• समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • कृषि समाचार
  • बैंक/वित्त
  • विचार/ब्लग
  • सफल किसान
  • सहकारी खबर
  • अन्तर्वार्ता
×
शनिबार, जेठ ०९, २०८३
    • समाचार
    • प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • कृषि समाचार
    • बैंक/वित्त
    • विचार/ब्लग
    • सफल किसान
    • सहकारी खबर
    • अन्तर्वार्ता
  • ☰

एमाले र माओवादी केन्द्र सहमतीको नजिक ,देउवाले थाले यस्तो रणनीति

एमाले र  माओबादी केन्द्र सत्ता समीकरणका निम्ति सहमतिको नजिक पुगेका छन् । दुवै पार्टीको तेस्रो बरियताबाट सुरु भएको गोप्य छलफललाई दोस्रो  बरियाताले आधिकारिकता दिएको बताइएको छ ।  अब उच्च नेतृत्व तहमा वार्ताको तयारी रहेको श्रोतले बताएको छ । प्रचण्डको गोप्य सन्देश लिएर बालकोट पुगेका देव गुरुङ सकारात्मक सन्देश लिएर खुमलटार फर्किएको श्रोतले बताएको छ । प्रचण्डको तर्फबाट उच्च तहको पहिलो वार्ताको नेतृत्व देव गुरुङ,झलनाथ खनाल र नारायणकाजी श्रेष्ठले गर्ने र एमालेको तर्फबाट ईश्वर पोख्रेल ,प्रदिप ज्ञवाली र सुवास नेम्बाङले गर्ने जनाइएको छ ।
देव गुरुङसँगको वार्तामा माधवप्रति कठोर  देखिएका ओलीले प्रचण्डप्रति सकारात्मक धारणा  राखेको बताइएको छ भने ओलीप्रति अनुदार देखिएका प्रचण्ड समग्र एमालेप्रति सकारात्मक भाव राखिरहेको श्रोतले बताएको छ ।
नेता गुरुङसँगको भेटमा ओलीले आफूमाथि प्रचण्डले  लगाएको १९ बुँदे आरोप पत्र कस्ले तयार पारेको हो ? भनेर सोधेका थिए कुटनैतिक शैलीमा प्रस्तुत भएका चलाख नेता गुरुङले १९ बुँदे आरोपमा  कच्चा पूर्वाग्रह  र  गम्भिर राजनीतिक सैद्धान्तिक बिचलन दुबै  रहेकोले मिलेर सच्याउनु पर्ने आवस्यकता रहेको बताएका थिए ।
प्रतिप्रश्न गर्दै ओलीले यो सच्याउन माधव नेपाल र बाबुराम भट्टराई तयार छन् ? भनेर सोधेका थिए । ओलीले बाबुरामको नाम लिएपछि  झस्किएका देव गुरुङ्ले बाबुराम र माधव नेपाल  अबको राजनीतिमा मिडिल पोइन्ट हुन् र ? भने पछि मुसुक्क हास्दै ओलीले “म सकारात्मक भएँ तपाईंले कन्भिन्स गर्नु भो” भन्ने जवाफ दिएको श्रोतले बताएको छ ।
छुट्ने बेलामा देव गुरुङले पुन: माधव,बाबुराम मिडिल पोइन्ट नभएको भन्दै प्रचण्डको आरोप पत्र सच्चिनेमा ओलीलाई आस्वस्त पारे, हिजोको संसद विघटनलाई राजनीतिक समिक्षाको विषय बनाएर प्रस्तुत हुन ओलीलाई नेता गुरुङले अग्रह  समेत गरेका थिए ।
ओलीको सकारात्मक सन्देश बोकेर खुमलटार पुगेका देवगुरुङको कुराले प्रचण्डमाथि दवाव परिरहेको निकट श्रोतले बताएको छ भने माधव नेपाल र बाबुराम भट्टराईले प्रचण्डमाथि आँखा तर्न सुरुगरेका छन् । देव गुरुङको आत्मविश्वासले कति काम गर्छ त्यो भने हेर्न बाँकी छ।
यता एमाले र माओबादीको सत्ता समीकरणको कसरतले झस्किएका देउवाले पनि एमालेसँग हातमिलाउने प्रस्ताव पठाएका छन् ।  देउवाले ओलीलाई प्रत्यक्ष टेलीफोन गर्दै धमिलो मन सहित हलुँगो  भारी बोक्नु भन्दा फराकिलो र उज्यालो मन सहित गह्रौगो भारी बोक्नु हितकर हुने अनुभुति भएको र प्रचण्डको दोहोरो चरित्रसँग आफू आजित भएको  बताएका छन् । देउवाको प्रस्ताव र आसय बुझेका ओलीले देउवाको कुरालाई सकारात्मक लिएनन् उनले “उज्यालो मन र गह्रौगो भारी तलमेल नखाने , गह्रौ भारी बोकेर कसरी हास्तै हिड्न सकिन्छ र प्रधानमन्त्री ज्यू ?”भन्दै व्यंग्य पूर्ण ठट्टाको जवाफ फर्काएको श्रोतले बताएको छ । ओलीको मन  देउवासँग पनि धेरै कुँडिएको निकट मानिसहरु बताउने गर्छन् । एमाले भित्र काङ्ग्रेससँग मिलेर जाने वा माओबादीसँग भन्नेमा दुइधार देखिएको छ भने माओबादी भित्र पनि त्यस्तै अवस्था छ । काङ्ग्रेस नराम्रो अन्तरकलहमा फसेको र आफ्नो पार्टीभित्र अप्रिय रुपमा हिजो खेलेको भन्ने ओलीको घाइते बुझाइमा काङ्ग्रेसले मलमपट्टी गर्ने प्रयत्न गरिरहेको छ । ओलीले कोसँगको सहकार्यमा जाने भन्ने विषयलाई नेतृत्वको मर्जी नभएर समग्रपार्टीको निर्णय बनाएर छलफल गर्ने सोच बनाएको श्रोतले बताएको छ। एमाले पार्टीको सबै तहका कमिटीहरुलाई सहकार्यबारे सुझाव युक्त निर्णय माग गर्ने समेत तयारी रहेको एमाले श्रोतले बताएको छ ।

