• समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • कृषि समाचार
  • बैंक/वित्त
  • विचार/ब्लग
  • सफल किसान
  • सहकारी खबर
  • अन्तर्वार्ता
×
शनिबार, जेठ ०९, २०८३
    • समाचार
    • प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • कृषि समाचार
    • बैंक/वित्त
    • विचार/ब्लग
    • सफल किसान
    • सहकारी खबर
    • अन्तर्वार्ता
  • ☰

मोदीको राजा ज्ञानेन्द्रलाई भेटको प्रस्ताव : व्यवस्थानै परिवर्तन हुन सक्ने

काठमाडौं- गद्दीविहीन अवस्थामा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहको लोकप्रियता बढ्दै गएको बेला सरकारले उनलाई पूर्वराष्ट्राध्यक्ष स्वीकार गर्दै छैटौं मर्यादाक्रममा राख्ने तयारी गरेको छ ।

पूर्वमन्त्री दीपक ज्ञवालीका अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भेट्न चाहेपछि र चीनले समेत राजा ज्ञानेन्द्रको मर्यादाक्रम बारे चासो देखाए पछि सरकार मर्यादाक्रममा राख्न बाध्य भएको हो । यद्यपि उनले अहिलेका दलका नेताहरुभन्दा राजाको मर्यादा उच्च रहेको बताए । ज्ञवाली राजसंस्था चाहिन्छ भन्ने मान्यताका व्यक्ति हुन् ।

सरकारले तयार गरेको नयाँ मर्यादाक्रममा पूर्वराजालाई पूर्वराष्ट्रपतिसँगै राख्ने अन्तिम तयारी भएको छ । गृहमन्त्रीमा बालकृष्ण खाँड आएपछि गत पुस २० गते मर्यादाक्रम तोक्न सहसचिव शिवराम पोखरेलको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेका थिए । समितिले गत चैत ७ गते मर्यादाक्रम तयार गर्दै प्रतिवेदन बुझाएको थियो ।

नयाँ मर्यादाक्रमको पहिलो सूचीमा राष्ट्रपति, दोस्रोमा उपराष्ट्रपति, तेस्रोमा प्रधानमन्त्री, चौथोमा प्रधानन्यायाधीश र पाँचौँमा प्रतिनिधिसभाका सभामुख तथा राष्ट्रियसभाका अध्यक्ष, छैटौँमा पूर्वराजा, पूर्वराष्ट्रपति, उपप्रधानमन्त्री, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रहने व्यवस्था गर्न लागिएको हो ।

राजसंस्था र हिन्दु राष्ट्रको मुद्दा उठी रहेको बेला भारतीय प्रधानमन्त्री मोदीले पूर्वराजा संग भेट्ने चासो देखाउनु र भारतमा आयोजना हुने विभिन्न धार्मिक कार्यक्रम हरुमा पूर्वराजा लाई बिशिस्ट सम्मान दिनुलाई सामान्य भने लिन सकिदैन।

यहि समयमा नेपालमा सत्ता परिवर्तन र बम गठबन्धनको तिब्र चर्चा चलिरहेको छ। यसलाई जानकारहरु व्यवस्थानै परिवर्तन हुने संकेतको रुपमा समेत बताउँछन्। त्यस माथि एमाले अध्यक्ष केपी ओलीको समेत पूर्व राजा संग निकटता बढिरहेको चर्चा चलिरहेको छ। विदेशीहरु राजालाई पहिलेदेखि भेट्न खोज्दै आएका र अहिले पनि भेट्ने प्रयास गरिरहेका चर्चा भने समय समयमा चल्ने गरेको छ। तर राष्ट्रिय मर्यादा क्रममा नरहेका कारण भेट्न समस्या आईरहेको जानकारहरु बताउँछन्।

सरकारले पूर्वराष्ट्रपतिहरुलाई दर्जनौ सुविधाहरु दिए पनि राजा ज्ञानेन्द्र शाहलाई कुनै पनि बिशेष सुविधा दिएको छैन् । उनको सुरक्षामा सुरुमा सैनिक अधिकृतहरु राखिए पनि पछि हटाएर सशस्त्र प्रहरी राखिएको थियो । सशस्त्र प्रहरीको संख्या पनि पछि कटौती गरेर १५ जनामा सीमित गरिएको थियो। पूर्वराष्ट्रप्रमुखको मर्यादाक्रममा राख्ने प्रक्रिया सुरु भएसँगै गृहमन्त्री खाँडले अहिले केही सुरक्षाकर्मी थप गरेका छन् । ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
अर्बौं सकियो, कृषि आधुनिकीकरण कागजमै ९ वर्षमा न उत्पादन बढ्यो, न रोजगारी — प्रधानमन्त्री कृषि परियोजना असफलताको दलदलमा
किसानको नाममा ‘परामर्श लुट’ ! कृषिका अर्बौं बजेट कर्मचारी–परामर्शदाता गठजोडमा सकिँदै ?
कृषि अनुदानमा ३२ अर्ब खर्च, एकीकृत अभिलेख नहुँदा वास्तविक किसान मारमा

धेरै पढिएको

  • १.
    अर्बौं सकियो, कृषि आधुनिकीकरण कागजमै ९ वर्षमा न उत्पादन बढ्यो, न रोजगारी — प्रधानमन्त्री कृषि परियोजना असफलताको दलदलमा

  • २.
    किसानको नाममा ‘परामर्श लुट’ ! कृषिका अर्बौं बजेट कर्मचारी–परामर्शदाता गठजोडमा सकिँदै ?

ताजा समाचार

  • १.
    अर्बौं सकियो, कृषि आधुनिकीकरण कागजमै ९ वर्षमा न उत्पादन बढ्यो, न रोजगारी — प्रधानमन्त्री कृषि परियोजना असफलताको दलदलमा

  • २.
    किसानको नाममा ‘परामर्श लुट’ ! कृषिका अर्बौं बजेट कर्मचारी–परामर्शदाता गठजोडमा सकिँदै ?

  • ३.
    कृषि अनुदानमा ३२ अर्ब खर्च, एकीकृत अभिलेख नहुँदा वास्तविक किसान मारमा

  • ४.
    विदेशी मलमा अर्बौं निर्भरता अन्त्य गर्न सरकारको जोड : स्वदेशमै उत्पादनको विकल्प खोजिँदै

  • ५.
    बालेन बजेट : कृषिमा कायापल्ट गर्दे ०८३/८४ को नीति तथा कार्यक्रममा किसान केन्द्रमा : बीमादेखि डिजिटल भुक्तानीसम्म

  • ६.
    मुक्तिनाथ कृषि कम्पनीको चरम लापरबाही: बुटबलमा करोडौंको बधशाला अलपत्र

हाम्रो बारेमा

राष्ट्रिय किसान टेलिभिजन नेटवर्क प्रा.लि. द्वारा संचालित
www.hamrokishantv.com

स्थायी लेखा नं.: 609569986
मुख्य कार्यालय
Balkhu, Kathmandu, Nepal

सम्पर्क नम्बर
9851333100

ईमेल
hamrokishantelevision@gmail.com

हाम्रो टीम

सम्पादक
कामराज पन्त (सुमन)

मार्केटिङ
दुर्गा श्रेष्ठ

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 HamrokishanTv | All rights Reserved.
 Website By :  HamroKishanTv