• समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • कृषि समाचार
  • बैंक/वित्त
  • विचार/ब्लग
  • सफल किसान
  • सहकारी खबर
  • अन्तर्वार्ता
×
मङ्गलबार, असार १७, २०८२
    • समाचार
    • प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • कृषि समाचार
    • बैंक/वित्त
    • विचार/ब्लग
    • सफल किसान
    • सहकारी खबर
    • अन्तर्वार्ता
  • ☰

व्यवस्था र अवस्थामाथि लोकतन्त्र पोस्टले उठायो राष्ट्रिय बहस,मेगेजिनको बिमोचन

झापाको मेचीनगरबाट प्रकाशित लोकतन्त्र पोस्टले एक सय पृष्ठको रंगिन विशेषांक (लोकतन्त्र मेगेजिन) प्रकाशित गरेको छ ।

लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि १४ वर्ष केपी ओली सँगै जेल जीवन बिताएका सानो दुर्गा अधिकारीको आवरण तस्बिर रहेको मेगेजिन सोमबार सानू दुर्गा अधिकारी र २०६२/०६३ को जनान्दोलनमा सेनाको गोली लागेर घाइते भएका गोपाल श्रेष्ठसहित मेचीनगरका १२ जना पत्रकारहरुले संक्षिप्त कार्यक्रमबीच संयुक्त रुपमा लोकार्पण गरेका छन्।
लोकतन्त्र पोस्ट दैनिकले बिगत आठ वर्षदेखि वार्षिक रुपमा रंगिन मेगेजिन प्रकाशित गर्दै आएको छ । हरेक वर्ष दसैंमा प्रकाशित हुँदै आएको मेगेजिन यसपाली तिहारमा प्रकाशित भएको पत्रिकाका सम्पादक तथा प्रकाशक मोहन काजीले बताए ।

एक सय पृष्ठ रहेको यसपालीको मेगेजिनको कभर थिम ‘व्यवस्था फेरियो, अवस्था उस्तै’ भन्ने रहेको छ ।

‘थुप्रै व्यवस्था फेरिदा पनि आम जनताको जीवनस्तरमा परिवर्तन आउन नसकेको विषयलाई जोडदार रुपमा उठाउनु यसपालीको मेगेजिनको उद्देश्य हो,’ काजीले भने–‘राज्यको नीति निर्माता र नेतृत्वदायी जिम्मेवारीमा रहेकाहरुलाई खबरदारी गर्न सक्यौं भने हामी सफल भएको ठान्नेछौं । मेगेजिनको सन्देश पनि यही हो ।’
मेगेजिनभित्र राष्ट्रगानका रचयिता व्याकुल माइला, चराखोजकर्ता देबेन्द्र खरेल,सप्तकोशी विकास बैंकका कामु सीइओ दिनेश पोखरेल,क्यान्सर रोग विशेषज्ञ डा. वीरेन्द्र यादव र नेत्ररोग विशेषज्ञ डा. जेनु शैजुको विशेष र रोचक अन्तरवार्ता प्रकाशित छ ।
यसैगरी, प्रख्यात राजनीतिक विश्लेषक डम्बर खतिवडा, डा. अरुणा उप्रेती, कमन देवान लगायतको फरक धारका विशेष लेख प्रकाशित रहेका छन् भने
जनार्दन दाहाल र विन्दु अधिकारीको साहित्यिक रचना समेत समेटिएको छ । राजकुमार दिक्पाल, अम्बिका भण्डारी, अर्जुन कार्की र रेवतिराज घिमिरेको खोजमूलक लेख प्रकाशित छ।

  • #भृकुटी न्युूज #लोकतन्त्र पोस्ट # झापा
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
कृषियोग्य जमिनलाई गैरकृषिमा परिणत गर्न नमिल्ने गरी विशेष कानुन तर्जुका लागि सिफरिस
गभर्नरको उम्मेदवार बन्न बैंकबाट राजीनामा दिएको हुँ– ज्ञानेन्द्र प्रसाद ढुंगाना

धेरै पढिएको

ताजा समाचार

  • १.
    कृषियोग्य जमिनलाई गैरकृषिमा परिणत गर्न नमिल्ने गरी विशेष कानुन तर्जुका लागि सिफरिस

  • २.
    कृषिमा यान्त्रिकीकरणः खेती गर्न सहज, उत्पादनमा पनि वृद्धि

  • ३.

  • ४.
    एनएमबी बैंकले माग्यो २० जना ‘म्यानेजमेन्ट ट्रेनी’

  • ५.
    गभर्नरको उम्मेदवार बन्न बैंकबाट राजीनामा दिएको हुँ– ज्ञानेन्द्र प्रसाद ढुंगाना

  • ६.
    चियाको पहिलो टिपाइ सुरु

हाम्रो बारेमा

राष्ट्रिय किसान टेलिभिजन नेटवर्क प्रा.लि. द्वारा संचालित
www.hamrokishantv.com

स्थायी लेखा नं.: 609569986
मुख्य कार्यालय
Balkhu, Kathmandu, Nepal

सम्पर्क नम्बर
9851333100

ईमेल
hamrokishantelevision@gmail.com

हाम्रो टीम

सम्पादक
कामराज पन्त (सुमन)

मार्केटिङ
दुर्गा श्रेष्ठ

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2025 HamrokishanTv | All rights Reserved.
 Website By :  HamroKishanTv