२ माघ ,काठमाडौ ,पोखरामा माघ १ मा भएको हवाइ दुर्घटनामा ज्यान गुमाएका सबै प्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रा.डा.सुरेन्द्र केसीले यती एयरलाइन्स लगायत सम्पूर्ण हवाइ सेवा प्रदायक कम्पनीहरु भित्रको लगानीको पारदर्शीताबारे गम्भीर छानबिन गर्न सरकारसँग माग गरेका छन् । शिक्षा,स्वास्थ्य र हवाई सेवा राजनीतिक पार्टीका भ्रष्ट नेता र माफियाहरुको कालो धन सल्टाउने सजिलो माध्यम बनिरहेको भन्दै डा.केसीले कालो धनको प्रयोग नै समग्र दुर्घटनाको कारक बनेको टिप्पणी गरेका छन् ।
अलजजिरा टेलिभिजनले प्रसारित गरेको एक समाचारलाई उल्लेख गर्दै डा.केसीले जहाज दुर्घटनाको विषयमा आएका अन्तराष्ट्रिय सञ्चार माध्यमका समाचारले विश्वको ध्यान तानिएको र नेपालको समग्र हवाइ सेवा ब्ल्याक लिस्टमा जान सक्ने दु:खद स्थिति देखापरेकोमा चिन्ता व्यक्त गरेका छन् ।
गलत नीति र भ्रष्ट आचारण नै यो दुर्घटनाको कारक भएको भन्दै अलजजिरा टेलिभिजनले यो दुर्घटना नभएर हत्याको रुपमा हेरिनु पर्ने भन्दै समाचार सामाग्री प्रसारण गरेको थियो भने अमेरिकी सञ्चारमाध्यममा नेपालको आकाश असुरक्षित रहेको र जहाजका अवस्थाहरुमाथि सङ्का गरिनु पर्ने स्थितिरहेको समाचारहरु प्रकाशित भएका छन् ।
वर्तमान राजनीति र हवाइ दुर्घटनासँग केन्दृत रहेर डा.केसीसँग गरिएको विशेष कुराकानी vrikuti online tv मा आज साँझ ५ बजेबाट प्रसारण गरिएको छ।
यती एयरलाइन्स लगायत सम्पुूर्ण एयरलाइन्स कम्पनीहरु भित्रको कालोधनमाथि छानबिन गर्न डा.केसीको माग
यती एयरलाइन्स लगायत सम्पुूर्ण एयरलाइन्स कम्पनीहरु भित्रको कालोधनमाथि छानबिन गर्न डा.केसीको माग
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु


