• समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • कृषि समाचार
  • बैंक/वित्त
  • विचार/ब्लग
  • सफल किसान
  • सहकारी खबर
  • अन्तर्वार्ता
×
आइतबार, फागुन ०३, २०८२
    • समाचार
    • प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • कृषि समाचार
    • बैंक/वित्त
    • विचार/ब्लग
    • सफल किसान
    • सहकारी खबर
    • अन्तर्वार्ता
  • ☰

ग्रेटर नेपाल राष्ट्रबादी मोर्चाले बुझायो दलहरूलाई ज्ञापन पत्र,सुगौली सन्धि समाप्त भएको दाबी

आगामी मङ्सिर ४ हुने आमनिर्वाचनका क्रममा प्रमुख राजनीतिक दलले आफ्ना घोषणापत्रमा सुगौली सन्धिबाट गुमेको जमिन फिर्ता लिने विषयलाई समावेश गरून् भन्ने माग गर्दै ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाद्वारा ले प्रमुख राजनीतिक घटकहरुलाई ज्ञापनपत्र बुझाएको छ ।मोर्चाका अध्यक्ष फडिन्द्र नेपालको हस्ताक्षरमा जारी ज्ञापनपत्रमा सन् १९४७ अगस्त १४/१५ देखि सुगौली सन्धिको वैधानिकता समाप्त भएको हुनाले देशमा आगामी मङ्सिर ४ गते हुन गइरहेको आमचुनावमा राजनीतिक दलले आफ्नो घोषणापत्रमा मिचिएको , कब्जा गरिएको र उपनिवेशमा राखिएको नेपालको भूमि इन्डियाबाट फिर्ता लिने विषयलाई समावेश गरोस् भन्ने माग सहितको ज्ञापनपत्र प्रस्तुत गरेको छ ।
मोर्चाले सुगौली सन्धि खारेज भइसकेको दाबी गर्दै खारेज भएको तीन बुदे प्रमाण समेत ज्ञापन पत्रमा उल्लेख गरेको छ,भने ग्रेटर नेपाल राष्ट्रबादी मोर्चाले राजनीतिकपार्टीहरु नेपाली काँग्रेस ,नेकपा (एमाले),नेकपा ( माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी,जनता समाजवादी पार्टी, नेपाल र लोकतान्त्रिक समाजवादी पार्टीलाई कार्यातार्थ ज्ञापन पत्र बुजाएको छ ।
मोर्चाद्वारा जारी ज्ञापन पत्रको पूर्णपाठ:-
आगामी मङ्सिर ४ हुने आमनिर्वाचनका क्रममा प्रमुख राजनीतिक दलले आफ्ना घोषणापत्रमा सुगौली सन्धिबाट गुमेको जमिन फिर्ता लिने विषयलाई समावेश गरून् भन्ने माग गर्दै ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाद्वारा प्रस्तुत ज्ञापनपत्र
महोदय ,
सन् १९४७ अगस्त १४/१५ देखि सुगौली सन्धिको वैधानिकता समाप्त भएको भन्ने विषयमा ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले विगत दुई दशकदेखि राष्ट्रिय र अन्तर्राष्ट्रिय मञ्चहरूमा आवाज उठाउँदै आइरहेको छ । देशमा आगामी मङ्सिर ४ गते हुन गइरहेको आमचुनावलाई लक्ष्यित गरी राजनीतिक दलहरूले आआफ्ना दलका घोषणापत्र जनतासमक्ष प्रस्तुत गर्ने पूर्वसन्ध्यामा तपाईँको नेतृत्वको राजनीतिक दलले आफ्नो घोषणापत्रमा मिचिएको , कब्जा गरिएको र उपनिवेशमा राखिएको नेपालको भूमि इन्डियाबाट फिर्ता लिने विषयलाई समावेश गरोस् भन्ने विषयमा ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा तपाईँहरूको नेतृत्वको राजनीतिक दलसमक्ष यो ज्ञापनपत्र प्रस्तुत गर्दछ ।
यस क्रममा मोर्चा सुगौली सन्धिबाट मुलुक मुक्त भइसकेका प्रमाणहरूतर्फ तपाईँहरूको ध्यानाकर्षण गर्न चाहन्छ ।
१• नेपाल र संयुक्त अधिराज्य ब्रिटेनबीच सन् १८१६ मार्च ४ मा भएको सुगौली सन्धिबाट पूर्वतर्फ मेची र टिस्टा नदीका बीचको दार्जिलिङ र सिक्किम तथा सिलगढी , दिनाजपुर र रङ्गपुरसम्मको भूमि नेपालले बेलायतलाई परित्याग गर्नुपरेको थियो भने पश्चिमतर्फ काली नदी र सतलज नदीका बीचको पहाडी र समथर भूभाग छाड्नुपरेको थियो । यसै गरी दक्षिणतिर काली नदीबाट पूर्व कोसी नदीसम्मको सम्पूर्ण तराई बेलायतलाई सुम्पिनुपरेको थियो , यद्यपि सुगौली सन्धिमा माथि उल्लिखित भूभागहरू नेपालले ब्रिटेनलाई सदाका निम्ति परित्याग गर्नुपर्ने उल्लेख छ तर ब्रिटेनले सन् १८१६ डिसेम्बर ११ मा कोसीदेखि राप्तीसम्मको तराई र १८६० नोभेम्बर १ मा राप्तीदेखि कालीसम्मको तराई फिर्ता गरेपछि नेपालको सिमाना अस्थायी रूपमा मेचीदेखि महाकालीसम्म कायम भएको थियो ।
२. सन् १९४७ जुलाई १८ मा ब्रिटेनको संसद्ले पारित गरेको `इन्डिया स्वतन्त्रता ऐन’ अनुसार १९४७ अगस्त १४ मा पाकिस्तान र १५ मा इन्डिया स्थापित भएका थिए । उक्त ऐनअनुसार नेपालले फिर्ता पाउन बाँकी जमिन पनि स्वतन्त्र भएको थियो तर इन्डियाले तत्काल नेपालको ६०,००० वर्ग किलोमिटर जमिनमा उपनिवेश कायम गर्‍यो । सन् १९५० जुलाई ३१ मा भएको नेपाल-इन्डिया शान्ति तथा मैत्री सन्धिको धारा १ र ८ तथा १९५० अक्टोबर ३० मा भएको नेपाल-ब्रिटेन सन्धिको प्रस्तावना र धारा ८ ले सुगौली सन्धिलाई रद्द गरेको छ ।
३. सुगौली सन्धि रद्द भएपछि नेपालको सिमाना टिस्टा नदीदेखि सतलज नदीसम्म कायम हुन्छ, तर नेपाल, ब्रिटेन र इन्डियाले न उक्त सन्धिको पालना गरेका छन् न ऐनको । तसर्थ तपाईँहरूको राजनीतिक दलले ऐन र सन्धिबाट नेपालको अधिकारमा आइसकेको सुगौली सन्धिबाट गुमेर फिर्ता हुन बाँकी हाल इन्डिया र बङ्गलादेशमा रहेको जमिन फिर्ता लिने विषयलाई घोषणापत्रमा प्रतिबद्धताका रूपमा समावेश गरोस् भनी ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा जोडदार माग र आग्रह गर्दछ । धन्यवाद ,
कार्यार्थ:
१. सभापति , नेपाली काँग्रेस
२. अध्यक्ष , नेकपा (एमाले)
३. अध्यक्ष, नेकपा ( माओवादी केन्द्र)
४. अध्यक्ष, नेकपा (एकीकृत समाजवादी)
५. अध्यक्ष , राष्ट्रिय प्रजातन्त्र पार्टी
६. अध्यक्ष , जनता समाजवादी पार्टी, नेपाल
७. अध्यक्ष, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल
फणीन्द्र नेपाल
अध्यक्ष
ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा
२०७९ कार्तिक १

