१३ चैत्र,काठमाडौँ। सत्तारुढ दल नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल चीन प्रस्थान गरेका छन् ।
बोआओ फोरममा भाग लिन भन्दै उपाध्यक्ष पौडेल मंगलबार बिहान त्यसतर्फ प्रस्थान गरेका हुन् । एमाले उपाध्यक्ष पौडेल सहभागी हुने बोआओ फोरममा सरकारका तर्फबाट चीनका लागि नेपाली राजदूत सहभागी हुनेछन् । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ पनि अहिले चीनमै छन् ।