• समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • कृषि समाचार
  • बैंक/वित्त
  • विचार/ब्लग
  • सफल किसान
  • सहकारी खबर
  • अन्तर्वार्ता
×
मङ्गलबार, असार १७, २०८२
    • समाचार
    • प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • कृषि समाचार
    • बैंक/वित्त
    • विचार/ब्लग
    • सफल किसान
    • सहकारी खबर
    • अन्तर्वार्ता
  • ☰

चियाको पहिलो टिपाइ सुरु

लाम, चैत १३ गते । इलाममा यस वर्षको उत्पादन सुरु हुन थालेको छ । चिया उत्पादनको मुख्य क्षेत्र रहेको इलाममा केही उद्योगका लागि पहिलो टिपाइ वा ‘फस्ट फ्लस’ को काम सुरु भएको छ ।बर्सैभरिको उत्पादनमध्ये गुणस्तरीय मानिने पहिलो चरणको टिपाइको चियालाई किसान र उद्योगीले विशेष महत्वसाथ लिने गरेका छन् ।

यस पटक अन्तुको श्रीअन्तु फार्मस् टी प्रालि, कन्याम चिया सहकारी र इलाम नगरपालिका–४ स्थित फार्मर टी प्रोसेसिङ इन्डस्ट्रिजले पहिलो टिपाइको चिया प्रशोधन नै गर्न थालेका छन् ।

साँखेजुङस्थित ग्रिनहिल टी इन्ड्रस्टिजले पनि यही चैत १४ देखि यस वर्षको चिया प्रशोधन सुरु गर्ने जनाएको छ । “पहिलो टिपाइको चिया निकै महत्वपूर्ण हुन्छ तर गत वर्षहरूमा जस्तो उत्पादन छैन । भर्खर मुना पलाउन सुरु गर्दै छ,” ग्रिनहिल टी इन्ड्रस्टिजका सञ्चालक टङ्क दाहालले भन्नुभयो ।

दाहालले जर्मनी, अमेरिकासहित युरोपका देशहरू र चीन तथा भारतमा समेत गरी गत वर्ष ५५ हजार किलो तयारी चिया विदेश निर्यात गरेको बताउनुभयो । उहाँले यस वर्ष पनि तेस्रो मुलुकमा चियाको व्यापार राम्रै हुन्छ भन्ने अपेक्षा गरेको बताउनुभयो ।

यस वर्ष हिउँदमा वर्षा नहुँदा त्यसको असर चिया उत्पादनमा परेको बताइएको छ । प्रायः फागुन अन्तिम सातादेखि चैतको पहिलो सातासम्म चियाको पहिलो टिपाइ सुरु हुने गरेको थियो । तर मौसम सुक्खा भएको र पहाडी क्षेत्रमा सिँचाइको वैकल्पिक व्यवस्था नभएकाले त्यसको असर चियामा परेको किसान बताउँछन् ।

अर्गानिक प्रमाणीकरण भएको पहिलो टिपाइको चिया अधिकांश व्यवसायीले तेस्रो मुलुक निर्यात हुने गरेको बताउँछन् । इलाममा गोल्डेन, गोल्डेन रिङ, गोल्डेन पल, सिल्भर, गोल्डेन ब्ल्याक, ग्रिनलगायतका फरक फरक नाम र स्वादका चिया उत्पादन हुने गरेको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कृषियोग्य जमिनलाई गैरकृषिमा परिणत गर्न नमिल्ने गरी विशेष कानुन तर्जुका लागि सिफरिस
    एनएमबी बैंकले माग्यो २० जना ‘म्यानेजमेन्ट ट्रेनी’

    धेरै पढिएको

    ताजा समाचार

    • १.
      कृषियोग्य जमिनलाई गैरकृषिमा परिणत गर्न नमिल्ने गरी विशेष कानुन तर्जुका लागि सिफरिस

    • २.
      कृषिमा यान्त्रिकीकरणः खेती गर्न सहज, उत्पादनमा पनि वृद्धि

    • ३.

    • ४.
      एनएमबी बैंकले माग्यो २० जना ‘म्यानेजमेन्ट ट्रेनी’

    • ५.
      गभर्नरको उम्मेदवार बन्न बैंकबाट राजीनामा दिएको हुँ– ज्ञानेन्द्र प्रसाद ढुंगाना

    • ६.
      चियाको पहिलो टिपाइ सुरु

    हाम्रो बारेमा

    राष्ट्रिय किसान टेलिभिजन नेटवर्क प्रा.लि. द्वारा संचालित
    www.hamrokishantv.com

    स्थायी लेखा नं.: 609569986
    मुख्य कार्यालय
    Balkhu, Kathmandu, Nepal

    सम्पर्क नम्बर
    9851333100

    ईमेल
    hamrokishantelevision@gmail.com

    हाम्रो टीम

    सम्पादक
    कामराज पन्त (सुमन)

    मार्केटिङ
    दुर्गा श्रेष्ठ

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • हाम्रो टीम
    • सम्पर्क
    • विज्ञापन
    • Preeti to Unicode
    • Unicode to Preeti
    Copyright ©2025 HamrokishanTv | All rights Reserved.
     Website By :  HamroKishanTv