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Đầu Đít Câm Đánh Con Gì? Gợi Ý Chuẩn Xác Cho Bet Thủ FUN88

Tiến độ & quy mô tòa tháp đôi 40 tầng trong Marina Bayfront District

Review chi tiết: Nhà Cái Uy Tín 2025 có đáng để đầu tư thời gian?

धेरै पढिएको

ताजा समाचार

  • १.
    Đầu Đít Câm Đánh Con Gì? Gợi Ý Chuẩn Xác Cho Bet Thủ FUN88

  • २.

    Tiến độ & quy mô tòa tháp đôi 40 tầng trong Marina Bayfront District


  • ३.
    Review chi tiết: Nhà Cái Uy Tín 2025 có đáng để đầu tư thời gian?

  • ४.
    तरकारी र फलफूलको भन्सार बिन्दुमै अनिवार्य विषादी परीक्षण गर्न सर्वोच्चको परमादेश

  • ५.
    Chung Cư Sun Elite City Hạ Long Ngôi Nhà Nghỉ Dưỡng Trọn Vẹn Nhất

  • ६.
    रासायनिक मलमा अब ‘अनलाइन सिस्टम’ बाट ल्याइने कृषिमन्त्री डा. पमदन परियारको तयारी

हाम्रो बारेमा

राष्ट्रिय किसान टेलिभिजन नेटवर्क प्रा.लि. द्वारा संचालित
www.hamrokishantv.com

स्थायी लेखा नं.: 609569986
मुख्य कार्यालय
Balkhu, Kathmandu, Nepal

सम्पर्क नम्बर
9851333100

ईमेल
hamrokishantelevision@gmail.com

हाम्रो टीम

सम्पादक
कामराज पन्त (सुमन)

मार्केटिङ
दुर्गा श्रेष्ठ

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 HamrokishanTv | All rights Reserved.
 Website By :  HamroKishanTv