• समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • कृषि समाचार
  • बैंक/वित्त
  • विचार/ब्लग
  • सफल किसान
  • सहकारी खबर
  • अन्तर्वार्ता
×
शनिबार, जेठ ०९, २०८३
    • समाचार
    • प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • कृषि समाचार
    • बैंक/वित्त
    • विचार/ब्लग
    • सफल किसान
    • सहकारी खबर
    • अन्तर्वार्ता
  • ☰

झापा एकमा गुमनाम भिडन्त,यस्तो छ स्थिति

८ कार्तिक
झापा निर्वाचन क्षेत्र न. १ अहिले खासै चर्चामा छैन तर यो छेत्रमा अहिले देशका राम्रा संभावना बोकेका तीन युवा उम्मेद्वार मैदानमा सक्रिय रहेका छन्। एमालेका अग्नि खरेल, र पाँच दलीय गठबन्धनबाट नेपाली काङ्ग्रेसका विश्व प्रकाश शर्मा बिच प्रमुख प्रतिस्पर्धा रहेको छ भने स्वतन्त्र अभियानबाट समाजमा सक्रिय अर्का युवा मुकुन्द दहाल नेपालका लागि नेपाली पार्टीको शंख चुनाव चिन्ह लिएर मैदानमा खडा भएका छन् । स्थानीय निर्वाचनको परिणामलाई हेर्ने हो भने यो क्षेत्र नेकपा एमालेको बर्चस्व कायम रहेको छेत्र हो तर परिणाम भने व्यक्ति र व्यक्तित्वमुखि पनि देखिन्छ। अघिल्लो स्थानीय निर्वाचनमा काङ्ग्रेसका बिमल आचार्य मेयरमा विजयी बनेका थिए भने अहिले पछिल्लो स्थानीय निर्वाचनमा पाँच दलीय गठबन्धनका बाबजुद पनि एमालेका गोपाल चन्द्र बुडाथोकी मेयर र एमेलेकै मिना उप्रेती उपमेयरमा, बहुमत वडाहरु सहित विजय हाँसिल गर्न सफल भएको स्थिति छ। अघिल्लो प्रतिनिधि सभामा एमाले माओवादीको गठबन्धनले माओवादीका राम कार्की विजयी भए र विश्व प्रकाश शर्मा झिनो मतले पराजित बनेका थिए । प्रभाव र सेवाका हिसाबले विश्व प्रकाश लोकप्रिय छन् तर गणितले भने एमाले पाँच दलिय गठबन्धन भन्दा बलियो छ त्यसमाथि राप्रपासँगको तालमेलले एमालेलाई थप बल पुर्याएको छ । अग्नि खरेल गणितीय हिसाबले लगभग ढुक्क देखिन्छन् भने शङ्ख चुनाव चिन्हबाट मैदानमा रहेका मुकुन्द दहालको उपस्थितले पनि एमालेलाई नै फाइदा पुग्ने एमालेको निष्कर्ष छ। स्थानीय निकायको निर्वाचनमा गठबन्धन हुँदाहुँदै पनि माओबादीका प्रतिनिधिले प्राप्त गरेको लज्जास्पद मतपरिणामबाट स्थानीय माओबादीले काङ्ग्रेसबाट तिरस्कार र दुर्व्यवहार भएको रुपमा बुझेको छ भने यसै कारण सबै माओबादीले काङ्ग्रेसलाई भोट हाल्दैनन भन्ने एमालेको अर्को बुझाइ पनि छ करिब आठहजार हाराहारीमा माओबादीको सङ्गठित मत रहेको यश निर्वाचन छेत्रबाट एमालेले माओबादीको सङ्गठित मत भत्काउने र माओबादी कार्यकर्तालाई एमाले प्रवेश गराउने कुरालाई मुख्य प्राथमिकतामा राखेको देखिन्छ।काङ्ग्रेस भित्रको आन्तरिक कलह र जुँगाको लडाइँ भित्र पनि एमालेले नाफाघाटाको हिसाब निकालेको छ।
उता गठबन्धनका साझा उम्मेद्वार विश्व प्रकाशको हिसाब भनेको मुख्यतया गठबन्धनको मत मिलान नै हो ।एमाले भित्रको असन्तुष्ट समूहले पनि साथदिने उनमा झिनो आशा देखिन्छ। मुख्यतया लोकप्रियताको मतमा बढी विश्वास गरिरहेका विश्व प्रकाशले विपक्षीको आलोचना कमै मात्र गर्ने गरेका छन् भने राजनीतिमा असल संस्कार बिकासका निम्ति लागिरहेको कुरा जनतामाझ उनले स्थापित गरेका छन् । अर्को उनको हिसाब आफ्नो गृह छेत्रप्रतिको विश्वास हो। उनी निरन्तर गृह छेत्रबाटै उम्मेद्बारी दिइरहेका छन् तर प्रतिस्पर्धामा रहेका एमालेका अग्नि खरेल भने आफ्नो छेत्र छोडेर छेत्र परिवर्तन गर्दै अहिले झापा एकमा पुगेका छन् । अर्कातर्फ अग्नि खरेल प्रतिको मानिसहरूको बुझाइले पनि विश्व प्रकाशलाई बल पुगेको देखिन्छ । मुख्य गरि जवजका व्याख्याता घनश्याम भुषाललाई पार्टीबाट किनारा लगाउन र देशभक्त छवि बनाएका नेता डा.भिम रावललाई टिकटबाट रोक्न पर्दा पछाडिको कुटिल षड्यन्त्रमा अग्नि खरेल सामेल रहेको जनमानसमा बुझाइ छ । के.पी ओलीका प्रमुख विश्वास पात्र रहेका अग्नि खरेलले ओलीलाई संसद विघटन जस्तो असंवैधानिक कदममा उक्साएर मुलुकलाई अस्थिर राजनीतिको दुस्चक्रमा हाल्न भूमिका खेलेको भन्ने गम्भिर आरोप एमाले भित्र र बाहिरको ठूलो पङ्तिले लगाइरहेको छ। खरेलप्रतिको यस्तो खाले जन बुझाइ, छेत्र परिवर्तन र स्थानीयताको सवाल आदि कारणले पनि विश्व प्रकाशलाई थप राहत दिएको छ।
तर यही छेत्रमा दलप्रति निरास र नेताप्रतिको अविश्वास व्यक्त गर्ने,हिन्दु धर्म संस्कृतिप्रति आस्था राख्ने र स्वतन्त्र भूमिकामा विश्वास गर्ने जनमत पनि कम छैन। यस्तो जनमतले स्वतन्त्र सामाजिक भूमिकाबाट राजनीतिक उपस्थितिमा आएका नयाँ युवा अनुहार मुकुन्द दहाललाई साथ दिने देखिन्छ। यस्तो अवस्थामा गठबन्धन र एमालेको भिडन्त भित्र मुकुन्द दहालको उपस्थिति अग्नि खरेल र विश्व प्रकाशलाई फलामको चिउरा हुने देखिन्छ । यो पटक झापा एकले कस्तो परिणाम दिन्छ भन्ने कुराको सहज अनुमान कसैले गर्न सक्ने स्थिती छैन ।

