• समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • कृषि समाचार
  • बैंक/वित्त
  • विचार/ब्लग
  • सफल किसान
  • सहकारी खबर
  • अन्तर्वार्ता
×
आइतबार, फागुन ०३, २०८२
    • समाचार
    • प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • कृषि समाचार
    • बैंक/वित्त
    • विचार/ब्लग
    • सफल किसान
    • सहकारी खबर
    • अन्तर्वार्ता
  • ☰

माछा र सुूर्यको चेपुवामा परे झलनाथ खनाल, यस्तो छ इलाम एकको स्थिती

१४ कात्तिक २०७९
पशुपतिनगर (इलाम), कात्तिक १४ गते ।इलामको क्षेत्र नं. १ प्रतिनिधि सभा सदस्यका उम्मेदवार झलनाथ खनाल यतिबेला आफ्नो निर्वाचन क्षेत्रका मतदाताका घरघरमा पुगेकाछन् । पूर्वप्रधानमन्त्री तथा नेकपा एसका सम्मानित नेता खनाललाई इलाम क्षेत्र नं. १ मा गठबन्धनमा रहेका दल नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले समर्थन गरेका छन्। तर यो समर्थन र गठबन्धनको मत मिलानले फेलखाने स्थिति देखा परेको छ।
गठबन्धन भित्रकै दल नेपाली काङ्ग्रेसले पार्टीको आन्तरिक एकता बलियो बनाउन सकेको छैन भने झलनाथको निर्वाचन छेत्रमा जम्मा माओबादी केन्द्रको सङ्गठित मत संख्या तीन सय त्रिपन्न मात्रै रहेको छ। यसरी हेर्दा माओबादीसँगको गठबन्धन केवल नामको मात्रै देखिन्छ।
झलनाथले आफूसँग कुनै प्रतिस्पर्धी नभएको दाबी गरेका छन् तर उनले चुनाव जित्न ठूलो चुनौती झेल्नु पर्ने देखिएको छ।  , “आफैँले राजनीतिमा डो-याएकासँग खासै प्रतिस्पर्धा हुँदैन।” भन्ने झलनाथको प्रतिक्रियालाई नेकपा (एमाले)का जिल्ला अध्यक्ष महेश बस्नेत र माछा चुनाव चिन्ह लिएर इलाम १ मा चुनावी मैदानमा रहेका पुराना प्रजातन्त्रबादी नेता बिक्रम पाण्डेले चुनौती दिएका छन् ।बाहिर हेर्दा प्रमुख प्रतिस्पर्धा खनालले एमालेका महेस बस्नेतसँग गर्नु पर्ने देखिन्छ भने बिक्रम पाण्डे बस्नेत र खनाल दुबैका निम्ति फलामको चिउरा बनेका छन् ।बस्नेत इलाम नगरपालिकाका पूर्वनगरप्रमुख हुन। प्रतिस्पर्धी बस्नेत युवा भएका कारण आफूले चुनाव जित्ने दाबी गरिरहेका छन् भने स्वतन्त्र उम्मेद्बार बिक्रम पाण्डे  प्रजातान्त्रिक आन्दोलनमा सक्रिय काङ्ग्रेस पृष्ठभूमिका लोकप्रिय र स्थापित नेता हुन। झलनाथको चालिस वर्ष देखिको निरन्तर विजय र उनले गरेका कर्मको  बिगतलाई नजिकबाट हेरेका इलामे जनताले यसवर्ष राम्रो पाठ सिकाएर पठाउने अठोट गरेको देखिन्छ भने देशभर उठेको स्वतन्त्रको लहरले इलाम एकलाई पनि राम्रै छोएको छ। भने झलनाथको चालिस वर्षको भूमिकाले आजित इलामे जनताको आक्रोशको आगोमा स्वतन्त्र उम्मेद्बार बिक्रम पाण्डेले अर्गानिक घिउ हालिरहेका छन्।
यस्तो छ गणित:-
इलाम निर्वाचन क्षेत्र नं. १ मा सूर्योदय  र माई नगरपालिका तथा माईजोगमाई, सन्दकपुर र रोङ गाउँपालिका गरी पाँच स्थानीय तह रहेका छन्। इलाम नगरपालिकाको वडा नं. १० पनि यसै निर्वाचन छेत्र अन्तरगत  पर्दछ। गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा सूर्योदय नगरपालिकाको प्रमुखमा नेकपा एसका उम्मेदवार रणबहादुर राई विजयी भएका थिए । माई नगरपालिकाको प्रमुख र माईजोगमाई गाउँपालिकाको अध्यक्षमा एमालेका उम्मेदवार विजयी बनेका थिए  भने सन्दकपुर र रोङ गाउँपालिकाको अध्यक्ष नेपाली कांग्रेसले जितेको छ । ३९ वटा वडा रहेको यो निर्वाचन क्षेत्रमा स्थानीय निर्वाचनमा नेपाली काग्रेसले १६, एमालेले १५, समाजवादीले सात र स्वतन्त्रले एक वडा जितेका थिए। माओबादी शून्य सिटमा छ। यसरी हेर्दा १६ वटा वडा जितेका काङ्ग्रेस अहिले नयाँ सल्लाह गरिरहेका छन् भने सुर्योदय नगरपालिकामा हिजो नेकपा एस सँगको काङ्ग्रेसको मजबुद सहकार्य अहिले आन्तरिक रुपमा पूर्णरुपमै भत्किएको छ। यस्तो अवस्थामा माछा र सूर्यको चेपुवामा परेका झलनाथ कसरी काँडा र रापबाट उम्किएर प्रतिनिधि सभामा आइपुग्लान ?भिडन्त रोचक छ।

  • #भृकुटी न्यूज #झलनाथ खनाल #इलाम
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Đầu Đít Câm Đánh Con Gì? Gợi Ý Chuẩn Xác Cho Bet Thủ FUN88

Tiến độ & quy mô tòa tháp đôi 40 tầng trong Marina Bayfront District

Review chi tiết: Nhà Cái Uy Tín 2025 có đáng để đầu tư thời gian?

धेरै पढिएको

ताजा समाचार

  • १.
    Đầu Đít Câm Đánh Con Gì? Gợi Ý Chuẩn Xác Cho Bet Thủ FUN88

  • २.

    Tiến độ & quy mô tòa tháp đôi 40 tầng trong Marina Bayfront District


  • ३.
    Review chi tiết: Nhà Cái Uy Tín 2025 có đáng để đầu tư thời gian?

  • ४.
    तरकारी र फलफूलको भन्सार बिन्दुमै अनिवार्य विषादी परीक्षण गर्न सर्वोच्चको परमादेश

  • ५.
    Chung Cư Sun Elite City Hạ Long Ngôi Nhà Nghỉ Dưỡng Trọn Vẹn Nhất

  • ६.
    रासायनिक मलमा अब ‘अनलाइन सिस्टम’ बाट ल्याइने कृषिमन्त्री डा. पमदन परियारको तयारी

हाम्रो बारेमा

राष्ट्रिय किसान टेलिभिजन नेटवर्क प्रा.लि. द्वारा संचालित
www.hamrokishantv.com

स्थायी लेखा नं.: 609569986
मुख्य कार्यालय
Balkhu, Kathmandu, Nepal

सम्पर्क नम्बर
9851333100

ईमेल
hamrokishantelevision@gmail.com

हाम्रो टीम

सम्पादक
कामराज पन्त (सुमन)

मार्केटिङ
दुर्गा श्रेष्ठ

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 HamrokishanTv | All rights Reserved.
 Website By :  HamroKishanTv