• समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • कृषि समाचार
  • बैंक/वित्त
  • विचार/ब्लग
  • सफल किसान
  • सहकारी खबर
  • अन्तर्वार्ता
×
शनिबार, फागुन ०२, २०८२
    • समाचार
    • प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • कृषि समाचार
    • बैंक/वित्त
    • विचार/ब्लग
    • सफल किसान
    • सहकारी खबर
    • अन्तर्वार्ता
  • ☰

आजको राजनीति,विकल्पको जनचासो र दलालहरुको सङ्कट

“म राजनीति गर्दिन,यो फोहोरी राजनीति गर्नु पनि छैन, राजनीतिले के दिन्छ र ? वा राजनीति गर्नु भनेको समयको बर्बादी मात्रै हो” जस्ता आदि इत्यादी जे भने पनि , चाहे पनि नचाहे पनि हाम्रो जीवनमा राजनीतिको प्रत्यक्ष वा परोक्ष प्रभाव परिरहेको हुन्छ। हामीले लगाउने लुगा,हामीले चड्ने सवारी,हामीले हिड्ने सडकको अवस्था, हामीले पिउने पानी,हामीले भोगेका महामारी र भोकमरी, स्वास्थ्य सेवा र रोजगारी,खोलेका पसल, जम्मा गरेको बचत,किनेको घर जग्गा वा हामीले बाँच्ने गरेका प्रयत्न र मृत्युसम्मका अवस्था पनि राजनीतिसँग जोडिएका छन् ।

राजनीतिले हाम्रो जीवनलाई निर्देश गरिरहेको हुन्छ । आफ्नै सङ्घर्षसँग जुधिरहेका आम मान्छेलाई राजनीतिसँग आफ्नो के सम्बन्ध छ र ? भन्ने लाग्छ, तर देशको राजनीतिक पद्धतिले आम अवस्थाहरुलाई घिसारिरहेको हुन्छ। त्यसैले, हामी सबैले राजनीतिमा चासो राख्नैपर्छ र राजनीतिलाई नजिकबाट बुझ्नै पर्दछ।
देशको राजनीतिक वातावरण दिशाहीन, लथालिङ्ग र अस्थिर छ । यो के कारणले यस्तो भएको छ ? यसको उत्तर सबै जनतालाई थाहा छ यो नेताहरूको देशद्रोह, स्वार्थ,नातावाद,भ्रष्ट चरीत्र र खिचातानीले यस्तो भएको छ। आज सबैको मुखमा सुनिने एउटै कुरा छ “नेताले देश बिगारे” यस्तो महत्त्वपूर्ण कुरा थाहा पाएका सचेत जनतालाई यो पनि थाहा हुनै पर्छ कि राजनीति आफैं सप्रिने वा बिग्रिने विषय होइन । सप्रिने वा बिग्रने भनेको केवल नेतृत्व हो। र नेतृत्वमा हुनेहरू राजनीतिको मूल मर्ममा इमान्दार रहेर सेवाभावमा कटिबद्ध हुन्छन् कि हुँदैनन् भन्ने कुरामा यसको मापन भएको हुन्छ। जुनसुकै आस्था वा विचार बोकेको किन नहोस् तर हामी राजनीतिको माध्यमबाट सबै थोक ठीकठाक पार्न चाहन्छौँ भने हामीले देखेको हाम्रो समस्यालाई चुरो ढंगले बुझ्न र पकड्न सक्नै पर्छ।

देशमा व्यवस्था परिवर्तन त भयो, तर नागरिकको जीवनमा परिवर्तनको अनुभूति हुन सकेन। “व्यवस्था बदलियो तर अवस्था बदलिएन” आजको मुख्य गुनासो र आवाज पनि यही छ सबैको। नेताहरूको सोच, आचरण र संस्कारमा परिवर्तन हुन सकेन । नेतृत्व तहमा भएकाहरू राज्य सञ्चालन गर्ने कुशल संयन्त्र निर्माण गर्नुको सट्टा बिचौलियाको चङ्गुलमा परे । नेता,कार्यकर्ता राजनीतिक सिद्धान्त र आदर्शबाट च्युत भए। देशद्रोह गर्नु र भ्रष्टाचार गरेर खानु सामान्य कान्छी औंलाको खेल भयो । रातारात वर्ग रुपान्तरण भयो। सर्वहारा भन्नेहरु नवधनाड्य भए। नव धनाड्य र धनाड्यहरुको पुँजीको श्रोत दलाली बन्न पुग्यो भने राजनीतिको चरित्र नोकसरसाही बन्न पुग्यो। यसो गर्दा गर्दै यो प्रणालीको स्वरुप यति तल आइपुग्यो कि नेताहरू पूर्णरुपमै नोकरसाही पुँजीवादको जगबाट नै राज्य सत्ता चलाउने सपना देख्न थाले। आजको सबैभन्दा ठूलो देशको चुनौती नै यही हो।

विकल्पको जनचासो:

