• समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • कृषि समाचार
  • बैंक/वित्त
  • विचार/ब्लग
  • सफल किसान
  • सहकारी खबर
  • अन्तर्वार्ता
×
मङ्गलबार, असार २३, २०८३
    • समाचार
    • प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • कृषि समाचार
    • बैंक/वित्त
    • विचार/ब्लग
    • सफल किसान
    • सहकारी खबर
    • अन्तर्वार्ता
  • ☰

विश्व प्रकाश जस्तै असल मान्छे बन्न अग्नि खरेललाई काकाको सुझाव

नेपाली काङ्ग्रेसका प्रभावसाली युवा नेता एवम झापा एकको प्रतिनिधिसभा सदस्यका उम्मेद्बार विश्व प्रकाश शर्माको एमालेका अर्का उम्मेद्बार अग्नि खरेलले चरीत्र हत्या गरेको भन्दै विश्व प्रकाश शर्माको परिवारले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।चुनावको समयमा आफ्नो छोरो (भतिज) विश्वप्रकाश शर्मामाथि अनर्गल प्रचार गरिएकोप्रति आफुहरुको ध्यानाकर्षण भएको काका चन्द्र भण्डारीले जनाएका छन् ।सञ्चारकर्मी तथा स्वतन्त्र वाम विश्लेषक भण्डारीले सामाजिक सञ्जालमार्फत विश्वप्रकाशसँग आफ्नो वैचारिक आस्था र विश्वास फरक रहेपनि चुनावको समयमा नानाथरिका अनर्गल प्रचारबाजी भएको भन्दै आपत्ति जनाएका हुन् ।
भण्डारीले विचार मिले गधालाई पनि गाई देख्ने र नमिले जे पनि बर्बराउनु आचारसंहिता भित्र पर्छ कि पर्दैन ? भनेर प्रश्न समेत गरेका छन् ।शर्मालाई पादरी भनेर खुइल्याउन खोजिएको भन्दै भण्डारीले आपत्ति जनाएका छन् ।उनले शर्माको शालिनता र भद्रतालाई कमजोरी नठान्न चेतावनी दिएका छन्।‘विश्वप्रकाशको शैलीबाट सिक्ने बुझ्ने कि  तथानाम गर्ने? प्रश्न गर्दै उनले लेखेका छन,‘आग्नि जीलाई आग्रह छ यस्तो हर्कतले निर्वाचन स्वस्थ हुँदैन । भेद खोतल्दै जाँदा आन्द्राभुँडी देखिन्छ भन्ने कुरा सम्बन्धित सबैमा हेक्का रहोस।’अग्नि खरेललाई क्षेत्र नम्बर १ मा पाहुना उम्मेदवार भएको भन्ने आलोचनालाई इङ्गित गर्दै भण्डारीले लेखेका छन्–‘झापामा त्यसमाथी हालको क्षेत्र नम्बर १ मा बाल्यकालदेखि नै कम्युनिष्ट आन्दोलन र प्रजातान्त्रिक आन्दोलन उठाउन केके गरियो बुझ्न चाहनुहुन्छ भने अग्नि जीलाई हार्दिक आमन्त्रण छ।’ कसैको निष्ठा, आदर्श, त्याग र बलिदानलाई होच्याउने दुष्प्रयास कसैले  नगर्न भण्डारीले चेतावनी दिएकाछन्। आफु नेपाली कांग्रेस नभएको र हुनसमेत नसक्ने तर राजनीतमा संस्कार र संस्कृतिको खडेरी पर्न थाल्दा असल मान्छे जुनसुकै दलमा आबद्ध छनभने तिनलाई जोगाउनु,उत्साहित तुल्याउनु कर्तव्य हुने भण्डारीले उल्लेख गरेका छन्।

  • #विश्व प्रकाश शर्मा #अग्नि खरेल #भृकुटी न्यूज
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
पहाडका पाखामा हरियो क्रान्ति ः सुन्तला, स्याउ र ओखरले फेरिँदैछ ४० हजार परिवारको भविष्य
कृषिमा ऐतिहासिक बजेट २०८३/८४ सार्वजनिक! ५९ अर्बभन्दा बढी बजेट—कृषिमा ठूलो क्रान्ति! अब किसानको जीवन बदलिने संकेत
अर्बौं सकियो, कृषि आधुनिकीकरण कागजमै ९ वर्षमा न उत्पादन बढ्यो, न रोजगारी — प्रधानमन्त्री कृषि परियोजना असफलताको दलदलमा

धेरै पढिएको

ताजा समाचार

  • १.
    पहाडका पाखामा हरियो क्रान्ति ः सुन्तला, स्याउ र ओखरले फेरिँदैछ ४० हजार परिवारको भविष्य

  • २.
    कृषिमा ऐतिहासिक बजेट २०८३/८४ सार्वजनिक! ५९ अर्बभन्दा बढी बजेट—कृषिमा ठूलो क्रान्ति! अब किसानको जीवन बदलिने संकेत

  • ३.
    संविधान संशोधनमा बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्र बहादुर बस्नेतको कृषि तथा आर्थिक विकाससम्बन्धी अवधारणा प्रस्तुत

  • ४.
    अर्बौं सकियो, कृषि आधुनिकीकरण कागजमै ९ वर्षमा न उत्पादन बढ्यो, न रोजगारी — प्रधानमन्त्री कृषि परियोजना असफलताको दलदलमा

  • ५.
    किसानको नाममा ‘परामर्श लुट’ ! कृषिका अर्बौं बजेट कर्मचारी–परामर्शदाता गठजोडमा सकिँदै ?

  • ६.
    कृषि अनुदानमा ३२ अर्ब खर्च, एकीकृत अभिलेख नहुँदा वास्तविक किसान मारमा

हाम्रो बारेमा

राष्ट्रिय किसान टेलिभिजन नेटवर्क प्रा.लि. द्वारा संचालित
www.hamrokishantv.com

स्थायी लेखा नं.: 609569986
मुख्य कार्यालय
Balkhu, Kathmandu, Nepal

सम्पर्क नम्बर
9851333100

ईमेल
hamrokishantelevision@gmail.com

हाम्रो टीम

सम्पादक
कामराज पन्त (सुमन)

मार्केटिङ
दुर्गा श्रेष्ठ

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 HamrokishanTv | All rights Reserved.
 Website By :  HamroKishanTv