  • #प्रचण्ड #ओली #देउवा #भृकुटी न्यूज
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
अर्बौं सकियो, कृषि आधुनिकीकरण कागजमै ९ वर्षमा न उत्पादन बढ्यो, न रोजगारी — प्रधानमन्त्री कृषि परियोजना असफलताको दलदलमा
किसानको नाममा ‘परामर्श लुट’ ! कृषिका अर्बौं बजेट कर्मचारी–परामर्शदाता गठजोडमा सकिँदै ?
कृषि अनुदानमा ३२ अर्ब खर्च, एकीकृत अभिलेख नहुँदा वास्तविक किसान मारमा

धेरै पढिएको

  • १.
    अर्बौं सकियो, कृषि आधुनिकीकरण कागजमै ९ वर्षमा न उत्पादन बढ्यो, न रोजगारी — प्रधानमन्त्री कृषि परियोजना असफलताको दलदलमा

  • २.
    किसानको नाममा ‘परामर्श लुट’ ! कृषिका अर्बौं बजेट कर्मचारी–परामर्शदाता गठजोडमा सकिँदै ?

ताजा समाचार

  • १.
    अर्बौं सकियो, कृषि आधुनिकीकरण कागजमै ९ वर्षमा न उत्पादन बढ्यो, न रोजगारी — प्रधानमन्त्री कृषि परियोजना असफलताको दलदलमा

  • २.
    किसानको नाममा ‘परामर्श लुट’ ! कृषिका अर्बौं बजेट कर्मचारी–परामर्शदाता गठजोडमा सकिँदै ?

  • ३.
    कृषि अनुदानमा ३२ अर्ब खर्च, एकीकृत अभिलेख नहुँदा वास्तविक किसान मारमा

  • ४.
    विदेशी मलमा अर्बौं निर्भरता अन्त्य गर्न सरकारको जोड : स्वदेशमै उत्पादनको विकल्प खोजिँदै

  • ५.
    बालेन बजेट : कृषिमा कायापल्ट गर्दे ०८३/८४ को नीति तथा कार्यक्रममा किसान केन्द्रमा : बीमादेखि डिजिटल भुक्तानीसम्म

  • ६.
    मुक्तिनाथ कृषि कम्पनीको चरम लापरबाही: बुटबलमा करोडौंको बधशाला अलपत्र

हाम्रो बारेमा

राष्ट्रिय किसान टेलिभिजन नेटवर्क प्रा.लि. द्वारा संचालित
www.hamrokishantv.com

स्थायी लेखा नं.: 609569986
मुख्य कार्यालय
Balkhu, Kathmandu, Nepal

सम्पर्क नम्बर
9851333100

ईमेल
hamrokishantelevision@gmail.com

हाम्रो टीम

सम्पादक
कामराज पन्त (सुमन)

मार्केटिङ
दुर्गा श्रेष्ठ

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 HamrokishanTv | All rights Reserved.
 Website By :  HamroKishanTv