• समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • कृषि समाचार
  • बैंक/वित्त
  • विचार/ब्लग
  • सफल किसान
  • सहकारी खबर
  • अन्तर्वार्ता
×
मङ्गलबार, असार २३, २०८३
    • समाचार
    • प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • कृषि समाचार
    • बैंक/वित्त
    • विचार/ब्लग
    • सफल किसान
    • सहकारी खबर
    • अन्तर्वार्ता
  • ☰

माओवादी पोलिटब्युरो सदस्य भन्दै एमालेकै नेतालाई पार्टी प्रवेश

काठमाण्डौ – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सर्लाहीमा एक जना एमालेकै नेतालाई अर्काे दलकाे भन्दै पार्टी प्रवेश गराएका छन्।

सर्लाहीकाे सदरमुकाम मलंगवामा एमाले जिल्ला समितिले आयोजना गरेको सभामा ओलीले एमालेकै नेता केशव ढुंगानालाई पार्टीमा प्रवेश गराएका हुन्। पार्टी प्रवेश कार्यक्रममा ओलीले अबिर र माला लगाउँदै ढुंगानालाई पार्टीमा स्वागत गरेका थिए। ढुंगाना दुई कार्यकाल एमालेको सर्लाही जिल्ला सचिव भएर पार्टी हाँकेका व्यक्ति हुन् । ढुंगानाले २०६४ सालको संविधान सभा निर्वाचनपछि एमाले छाडेर माओवादी केन्द्रमा प्रवेश गरेका थिए।

सुरुमा माओवादी केन्द्रको केन्द्रीय सदस्य बनेका ढुंगाना पछि माओवादीको पोलिटब्युरो सदस्यसमेत बनेका थिए। तर उनी एमाले र माओवादीबीच एकता हनुअघिसम्म माओवादी केन्द्रको पोलिटब्युरो सदस्य थिए। दुई पार्टीबीच एकता भएर नेकपा बनेपछि ढुंगाना पद घटुवामा परेका नेता हुन्। उनि नेकपामा प्रदेश कमिटी सदस्य मात्र थिए।

सर्वोच्च अदालतको फैसलाले एमाले र माओवादी केन्द्र अलगअलग भएपछि ढुंगाना एमालेमा क्रियाशील भइसकेका थिए हाल उनले एमालेबाट संगठित सदस्यता समेत लिईसकेका छन्। एक वर्षअघि नै एमाले बनेका ढुंगानाले यसबीच दर्जनौँपटक ओलीलाई पनि भेटिसकेका छन्। तर मलंगवामा आयोजित् शभामा उनै ढुंगानालाई एमाले अध्यक्ष ओलीले माओवादी केन्द्रका पोलिटब्युरो सदस्य भन्दै पार्टी प्रवेश गराएका हुन्।

माओवादी केन्द्र सर्लाहीले भने यसलाई एमालेको ‘प्रपोगान्डा राजनीति’ भन्दै व्यंग्य गरेको छ। ‘उहाँ एक वर्षअघि नै एमाले बन्नु भएको हो, हिजो फेरि एमालेमा प्रवेश गर्नु भएको सुन्दा अनौठो लाग्यो,’ माओवादी केन्द्रका सर्लाही जिल्ला इन्चार्ज अच्युतम काफ्लेले भने, ‘उहाँ एमालेसँग पार्टी एकता हुनुअघिसम्म मात्रै माओवादीको पोलिटब्युरो सदस्य हो। नेकपा बनेपछि प्रदेश कमिटी सदस्य हुनुभयो। पछि दुई पार्टीलाई अदालतले अलगअलग गरेदेखि नै एमाले बन्नुभएको हो।’

नेता ढुंगानाले पनि एक वर्षअघि देखि नै आफू एमालेमा क्रियाशील भएको स्वीकार गरे। ‘हिजो त ‘बिरालो बाँधेर श्राद्ध गरे जस्तो’ मात्रै हो,’ नेता ढुंगानाले भने, ‘मैले एमाले बनेको घोषणा एक वर्षअघि नै गरिसकेको थिएँ। साथीहरुले प्रवेश गर्नुपर्छ भनेपछि अध्यक्ष ओलीको हातबाट टीका लगाएको मात्रै हो।’

एमालेसँग एकता गर्दा आफूलाई नेकपाको केन्द्रीय समितिमा नराखेको भन्दै ढुंगाना प्रचण्डसँग रुष्ट थिए। ‘प्रचण्डले त्यतिबेला देखि नै मलाई छाडेका हुन्। बागमतीको मेयर बनेपछि भरत थापाले पनि छाडे,’ उनले भने, ‘त्यतिबेलादेखि नै मलाई माओवादीप्रति मन मरेको हो। दुई पार्टी एक भएपछि मलाई नेकपाको प्रदेश कमिटीमा राखिएको थियो। त्यो कमिटी डम्पिङ साइट न थियो।’

उनले ओलीले छिट्टै आफूलाई एमालेको केन्द्रीय सदस्य बनाउने आश्वासन दिएको सुनाए। ‘अध्यक्ष ओलीलाई काठमाडौँमा भेटर पनि कुरा गरेको छु। उहाँले छिट्टै एमालेको केन्द्रीय सदस्य बनाउने आश्वासन दिनु भएको छ,’ ढुंगानाले भने, ‘अब केही समयपछि नै एमालेको केन्द्रीय सदस्य बन्छु होला।’

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
पहाडका पाखामा हरियो क्रान्ति ः सुन्तला, स्याउ र ओखरले फेरिँदैछ ४० हजार परिवारको भविष्य
कृषिमा ऐतिहासिक बजेट २०८३/८४ सार्वजनिक! ५९ अर्बभन्दा बढी बजेट—कृषिमा ठूलो क्रान्ति! अब किसानको जीवन बदलिने संकेत
संविधान संशोधनमा बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्र बहादुर बस्नेतको कृषि तथा आर्थिक विकाससम्बन्धी अवधारणा प्रस्तुत

धेरै पढिएको

ताजा समाचार

  • १.
    पहाडका पाखामा हरियो क्रान्ति ः सुन्तला, स्याउ र ओखरले फेरिँदैछ ४० हजार परिवारको भविष्य

  • २.
    कृषिमा ऐतिहासिक बजेट २०८३/८४ सार्वजनिक! ५९ अर्बभन्दा बढी बजेट—कृषिमा ठूलो क्रान्ति! अब किसानको जीवन बदलिने संकेत

  • ३.
    संविधान संशोधनमा बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्र बहादुर बस्नेतको कृषि तथा आर्थिक विकाससम्बन्धी अवधारणा प्रस्तुत

  • ४.
    अर्बौं सकियो, कृषि आधुनिकीकरण कागजमै ९ वर्षमा न उत्पादन बढ्यो, न रोजगारी — प्रधानमन्त्री कृषि परियोजना असफलताको दलदलमा

  • ५.
    किसानको नाममा ‘परामर्श लुट’ ! कृषिका अर्बौं बजेट कर्मचारी–परामर्शदाता गठजोडमा सकिँदै ?

  • ६.
    कृषि अनुदानमा ३२ अर्ब खर्च, एकीकृत अभिलेख नहुँदा वास्तविक किसान मारमा

हाम्रो बारेमा

राष्ट्रिय किसान टेलिभिजन नेटवर्क प्रा.लि. द्वारा संचालित
www.hamrokishantv.com

स्थायी लेखा नं.: 609569986
मुख्य कार्यालय
Balkhu, Kathmandu, Nepal

सम्पर्क नम्बर
9851333100

ईमेल
hamrokishantelevision@gmail.com

हाम्रो टीम

सम्पादक
कामराज पन्त (सुमन)

मार्केटिङ
दुर्गा श्रेष्ठ

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 HamrokishanTv | All rights Reserved.
 Website By :  HamroKishanTv