सायद यस्तै चुनौती र खतराको निकास सोचेर होला कतिपय सन्दर्भमा मानिसहरुले “पाको उमेरका नेताहरूले धेरै बेइमानी गरे, अब पार्टी र सरकारको जिम्मा दोस्रो पुस्तालाई दिनुपर्छ” भन्ने आवाज उठाइरहेको पनि देखिन्छ। यो आवाज स्वभाविक पनि छ। युवा पुस्ता नेतृत्व तहमा पुग्दा देश र समाजप्रति बढी जिम्मेवार बन्देलान कि भन्ने जनअपेक्षा पटक्कै गलत छैन। स्वभावैले नयाँ पुस्ता उर्जावान र आजको विस्व परिस्थितिलाई बुझ्न सक्ने हुँदा योग्यता र क्षमता बढी हुन्छ भन्ने आसा राख्नु मनासिब छ। यस्तो आवाजबाट हौसला पाएर हो वा चरम राजनीतिक महत्वकांक्षाको कमजोर बुझाइले पार्टी भित्रका केही युवाहरूले मधुरो स्वरमा यो आवाज राख्ने गरेको पनि सुनिन्छ तर, जनताको जतिसुकै पवित्र चाहना वा सपनाले आजको नेपाली राजनीति निर्धारण छैन। जनमतको हुर्मत लिने निर्वाचन प्रणाली र दलाल पुँजीवादी संसदीय अभ्यास भएको देशमा को युवा को वृद्ध नछुट्टिने स्थिति छ । पार्टी फुटाउन युवाहरूनै सबै भन्दा उद्दत देखिए । सबै भन्दा पदमुखी युवाहरूनै छन्, बिभिन्न स्वार्थका निम्ति बिदेशी शक्ति केन्द्रको नजिक पुग्ने,बिदेशी शक्तिकेन्द्रलाई खेल्ने परिस्थिति निर्माण गर्नमा आफ्नो उर्जा खर्च गर्ने कुरामा पनि युवाहरूको भूमिका सानो छैन । जनतालाई ढाट्नु र स्वार्थका निम्ति जे गर्न पनि तयार हुने प्रवृत्ति बुढा नेता भन्दा युवा पुस्तामा झनै खतरनाक र भयानक देखिन्छ। यसरी हेर्दा विकल्पको जनचासो र अपेक्षा स्वभाविक भए पनि बुढा नेता विरुद्ध नयाँ पुस्ताको वैकल्पिक चाहनालाई युवाहरूको आफ्नै प्रवृत्तिले चुनौती दिइरहेको छ ।

निष्कर्ष :

नेता र पार्टीका भूमिकाबाटै प्रणालीमाथि उठेका राजनीतिक चुनौतीहरुलाई राजनीतिक तरिकाबाट मात्रै हल गर्न सकिन्छ। यो विचार धारा र आमुल परिवर्तनको कुरा पनि हो। यसमा पार्टी भित्रका पुस्ता फेरिदैमा जादू भइहाल्ने भन्ने हुँदैन । हाम्रो राजनीति र भुूराजनीति यस्तो सरल अपेक्षाबाट निकास निस्कन्छ भन्ने विस्वास पनि गर्दैन। सही निकासका निम्ति पुस्ता परिवर्तन भन्दा पनि संस्कार परिवर्तन महत्वपूर्ण देखिन्छ। नेतृत्वले विचारधारामाथि नै विस्वासघात गरेको राजनीति बोकेर अब देश अगाडी जान सक्ने स्थितिमा छैन त्यसैले खाँचो आमुल परिवर्तनकै छ। आमुल राजनीतिक परिवर्तनका निम्ति दलाल नोकरसाही पुँजीवादी प्रवृत्तिसँग सम्बन्ध बिच्छेद गर्दै प्रगतिशील विचारलेमाथि उठेको तह र तप्का एक जुट हुनुको अर्को कुनै विकल्प छैन ।

  • #विचार #नेपाली राजनीति #ज्योतिकिरण #भृकुटी न्यूज
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Đầu Đít Câm Đánh Con Gì? Gợi Ý Chuẩn Xác Cho Bet Thủ FUN88

Tiến độ & quy mô tòa tháp đôi 40 tầng trong Marina Bayfront District

Review chi tiết: Nhà Cái Uy Tín 2025 có đáng để đầu tư thời gian?

धेरै पढिएको

ताजा समाचार

  • १.
    Đầu Đít Câm Đánh Con Gì? Gợi Ý Chuẩn Xác Cho Bet Thủ FUN88

  • २.

    Tiến độ & quy mô tòa tháp đôi 40 tầng trong Marina Bayfront District


  • ३.
    Review chi tiết: Nhà Cái Uy Tín 2025 có đáng để đầu tư thời gian?

  • ४.
    तरकारी र फलफूलको भन्सार बिन्दुमै अनिवार्य विषादी परीक्षण गर्न सर्वोच्चको परमादेश

  • ५.
    Chung Cư Sun Elite City Hạ Long Ngôi Nhà Nghỉ Dưỡng Trọn Vẹn Nhất

  • ६.
    रासायनिक मलमा अब ‘अनलाइन सिस्टम’ बाट ल्याइने कृषिमन्त्री डा. पमदन परियारको तयारी

हाम्रो बारेमा

राष्ट्रिय किसान टेलिभिजन नेटवर्क प्रा.लि. द्वारा संचालित
www.hamrokishantv.com

स्थायी लेखा नं.: 609569986
मुख्य कार्यालय
Balkhu, Kathmandu, Nepal

सम्पर्क नम्बर
9851333100

ईमेल
hamrokishantelevision@gmail.com

हाम्रो टीम

सम्पादक
कामराज पन्त (सुमन)

मार्केटिङ
दुर्गा श्रेष्ठ

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 HamrokishanTv | All rights Reserved.
 Website By :  HamroKishanTv