  • #भृकुटी न्युूज
  • #विश्व प्रकाश शर्मा#अग्नि खरेल #मुकुन्द दहाल
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
अर्बौं सकियो, कृषि आधुनिकीकरण कागजमै ९ वर्षमा न उत्पादन बढ्यो, न रोजगारी — प्रधानमन्त्री कृषि परियोजना असफलताको दलदलमा
किसानको नाममा ‘परामर्श लुट’ ! कृषिका अर्बौं बजेट कर्मचारी–परामर्शदाता गठजोडमा सकिँदै ?
कृषि अनुदानमा ३२ अर्ब खर्च, एकीकृत अभिलेख नहुँदा वास्तविक किसान मारमा

धेरै पढिएको

  • १.
    अर्बौं सकियो, कृषि आधुनिकीकरण कागजमै ९ वर्षमा न उत्पादन बढ्यो, न रोजगारी — प्रधानमन्त्री कृषि परियोजना असफलताको दलदलमा

  • २.
    किसानको नाममा ‘परामर्श लुट’ ! कृषिका अर्बौं बजेट कर्मचारी–परामर्शदाता गठजोडमा सकिँदै ?

ताजा समाचार

  • १.
    अर्बौं सकियो, कृषि आधुनिकीकरण कागजमै ९ वर्षमा न उत्पादन बढ्यो, न रोजगारी — प्रधानमन्त्री कृषि परियोजना असफलताको दलदलमा

  • २.
    किसानको नाममा ‘परामर्श लुट’ ! कृषिका अर्बौं बजेट कर्मचारी–परामर्शदाता गठजोडमा सकिँदै ?

  • ३.
    कृषि अनुदानमा ३२ अर्ब खर्च, एकीकृत अभिलेख नहुँदा वास्तविक किसान मारमा

  • ४.
    विदेशी मलमा अर्बौं निर्भरता अन्त्य गर्न सरकारको जोड : स्वदेशमै उत्पादनको विकल्प खोजिँदै

  • ५.
    बालेन बजेट : कृषिमा कायापल्ट गर्दे ०८३/८४ को नीति तथा कार्यक्रममा किसान केन्द्रमा : बीमादेखि डिजिटल भुक्तानीसम्म

  • ६.
    मुक्तिनाथ कृषि कम्पनीको चरम लापरबाही: बुटबलमा करोडौंको बधशाला अलपत्र

हाम्रो बारेमा

राष्ट्रिय किसान टेलिभिजन नेटवर्क प्रा.लि. द्वारा संचालित
www.hamrokishantv.com

स्थायी लेखा नं.: 609569986
मुख्य कार्यालय
Balkhu, Kathmandu, Nepal

सम्पर्क नम्बर
9851333100

ईमेल
hamrokishantelevision@gmail.com

हाम्रो टीम

सम्पादक
कामराज पन्त (सुमन)

मार्केटिङ
दुर्गा श्रेष्ठ

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 HamrokishanTv | All rights Reserved.
 Website By :  HamroKishanTv