्ने भन्ने ज्ञान पनि दिइएको छ।
लक्षित बालीहरूको खेती प्रविधि पुस्तिका तयार गरी वितरण गरिएको छ। कृषक पोषण पाठशालामार्फत हजारौं किसानलाई खाद्य तथा पोषण सुरक्षासम्बन्धी ज्ञान प्रदान गरिएको छ।
यसले किसानलाई केवल उत्पादनकर्ता मात्र होइन, ९व्यावसायिक उद्यमी० बन्ने आधार तयार गरिरहेको छ।
उन्नत बिरुवाबाट आधुनिक बगैँचासम्म
फलफूल खेतीको सफलता गुणस्तरीय बिरुवामा निर्भर हुन्छ। यही तथ्यलाई मध्यनजर गर्दै आयोजनाले स्याउ र सुन्तलाका रोग प्रतिरोधी रूटस्टक विदेशबाट आयात गरी सरकारी फार्महरूमा रोपण सुरु गरेको छ।
संघीय, प्रादेशिक तथा नार्क अन्तर्गतका १६ सरकारी फार्मको सुदृढीकरण कार्य पनि तीव्र गतिमा भइरहेको छ। भविष्यमा यिनै फार्महरू गुणस्तरीय बिरुवा उत्पादनका केन्द्र बन्ने अपेक्षा गरिएको छ ।
अनुदान कसले पाउँछ ?
आयोजनाको सबैभन्दा ठूलो लाभग्राही स्थानीय कृषक नै हुन्। लक्षित स्थानीय तहका कृषक, कृषक समूह, सहकारी तथा कृषि उद्यमीहरूले सार्वजनिक सूचना अनुसार आवेदन दिन सक्छन्। प्राविधिक मूल्याङ्कनपछि छनोट भएका लाभग्राहीसँग सम्झौता गरिन्छ र लागत साझेदारीका आधारमा बगैँचा स्थापना, नर्सरी विकास, सिंचाइ तथा अन्य पूर्वाधार निर्माणमा सहयोग प्रदान गरिन्छ।
अनुदान कार्यसम्पादनमा आधारित भएकाले काम नगरी रकम पाउने अवस्था छैन। प्रगति अनुसार किस्तागत भुक्तानी हुने भएकाले पारदर्शिता र उत्तरदायित्व सुनिश्चित हुने विश्वास गरिएको छ।
उत्पादनदेखि बजारसम्मको सोच
आयोजनाले केवल फल उत्पादन गरेर मात्र छाड्ने सोच राखेको छैन। उत्पादनलाई बजारसँग जोड्ने, प्रशोधन गर्ने, प्याकेजिङ गर्ने र मूल्य अभिवृद्धि गर्ने पक्षलाई पनि समान प्राथमिकता दिइएको छ।
किनभने किसानले राम्रो मूल्य नपाएसम्म उत्पादनको अर्थ रहँदैन। त्यसैले बगैँचा विस्तारसँगै मूल्य शृङ्खला विकासलाई समेत आयोजनाको प्रमुख आधार बनाइएको छ।
पहाड फर्काउने एउटा सम्भावना
नेपालका पहाडी गाउँहरू अहिले जनशक्ति पलायन, बाँझो जमिन र घट्दो कृषि उत्पादनको चुनौतीसँग जुधिरहेका छन्। यस्ता बेला फलफूल र काष्ठफलमा आधारित यो अभियानले पहाडलाई नयाँ सम्भावना देखाएको छ।
आज रोपिएका स्याउ, सुन्तला, ओखर र किविका बिरुवाहरू केवल फलका बोट होइनन्स ती हजारौं परिवारको आशा, रोजगारी र समृद्धिका प्रतीक हुन्।
यदि निर्धारित लक्ष्यअनुसार आगामी वर्षहरूमा १० हजार हेक्टर क्षेत्रफल हराभरा बगैँचामा परिणत भयो भने, यो आयोजना नेपालको कृषि इतिहासमा पहाडको हरियो आर्थिक क्रान्ति का रूपमा स्मरणीय मात्र बन्ने छैन, पहाडी अर्थतन्त्र पुनर्जीवनको एउटा सफल नमुना बन्न सक्नेमा कुनै दुइ मत छैन।।

 

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
कृषिमा ऐतिहासिक बजेट २०८३/८४ सार्वजनिक! ५९ अर्बभन्दा बढी बजेट—कृषिमा ठूलो क्रान्ति! अब किसानको जीवन बदलिने संकेत
संविधान संशोधनमा बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्र बहादुर बस्नेतको कृषि तथा आर्थिक विकाससम्बन्धी अवधारणा प्रस्तुत
अर्बौं सकियो, कृषि आधुनिकीकरण कागजमै ९ वर्षमा न उत्पादन बढ्यो, न रोजगारी — प्रधानमन्त्री कृषि परियोजना असफलताको दलदलमा

धेरै पढिएको

  • १.
    पहाडका पाखामा हरियो क्रान्ति ः सुन्तला, स्याउ र ओखरले फेरिँदैछ ४० हजार परिवारको भविष्य

  • २.
    संविधान संशोधनमा बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्र बहादुर बस्नेतको कृषि तथा आर्थिक विकाससम्बन्धी अवधारणा प्रस्तुत

  • ३.
    कृषिमा ऐतिहासिक बजेट २०८३/८४ सार्वजनिक! ५९ अर्बभन्दा बढी बजेट—कृषिमा ठूलो क्रान्ति! अब किसानको जीवन बदलिने संकेत

ताजा समाचार

  • १.
    पहाडका पाखामा हरियो क्रान्ति ः सुन्तला, स्याउ र ओखरले फेरिँदैछ ४० हजार परिवारको भविष्य

  • २.
    कृषिमा ऐतिहासिक बजेट २०८३/८४ सार्वजनिक! ५९ अर्बभन्दा बढी बजेट—कृषिमा ठूलो क्रान्ति! अब किसानको जीवन बदलिने संकेत

  • ३.
    संविधान संशोधनमा बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्र बहादुर बस्नेतको कृषि तथा आर्थिक विकाससम्बन्धी अवधारणा प्रस्तुत

  • ४.
    अर्बौं सकियो, कृषि आधुनिकीकरण कागजमै ९ वर्षमा न उत्पादन बढ्यो, न रोजगारी — प्रधानमन्त्री कृषि परियोजना असफलताको दलदलमा

  • ५.
    किसानको नाममा ‘परामर्श लुट’ ! कृषिका अर्बौं बजेट कर्मचारी–परामर्शदाता गठजोडमा सकिँदै ?

  • ६.
    कृषि अनुदानमा ३२ अर्ब खर्च, एकीकृत अभिलेख नहुँदा वास्तविक किसान मारमा

हाम्रो बारेमा

राष्ट्रिय किसान टेलिभिजन नेटवर्क प्रा.लि. द्वारा संचालित
www.hamrokishantv.com

स्थायी लेखा नं.: 609569986
मुख्य कार्यालय
Balkhu, Kathmandu, Nepal

सम्पर्क नम्बर
9851333100

ईमेल
hamrokishantelevision@gmail.com

हाम्रो टीम

सम्पादक
कामराज पन्त (सुमन)

मार्केटिङ
दुर्गा श्रेष्ठ

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 HamrokishanTv | All rights Reserved.
 Website By :  HamroKishanTv